हाइलाइट

सहकारी पीडितहरुको अर्धनग्न प्रदर्शन

सहकारी पीडितहरुको अर्धनग्न प्रदर्शन :: Sahakari Akhabar

काठमाडौं । बचत फिर्ता नपाएको भदै सहकारी पीडितहरुले आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनु पर्ने माग सहित पटकपटक प्रदर्शन गर्दै आएका थिए । सरकारले सहकारी पीडितको आवाज नसुनेको भन्दै बचत फिर्ताकालागि सरकारलाई दवाब दिन अर्धनग्न भएर प्रदर्शन गरेको बताए ।

सरकारले आफ्नो आवाज नसुने पूर्ण रुपमा नग्न हुने पीडितहरुले चेतावनी समेत दिए । सरकारले पीडित बचतकर्तासँग पटक पटक बार्ता गरे पनि त्यसको कार्यान्वयन नगरेको भन्दै दवाब दिन यो प्रदर्शन गरेको बताए । आफ्नो न्याय खोज्न अर्धनग्न भएको र सरकारले आफ्नो माग पुरा नगरे जस्तोसुकै आन्दोलन गर्ने उनीहरुको भनाई छ ।

सहकारीमा राखेको बचत पाउनुपर्ने उनीहरुको माग छ । सहकारी पीडितको आन्दोलन रहर नभई बाध्यता हो, हाम्रो धैर्यलाई कम्जोरी नठान, हामी मर्न तयार हुन्छौं, तर मारेर मर्छौ भन्ने जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

कतिपय सहकारी संस्थाले सदस्यको अर्बौ बचत अपचलन गरेको, लामोसम्म पनि पीडित बचतकर्ताले सहकारी संस्थामा राखेको बचत फिर्ता पाउन नसकेको गुनासो छ । सम्बन्धित सहकारी संस्थाका सञ्चालक र सहकारी संस्थाको चलअचल सम्पत्ति विक्री गरेर पीडित बचतकर्ताको बचत फिर्ता गर्ने सहकारी मन्त्री बलराम अधिकारीले बताउँदै आएका छन ।

सरकारसँग बचत फिर्ताको लागि स्रोत नभएको भन्दै  संस्थाहरुबाट नै असुल उपर गरेर बचत फिर्ता गर्ने उनको भनाई छ । हालसम्म सरकारले ३ अर्ब भन्दा बढी रकम फिर्ता गरिसकेको र समस्याग्रस्त घोषणा गरिएको २३ सहकारी संस्था मध्ये ३ वटाको दायित्व भुक्तानी भइसकेको समेत उनले बताएका छन् ।



Leave a comment