काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले एउटै संस्थाको नियमन गर्न दुईवटा निकाय रहनु स्वाभाविक नरहेको बताएका छन् । उनले अब विभागको काम नियमन, प्रबद्र्धन र प्रशिक्षण भएकोले प्राधिकरणसँग पनि समन्वय गरेर थप प्रभावकारी काम गर्ने बताएका हुन् ।
शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले सहकारी विभाग संगको समन्वयमा आयोजना गरेको, प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषय छलफल कार्यक्रममा पेनालिष्टको रुपमा बोल्दै रजिष्ट्रार ढुंगानाले भने ‘प्राधिकरण र विभाग दुबै सरकारी निकाय हो ।
एकले अर्कोलाई नटेर्ने भन्ने हुँदैन, त्यो खालको छुट हामीलाई हुँदैन र नेपाल सरकारको निर्देशन मान्नुपर्छ । यति काम तिमीले गर यति काम तिमीले गर भन्यो भने हामीले त्यही निर्देशन अनुसार काम गर्ने हो,’ उनले भने ।
प्राधिकरणको काम बचत तथा ऋणको मुल कारोबार गर्ने संस्थाहरुको नियमन, अनुगमन गर्ने, कारबाही गर्ने, दर्ता खारेजी गर्नुपर्यो भने रजिष्ट्रारलाई सिफारिश गर्ने स्पष्ट म्यान्डेट रहेको उनले बताए ।
‘यी सबै म्यानेडट विभागको पनि घटेको छैन । भूमिका घटाइएको छैन’, उनले भने, ‘केही भूमिका डुप्लिकेशनको समस्या हो । हामीले केही नेपाल ऐन संशोधनमार्फत नल्याएर अलि छलफल गरेर ऐन ल्याउन पाएको भए माथिका कामहरु एउटै निकायको भूमिकामा राखिन्थ्यो होला ।
अथवा अर्को विषय भनेको प्राधिकरण नयाँ संरचना भएकोले उसले फुल फङ्सन गर्ने समयसम्म भ्याकुम नहोस् भनेर पनि विभागको भूमिका नघटाएको पनि हुनसक्छ ।’
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया