हाइलाइट

सामुदायिक साकोसमा कर्मचारीबाट पाँचकरोड बढी रकम अपचलन हुँदा उच्च ब्यवस्थापन भन्छ, प्रविधिको कमजोरी

सामुदायिक साकोसमा कर्मचारीबाट पाँचकरोड बढी रकम अपचलन हुँदा उच्च ब्यवस्थापन भन्छ, प्रविधिको कमजोरी :: Sahakari Akhabar

काठमाडौं । एक्सेस ब्राण्ड प्राप्त र समुदायमा आधारित भनिएको सहकारीको ब्यवस्थापन कमजोरीका कारण कर्मचारीबाटै पाँचकरोड बढी रकम अपचलन भएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा उच्च ब्यवस्थापन कमजोरीका कारण कर्मचारीबाटै सदस्यको पैसा अपचलन भएको छ।

संस्थामा कार्यरत तीनजना कर्मचारीले रकम अपचलन गर्दा पनि संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले अलिअलि भनेर गैह्रजिम्मेवार जवाफ दिएका थिए । संस्थाका कर्मचारीहरु सेवाकेन्द्र प्रमुख विकास खड्का, ऋण सहायक सुवाष सापकोटा र ऋण सहायक सुन्दर घिमिरेले संस्थाको ५ करोड ९ लाख ५७ हजार ९६४ रुपैंयाँ हिनामिना गरेको संस्थाले जनाएको छ ।

संस्थाले विज्ञप्ति जारी गरी कुशादेवी सेवा केन्द्रमा साविक प्रमुख पदमा कार्यरत कर्मचारी विकास खड्काले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैँले १ करोड ३८ लाख ५० हजार अपचलन गरेको र आफ्नो जिम्मेवारीमा रहेको सेवा केन्द्रको नगद ९ लाख अपचलन गरेको जनाएको छ ।

त्यसैगरी मुख्य कार्यालयको ऋण विभागमा साविक ऋण सहायक पदमा कार्यरत कर्मचारी सुवाष सापकोटाले ३ करोड ३ लाख ८२ हजार, ढुंखर्क सेवा केन्द्रमा साविक ऋाण सहायक पदमा कार्यरत कर्मचारी सुन्दर घिमिरेले ५८ लाख २५ हजार ९६४ सय चौसठ्ठी रुपैंया हिनामिना गरेको जनाएको छ । संस्थाले कर्मचारीले हिनामिना गरेको रकम ब्याज सहित असुल गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाले कर्मचारीहरुलाई जेठ १० गतेदेखि लागू हुने गरी बर्खास्त गरी कानूनी कार्वाहीको लागि सम्बन्धित निकायमा लेखि पठाइएको जनाएको छ । संस्थाका सदस्यहरुको बचत रकममा कुनै क्षति नपुगेको भन्दै कर्मचारीको अपचलनलाई प्रविधिलाई दोष दिएर पन्छिन खोजेको देखिन्छ ।

संस्था प्रविधिमैत्री र प्रविधिमा भर पर्नुपर्ने भईरहँदा प्रविधिबाट हुनसक्ने जोखिमका सवालमा थप सतर्कता अपनाउने जनाइएको छ । संस्थाले रकम अपचलन भएको पनि कर्मचारी प्रशासन तहबाटै पत्ता लगाएकोमा गर्व गर्दै तुरुन्तै छानविन समिति गठन गरी कार्वाही प्रकृया अघि बढाई, हिनामिना भएको रकम असुल गरी कानूनी कार्वाहीको प्रकृया अघि बढाएको विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोला

सहकारीमा कर्मचारीबाटै रकम हिनामिना हुँदा प्रमुख भन्छन् ‘अलिअलि बदमासि भएछ’



Leave a comment