काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डका कतिपय ब्यवस्थाले बचत तथा ऋण सहकारी अभियानलाई अप्ठ्यारो पार्ने भन्दै संशोधनको लागि कार्यदल निर्माण भएको छ । कार्यदलको संयोकमा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्षले बस्न नमानेपछि वर्तमान बरिष्ठ उपाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय सहकारी मापदण्ड संसोधन कार्यदल बनेको हो । कार्यदलको संयोजकमा महासंघका पूर्व अध्यक्ष मिनराज कंडेलले बस्न नमानेपछि वर्तमान बरिष्ठ उपाध्यक्ष रमेश पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको हो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२’ मा गरिएको ब्यवस्था बचत ऋण सहकारी अभियानलाई मात्र नभएर समग्र सहकारी अभियानलाई अफ्ठ्यारो बनाउने भन्दै संसोधनकालागि पहल गर्न महासंघले कार्यदल गठन गरेको हो ।
महासंघले सोमबार सरोकारवालाहरुसंग छलफल कार्यक्रम राखि सम्बन्धित निकायसँग संसोधनकालागि छलफल तथा संवाद गर्न कार्यदल गठन गरेको हो । कार्यक्रममा महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानलाई अनुशासित, मर्यादित र सम्यम भएर अगाडि बढाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएकी छन् ।
उनले मापदण्डमा देखिएका असजिला र सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरित हुने व्यवस्थाहरुको संसोधनका लागि सम्बन्धित निकायसँग छलफल तथा संवाद गर्न कार्यदल गठन गरेर जाँदा राम्रो हुने र त्यसका लागि पूर्व अध्यक्ष कंडेललाई संयोजकको प्रस्ताव राखेकी थिइन् ।
बैठकमा महासंघकी अध्यक्ष मल्लले बचत तथा ऋण कारोबारबारे बुझेको र नेफ्स्कून तथा महासंघको समेत अध्यक्ष भइसकेको नाताले कार्यदलको संयोजक बस्न कडेँललाई अनुरोध गरेकी थिइन् । ‘मिनराज सरकै पालामा नेफ्स्कूनले बचत तथा ऋण सहकारीको कारोबार सुरु गरेको हो’ उनले भनिन्, ‘महासंघको पनि निवर्तमान अध्यक्ष भएको नाताले उहाँले कार्यदलमा संयोजक बसेर समन्वय गर्दा राम्रो हुन्छ ।’
तर, अध्यक्ष मल्लको प्रस्तावमा कडेँलले भने संयोजक बस्न अस्विकार गर्दै भने, ‘मेरो पारिवारीक कारणले गर्दा समय दिन सक्दिन, तपाईले कर गरेर हुन्छ ।’ अध्यक्ष मल्लको आग्रहलाई अस्विकार गर्दै कंडेलले घरायसी कारण आफू बस्न नसक्ने भनेपछि बरिष्ठ उपाध्यक्ष पोख्रेलको संयोजकत्वमा समिति निर्माण गरिएको हो ।
बैठकमा सहभागी महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, मिनराज कडेल र उपाध्यक्ष इन्दिरा पन्त, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटालगायतले धारणा राखेका थिए ।
११ सदस्यीय कार्यदल:
कार्यदलको संयोजकमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, सह संयोजक महासंघका उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक परितोष पौडेल, नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, प्रोस्कून अध्यक्ष उद्धव सापकोटा रहेका छन् ।
त्यस्तै, काठमाडौं उपत्यका तथा आसपासका जिल्ला बचत संघहरुबाट पनि कार्यदलको सदस्यमा प्रतिनिधित्व गराइएको छ । ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरू रामहरी बजगाई, दीपक पनेरु, कृष्णगोविन्द लाखाजु, उदयराम कायस्थ र कल्पना श्रेष्ठ कार्यदलको सदस्यमा रहेकाछन् । महासंघका महाप्रबन्धक सुरेश थापा कार्यदलका सदस्य–सचिव तथा नेफ्स्कूनका सिइओ डा.शिवजी सापकोटाले कार्यदलको सदस्य सचिवमा रहेका छन् ।
कार्यदलको प्रमुख उद्देश्य मापदण्ड २०८२ का अव्यवहारिक बुँदाहरूको पहिचान गरी, तिनको संशोधनका लागि सम्बन्धित नियामक निकायहरूसँग समन्वय र पैरवी गर्ने भएको छ । सहकारी क्षेत्रको नियमनका लागि हालै जारी “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२” का केही प्रावधान व्यवहारमै कार्यान्वयन गर्न कठिन भएको भन्दै राष्ट्रिय सहकारी महासंघले त्यसमा आवश्यक संशोधनका लागि ११ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।
Leave a comment