सहकारीलाई सरकारले हस्तक्षेप गर्दैछः दिपकप्रकाश बाँस्कोटा

सहकारीलाई सरकारले हस्तक्षेप गर्दैछः दिपकप्रकाश बाँस्कोटा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारीलाई सरकारले हस्तक्षेप गर्नखोजेको बताएका छन् । उनले  सहकारीलाई सरकार र राजनीतिबाट जोगाउनु पर्ने बताएका हुन् ।

काठमाडौंको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिकोत्सवको अवसरमा  प्रमुख अथितिको रुपमा बोल्दै उनले केही सहकारी संस्थाले गरेको वित्तीय अपचलनका कारण सहकारीको स्वायत्तता र स्वःनियमनलाई मार्ने गरी सरकार अगाडि बढको भन्दै त्यसबाट जोगाउन उनको आग्रह छ ।

सहकारी संस्थाले घर जग्गा खरिद र ठुलो वासलात बनाउनेतर्फ भन्दा पनि सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार अगाडि लैजानु पर्नेमा उनको जोड छ । सुशासनका नाममा सहकारी माथि सरकारको हस्तक्षेप सुरु भएको भन्दै बाँस्कोटाले त्यसबाट जोगाउन सबै पक्ष लाग्नुपर्ने बताए ।

सहकारी मूल्य मान्यता बाहिर गएर केही व्यक्तिले सहकारीको बचतलाई ब्रह्मलुट गरेको उनले बताए । सहकारीमा लागेर राजनीतिककरण, सामाजिक अपराध र भ्रष्टचार नगर्न उनको सुझाव छ ।

सहकारीले अध्यादेश मार्फत सहकारी ऐन परिमार्जन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको भए पनि प्राधिकरणको अध्यक्ष मन्त्रालयका सचिव नै भएकाले नियमन तथा अनुगमन प्रभावकारी नहुने उनले जनाए ।

उनले हिजो पनि सरकारले नै सहकारीको अनुगमन गरेको र आज पनि सरकारले नै गर्ने भन्दै प्रभावकारी अनुगमन हुनेमा आशंका गरे। कुल सहकारी मध्ये एक प्रतिशत सहकारी संस्थामा समस्या आउँदा सिङ्गो सहकारी अभियानको इमेज धमिलो भएको भन्दै यसलाई सङ्ल्याउन सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ ।

पाँच तारा सहकारीमा महिला सहभागिता उल्लेख रहेको भन्दै उनले महिलाको संख्यालाई अझ बढाउन उनको सुझाव छ । महिलाहरु वित्तीय रुपमा अनुशासित हुने र उनीहरुले सञ्चालन गरेको संस्था सुरक्षित रेहको उनको भनाई छ ।

पाँच तारा सहकारीले बचत ऋणको मात्र कारोबार नगरी समुदाय र समाजको लागि समेत उल्लेख योगदान गरेकोमा बाँस्कोटाले खुलेर प्रशंसा गरे ।

कार्यक्रमका विशिष्ट अथिति तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले मुलुकमा रहेका कुल सहकारी मध्ये ६५ प्रतिशत सहकारी संस्थाले वित्तीय कारोबार गर्दै आएको बताए ।

उनले ३१ हजार सहकारी मध्ये डेढ दुई सय सहकारी संस्थामा मात्र समस्या आएको र बाँकी सहकारीले समाजमा राम्रो काम गरेको उनले जनाए ।

संविधानले अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको र सहकारीले सोही अनुसार काम गर्नुपर्नेमा उनको जोड छ। विगतमा नियमन तथा अनुगमन प्रभावकारी नहुँदा सहकारीमा समस्या आएको भन्दै कँडेलले अव सहकारीहरुले मर्यादित भएर बित्तीय कारोबार गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष पाठकले २०६४ साल चैत्र २० गते संस्था दर्ता गरी बैशाख १ गतेबाट वित्तीय कारोबार सुरु गरेको बताए । उनले संस्था स्थापना गरेको बर्षबाट नै सहकारी अभियान्तालाई सम्मान गर्ने कार्यको थालनी गरेको जानकारी दिए ।

अध्यक्ष पाठकले संस्था स्थापना गरेको बर्षमा नै अग्रजको सम्मान गर्ने सोच आएको र सञ्चालक समितिको बैठकबाट निर्णय गरी उक्त कार्यलाई अगाडि बढाएको जनाए । उनले यस पटकको सम्मान १६ औं भएको बताए ।

संस्थाले चिनजान र सहयोग गर्नेहरुलाई नभई सहकारी अभियानमा योगदान गर्ने व्यक्तिहरुको पहिचान गरेर सम्मान गर्दै आएको अध्यक्ष पाठकले जानकारी दिए ।

सहकारी अभियानमा लागेर समाजको लागि योगदान गर्नेलाई सरकारले सम्मान नगरे पनि प्रारम्भिक संस्थाले भए पनि सम्मान गर्नुपर्छ भन्ने थालनी पाँच ताराले गरेको उनको भनाई छ ।

संस्थाले रक्तदान, सरसफाई,सहकारी शिक्षा जस्ता विविध कार्यक्रमको आयोजना गरी १७ औं स्थापना दिवस मनाएको छ । संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा सहभागि भई नियमित रुपमा ५ पटक र १० पटक रक्तदान गर्ने रक्तदातालाई सो अवसरमा  चाँदीको  सिक्का र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाले प्रकाशन गरेको स्मारिका र नयाँ बर्षको क्यालेन्डर समेत विमोचन गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून, काठमाडौं जिल्ला सहकारी संघ,स्थानीय सहकारी संस्थाका प्रतिनिधि सहित सदस्यहरुको सहभागिता रहेको थियो ।



Leave a comment