सहकारीमा सुपरिवेक्षण प्रणाली असाध्यै कमजोर: पूर्व सचिव पाठक

सहकारीमा सुपरिवेक्षण प्रणाली असाध्यै कमजोर: पूर्व सचिव पाठक :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्था नीतिमा सञ्चालनमा चले समस्या नआँउने पूर्व सचिव प्रतावकुमार पाठकले बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको दोश्रोदिन वित्तीय सहकारीमा व्यवस्थापकीय सवालःपरिवर्तित र यथास्थिती विषयमा कमर्यपत्र प्रस्तुत गर्दै उनले सहकारीमा संगठित अराजकता बढेको बताए ।

नले सहकारीमा जवाफदेहिताको प्रश्न उठेको भन्दै त्यसलाई व्यवस्थित गरेर जान सुझाव दिए । सहकारीमा सुपरिवेक्षण प्रणाली असाध्यै कमजोर रहेकाले वित्तीय अपचलन बढेको उल्लेख गरे ।

सहकारीले सदस्यको आवश्यकतालाई पहिचान गजरी सोही अनुसारको सेवा दिन सके यो क्षेत्रको गरिमा बढेर जाने उनले जनाए । सहकारीका व्यवस्थापन इनोभेसनमा केन्द्रीत हुनुपर्ने र नवप्रवद्र्धनलाई आत्मसात गरेर जानुको विकल्प नरहेको उनको भनाई छ।

संस्थागत सुशासन, पेशागत दक्ष जनशक्तिका साथै मूल्य, मान्यता र सिद्धान्त सञ्चालन भए वित्तीय सहकारी संस्था बलियो भएर जाने उनको भनाई छ । वित्तीय सहकारीको जोखिम मल्टिडाइमन्समा रहेकाले जोखिम व्यवस्थापन गरेर जान उनको सुझाव छ ।

हरेक सहकारीले जोखिम व्यवस्थापन गरेर जानु पर्ने र त्यसमा थुप्रै कुरा गरे जानेपर्ने उनको भनाई छ । वित्तीय अनुगमनमा ६ वटा इन्डिकेटर रहेको र वित्तीय सहकारीलाई अनुगमन गर्दा यी प्रश्नसँगै लिएर जानु पर्नेमा उनको जोड छ ।

सहकारीको ४ प्रकारले अनुगमन गर्न सकिने र वित्तीय सहकारीमा अनुगमनको महत्व अतिनै आवश्यक रहेको उनको भनाई छ। म्यानेजमेन्ट अडिट गर्ने कल्चर सहकारीमा नभएकाले यसलाई कल्चरको रुपमा विकास गरेर जान उनले सुझाए ।

भूमि,व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव टोलराज उपाध्यायले सहकारी क्षेत्र लामो समयदेखि समस्यामा रहेको बताए । उनले त्यसको पृष्ठभूमिमा सहकारीको समस्या खोज्नुपर्ने बताए ।

वित्तीय सहकारीले बचत संकलन र ऋण लगानी गर्ने भएकाले व्यवस्थापनमा रुपान्तरणकारी नेतृत्व आवश्यक रहेको उनको भनाई छ । वित्तीय सहकारीलाई अहिलेको व्यवस्थापनले मात्र सुधार गर्न नसक्ने भएकाले दक्ष जनशक्ति र व्यवस्थापकिय चुस्तता वृद्धि गरेर जानुपर्नेमा उनको जोड छ ।

वित्तीय सहकारीको कारोबार क्रमशः वृद्धि गए पनि व्यवस्थापनको पक्षमा ध्यान जान नसक्दा पनि समस्या आएको उनको बुुझाई छ।  हामी सिद्धान्तमा भन्दा व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको भन्दै उनले क्षमतावान कर्मचारी संस्थामा राख्नुपर्ने बताए ।

सहकारी क्षेत्रमा नयाँ युवा पुस्तालई सहकारी क्षेत्रमा आकर्षण गर्न नसके संस्था दिर्घकालसम्म सञ्चालन गर्न  समस्या हुने उनको भनाई छ। राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापाले सहकारीलाई कुन दिशामा लिएर जाने र व्यवस्थापनको जिम्मेवारी के हुने भनेर प्रष्ट गरेर जानुपर्ने बताए ।

उनले सहकारीका सञ्चालक र व्यवस्थापनसँगै जानुपर्ने भन्दै सहकारीको पुँजीलाई उत्पादनमा जोडेर जानुपर्नेमा जोड दिए । सहकारीले कति पुँजी निर्माण गरेको छ र पुँजीलाई कुन क्षेत्रमा परिचालन भएको छ भन्ने कुरालाई विश्लेषण गरेर जान आवश्यक रहेको उनको भनाई छ ।

सहकारीको व्यवस्थापनको कार्यशैलीमा परिवर्तन गर्ने बेला भएको भन्दै थापाले घर, सवारी साधन र रेष्ट्ररेन्टमा काम पनि काम गर्ने कल्चर विकासमा जोड दिनु उनको भनाई छ।

सहकारीको गन्तव्य पहिचान गर्न ढिला भएको र यस क्षेत्रलाई कुन दिशामा लैजाने भन्ने मार्गदर्शन तयार गर्न आवश्यक रहेको उनको भनाई छ ।

सहभागीको तर्फबाट बोल्दै चमेली सहकारीका पूर्व अध्यक्ष उत्तम चौलागाईले सहकारीमा खुल्ला प्रतिस्पर्धाबाट सिइओ नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले व्यवस्थापनमा आफ्ना मान्छे भर्ती गर्ने र सहकारी नबुझेका सञ्चालकलाई संस्थामा राख्दा सोचे अनुसारको गति लिन नसक्ने प्रष्ट पारे । सहकारी सिद्धान्तले मात्र सञ्चालन नहुने भन्दै उनले सहकारी बुझेका र दक्ष कर्मचारी विना संस्थाले गति नलिने उनको दावी छ।

अर्का सहभागी राम कटेलले नेपालको सहकारी अभियान पर्यटन व्यवसायमा केन्द्रीत हुनुपर्ने बताए । सहकारी मार्फत पर्यटन व्यवसायमा अगाडि बढाउन सके गाउँँ गाउँमा रोजगारी सृजना हुने उनको भनाई छ ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए । उनले सहकारी क्षेत्र तरल अवस्थामा रहेकाले यसलाई सुधार गरेर जान आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले सहकारीमा वित्तीय स्रोत महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रम सञ्चालन बागमती प्रदेश सहकारी संघका लेखा सुपरीवेक्षण समितिको संयोजक विकल्प पाठकले गरेका थिए ।



Leave a comment