काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आर्थिक बर्ष २०८१÷८२ मा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेका छन् । बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलन गदैं मन्त्री अधिकारीले सहकारी क्षेत्रकालागि एक वर्षमा गरेका काम सार्वजनिक गरेका हुन् ।
१, सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याईएको छ ।
२, संघ, प्रदेश र स्थानीयतहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न मिति २०८१÷१०÷१४ मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरिनुका साथै अध्यक्ष समेतको नियुक्ति भई कार्य संचालन भएको ।
३, मिति २०८१ ÷ ११÷२२ मा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८१ जारी भई ब्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण, निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनु पर्ने व्यवस्था तथा कर्जा सूचना केन्द्र लगायतका प्रावधानहरु समेटिएको छ ।
४, सहकारी क्षेत्रको सहकारी कर्जा असुली न्यायधीकरण गठन भई कार्य प्रारम्भ गरेको छ ।
५, सहकारी संघ संस्थाहरुमा पारदर्शिता कायम गराउन सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघरसंस्थालाई निर्देशन, २०८१, मिति २०८१र०९र१९ मा संशोधन गरी कार्यान्वयनमा ल्याईएको ।
६, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सम्पादन हुने कार्यलाई छिटो छरितो र समयमै सम्पन्न गर्न पदाधिकारीको नियुक्ति गर्नुका साथै थप जनशक्तिको समेत व्यवस्था मिलाईएको ।
७, सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनका लागि १०२ बुँदे एकीकृत निर्देशन जारी गरिएको ।
८, एब्ः ९एगदष्अि ब्अअभकक ःयमगभि० प्रयोगकर्ता को संख्या व्यक्तिगत १४, संस्थागत ३५११, स्थानीय तह ६४, बैंक वित्तिय २१, कर्मचारी संचय कोष १, सहकारी ५४, सर्भिसडेस्क १ गरी ३६६६ पुराईएको छ ।
९, सहकारी विभाग मार्फत ४० सहकारी संघ संस्थाको सघन अनुगमन गरी देखिएका कमी कमजोरीहरु सुधारका लागि सम्बन्धित संस्थालाई निर्देशन दिइएको ।
१०, सहकारी सम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको ऋययउभचबतष्खभ ७ एयखभचतथ ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ ९ऋयएयःक्ष्क् ०प्रणालीमा चालु आ।व।मा ज्ञ हजार ४ सय ९घ गरी हालसम्म जम्मा ज्ञ९ हजार १ सय ८९ सहकारी संस्थालाई आबद्ध गरिएको छ ।
११,समस्याग्रस्त सहकारी व्यवस्थापन समितको कार्य छिटो र छरितो प्रक्रियाबाट सम्बोधन गर्न समस्याग्रस्त सहकारीका पिडितहरुको बचत रकम फिर्ता र दायित्व फरफारक गर्ने कार्ययोजना तयार गरिएको ।
१२, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ मध्ये राफसाफ भएका सहकारी संस्थाहरु ५ वटा रहेकोमा सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी संस्था १८ रहेका छन्। हालसम्म ६१ हजार ९४ कुल दावीकर्ताहरु मध्ये ४ हजार ९ सय ८८ सदस्यहरुलाई बचत फिर्ता गरिएको ।
१३, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय मार्फत बचत कर्ता र ऋणी बीच हिसाब मिलान गरी रु.३ अर्ब ७१ करोडको दायित्व मिलान भुक्तानी फरफारक गरिएको ।
१४, समस्याग्रस्त घोषित सहकारी संस्थाहरुका ऋणीहरुबाट रु. २९ करोड ऋण असुल भएको, ५ वटा मार्ट व्यवस्थापन भएको, सहकारी संस्थाका ४८ सेवा केन्द्रको व्यवस्थापन भएको, ८ हजार ऋणी सदस्यहरुको जनखाता र अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको ।
Leave a comment