काठमाडौं । समस्याग्रस्त घोषित आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको बचत फिर्ताका लागि अनलाईन मागदावीको सूचना जारी गरेको छ । संस्थाका सदस्य, बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न समस्याग्रस्त ब्यवस्थापन समितिले सूचना जारी गरेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक सूचना जारी गर्दै पीडित बचतकर्तालाई मागदावी पेश गर्न आव्हान गरेको हो । सहकारी मन्त्रालयले चैत्र १९ गतेको निर्णयानुसार संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।
आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नयाँ बजार काठमाडौं पाँच संस्थाहरु (तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था ) एकीकरण गरेर बनेको थियो ।
आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । सरकारले २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी ती संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा लिएको छ । २३ सहकारी मध्ये केही संस्थाको बचत र दायित्व फरफारक गरिसकेको कार्यालयले जनाएको छ ।
Leave a comment