हाइलाइट

भूमिब्यवस्था र सहकारी क्षेत्रमा १ बर्षमा ७० काम गरेको मन्त्री अधिकारीको दावी

भूमिब्यवस्था र सहकारी क्षेत्रमा १ बर्षमा ७० काम गरेको मन्त्री अधिकारीको दावी :: Sahakari Akhabar

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आर्थिक बर्ष २०८१ / ८२ मा हासिल गरेका महत्वपुर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । बिहिवार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गदैं मन्त्री अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन र सञ्चालन, कर्जा असुली न्यायधिकरण गठन र सञ्चालन तथा सहकारी कर्जा तथा बचत सुरक्षण कोषको स्थापनाको लागि बजेटको ब्यवस्था गर्ने कुराले सहकारी क्षेत्रको संस्थागत सुधार र हाल देखिएका सहकारी क्षेत्रका समस्याहरु दिर्घकालीनरुपमा समाधानका लागि राम्रो जग निमार्ण भएको बताए ।

उनले समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय ६० दावी मध्ये ८ हजार १ सय ५६ जनाको बचत फिर्ता गरिएको जनाए । उनले यो बिचमा ३ अर्व ७१ करोड रुपैया बचत फिर्ता गरिएको जानकारी गराए । भुमि समस्या समाधान आयोग, गाँउब्लक मिनाडी, बिशेष नापीलगायतबाट २७ हजार ३ सय ५८ वटा जग्गाधनी प्रमाण पत्र (लालपुर्जा ) बितरण भएको जानकारी गराए ।

साथै उनले भूमि नियमावली संसोधन भएको, भूमि प्रशासन निर्देशिका र जग्गा नापजाँच निर्देशिका नयाँ जारी गरिएको र भुमि बैंक स्थापनाको लागि बजेटको ब्यवस्था गरिएको जानकारी गराए । मन्त्री अधिकारीले गरिवी घरपरिवारको परिचय पत्र बितरण गर्ने कामले तिव्रता पाएको उल्लेख गदैं अव १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० परिवार पहिचान भई राज्य सुबिधा परिचय पत्र बितरण गर्ने काम आगामी दशैंभित्र सम्पन्न गर्ने बताए ।



Leave a comment