हाइलाइट

समस्याग्रस्त १९ सहकारीको कर्जा तिर्न ऋणीलाई असार मसान्तसम्मको समय

समस्याग्रस्त १९ सहकारीको कर्जा तिर्न ऋणीलाई असार मसान्तसम्मको समय :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १९ सहकारीको कर्जा असुली प्रक्रिया अघि बढाएको छ । समितिको कार्यालयले सूचना प्रकाशन गरी उक्त सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न यही असार मसान्तसम्मको समय दिएको छ ।

सूचनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १० बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका निम्ति लेखी आएकाले ऋण असुलीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

त्यस्ता सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई पटक–पटक सार्वजनिक सूचना प्रकाशन गर्दा समेत आफ्नो दायित्व भुक्तानी नगरिएकोले अन्तिमपटक सूचना प्रकाशन गरिएको समितिको सूचनामा उल्लेख छ ।

पछिल्लोपटक तोकिएको म्यादभित्र आफ्नो दायित्व राफसाफ नगरे समस्याग्रस्त घोषणादेखि असुलीको दिनसम्मको साँवा, ब्याज, हर्जाना समेत ऋणमा गणना गरिनेछ र आउँदो साउन १ गतेदेखि त्यो असुली थालिने सूचनामा जनाएको छ । सरकारले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेकोमा ३ वटा संस्थाको सम्पति दायित्व फरफारक गरिसकेको जनाएको छ ।

समस्याग्रस्त घोषित सहकारी:


 



Leave a comment