आइडियल यमुना हाम्रो सहकारी समस्याग्रस्त घोषणा

आइडियल यमुना हाम्रो सहकारी समस्याग्रस्त घोषणा :: Sahakari Akhabar

काठमाडौं । सरकारले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।

मन्त्रालयले विज्ञप्तीमा भनेको छ, सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको बचत रकम फिर्ता नगरेको जनाएको छ । सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको जनाएको छ। मन्त्रालयले ०८१ साल चैत २७ गते निर्णय गरेको जनाएको छ ।

पछिल्लो समय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था एकिकरण भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो । देशभर कार्यक्षेत्र रहेको संस्थाले यस अघि देशका विभिन्न १३ वटा सहकारी एकिकरण गरेको थियो भने संस्थाबाट सगरमाथा बचत तथा ऋण सहकारी संस्था ललितपुर विघटन समेत भएको थियो ।


 



Leave a comment