हाइलाइट

सहकारी नियमनका लागि राष्ट्र बैंकले तयार गरेको निर्देशनको मस्यौदा माथि नेपाली कांग्रेसले बृहत छलफल गर्दै  

सहकारी नियमनका लागि राष्ट्र बैंकले तयार गरेको निर्देशनको मस्यौदा माथि नेपाली कांग्रेसले बृहत छलफल गर्दै   :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी नियमनका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको मस्यौदाका विषयमा नेपाली कांग्रेसले बृहत छलफल गर्नेभएको छ ।  कांग्रेसले सहकारीका सरोकारवालाहरु संग बृहत छलफल गरी सुझाव बुझाउने भएको हो ।

नेपाली कांग्रेस सहकारी विभागको सानेपामा आज बसेको बैठकले माघ १९ गते सरोकारवाला संग छलफल गरी नेपाल राष्ट्र बैंकलाई सुझाव पेस गर्ने निणर्य गरेको हो । विभागका सहसंयोजक भानुभक्त ढकालले सातै प्रदेशका सहकारीकर्मी र सरोकारवाला हरुसंग बृहत छलफल गरी छलफलबाट उठेका राय सल्लाह सुझावका आधारमा राष्ट्र बैंकलाई बुझाउने बताए ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा एकदिने गोष्ठी नै आयोजना गरी सुझाव संकलन गरिने जनाए । एकदिने गोष्ठीमा विषय विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत गरी सहकारीको बास्तविक चित्र तयार गरिने उनले जनाए । साथै गोष्ठीमा सहकारी क्षेत्रसँग सम्बन्धित नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा समेत छलफल गरि सरकारलाई सुझाव दिने उनको भनाइ छ ।

विभागको छलफलमा सहकारी विभागका सचिव चन्द्रप्रसाद ढकाल, सदस्य सचिव राजेन्द्र पौडेललगायत बागमती प्रदेशका सदस्यहरुको उपस्थिति रहेको थियो । अध्यादेश मार्फत ल्याइएका केही प्रावधानले सहकारी क्षेत्रलाई संकुचित पार्ने भएकोले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्न सरकारलाई सुझाव दिनुपर्ने सदस्यहरुले बताए ।



Leave a comment