काठमाडौं । म आइएमई हेड अफिसबाट भन्दै सहकारी सफ्टवयेर ह्याकको आतंक बढेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सहकारीलाई सजग रहन अनुरोध गरेको छ ।
विगत केही समयदेखि जिल्लाका सहकारी संस्थामा म आइएमई हेड अफिसबाट भन्दै सहकारीमा फोन गरेर सफ्टवयेर ह्याक गर्ने घटना हुनथालेकोले सहकारीहरु सचेत रहन प्रशासनले सूचना जारी गरेको छ ।
ह्याकरले सहकारीमा फोन गरेर म आइएमई हेड अफिसबाट हो, सफ्टवयेर अपडेट गर्न, प्यान नम्बर उपडेट गर्नलगायतका भ्रामक कुरा गरी वानटाइम पार्सपोर्ट (ओटिपी) कोर्ड मागि आइएमई पे वालेट ह्याक गरी खातामा रहेको पैसा विभिन्न आइएमई पे वालेटमा पठाउने घटना बढेको जनाएको छ।
त्यसैले त्यस्ता प्रकारको फोन आएमा र ओटिपीकोर्ड मागेमा कसैलाई नदिन प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेद्धारा सूचना जारी गरिएको छ ।

Leave a comment