हाइलाइट

सहकारीले गरेका ‘ग्लोवल मनी विक’ कार्यक्रमका फोटा र विवरण पठाउन सहकारी विभागको अनुरोध

सहकारीले गरेका ‘ग्लोवल मनी विक’ कार्यक्रमका फोटा र विवरण पठाउन सहकारी विभागको अनुरोध :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघसंस्थाले ‘ग्लोवल मनी विक’मा गरेका कार्यक्रमहरुको फोटा तथा बिबरण पठाउन अनुरोध गरेको छ ।

विभागले सूचना प्रकाशन गरि सहकारी संघ संस्थाले ‘ग्लोवल मनी विक’ मा वालवालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्नेखाले कार्यक्रमको फोटा तथा बिबरण पठाउन अनुरोध गरेको हो ।

सूचनामा Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष  ग्लोवल मनी विक, मनाइदै आएकोमा यस वर्ष पनि 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ २०२५ मार्च १७ देखि २३ (२०८० चैत्र ४ देखि १०) सम्म ‘ग्लोवल मनी विक’ को १३ औं श्रृंखला मनाउन लागिएकोले सहकारीहरुले पनि उक्त कार्यक्रम गर्न भनेको हो ।

नेपाल राष्ट्र वैंकको राष्ट्रिय संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर ‘ग्लोवल मनी विक’ मनाउनका लागि वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा गठित अन्तरनियामक ‘ग्लोवल मनी विक’ मनाउनका निम्ति सरोकारवाला निकायहरुलाइ आव्हान गरेको विभागले जनाएको छ ।

त्यसैले यस वर्ष पनि गत वर्षहरुमा जस्तै वित्तीय साक्षरता सम्वन्धी विशेष कार्यक्रमहरु आयोजना गरी उत्साहपुर्वक मनाउन र कार्यक्रम सम्पन्न भएका फोटोसहितका विवरण विभागले अनुरोध गरेकोछ ।



Leave a comment