काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यादेशले ल्याएको विषय धेरै मानिस अलमलमा परेको गुनासो आएको बताएका छन् । उनले संचालकको कार्यावधी दुई कार्यकाल भनेको अध्यादेश पारित भएको दिन देखि लागु हुने बताएका छन् ।
काठमाडौमा पुष २२ गते भएको नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री अधिकारीले उक्त ब्यवस्था प्रारम्भिक तहमा लागु हुने र अध्यादेशमा प्रारम्भिक शब्द छुटेको समेत बताए। उनले अहिले सहकारीमा विभिन्नखाले भ्रम फिजाएकोले आफू ठिक छौं भन्ने सन्देश दिन जरुरी रहेको बताए ।
यसकालागि मन्त्रालयले एकैदिन देशभरिबाट सहकारी ठिक छन् भन्ने सन्देश दिनेगरी कार्यक्रम तय गरिसकेकोले यसमा अभियानको पनि साथ हुने अपेक्षा रहेको बताए । सहकारीले उद्धेश्य अनुरुप काम गर्नुपर्ने भन्दै मन्त्री अधिकारीले बचत तथा ऋण उद्धेश्य राखेर स्थापना भएका संस्थालाई मात्र बैंकिङ कारोबार गर्ने संस्थाका रुपमा हेर्ने कानुनी प्रावधानको ब्यवस्था मिलाउनु पर्ने बताए ।
कृषि उद्धेश्य राखेर संचालन भएका सहकारीले अध्यादेशको ब्यवस्थासंग डराउनु नपर्ने उनको भनाइ थियो । उनले सहकारी कानुन पनि अकाट्य नरहेको र संसोधन गर्न सकिने भन्दै धेरै लामो समयदेखि ऐनमा भएका ब्यवस्था लागु नहुँदा त्यसलाई चलायमान बनाउन खोजिएको बताए ।
स्वनियमको आधारमा बेथीति भयो, अनुशाषन भएन भनेर नियमन निकाय बनाउनु पर्छ भनेर अभियानबाटै आवाज आएकोले प्राधिकरणको ब्यवस्था गरिएको उनको भनाइ छ । मन्त्री अधिकारीले अध्यादेश आउँदैमा डराइहाल्नु पर्ने छटपटीहाल्नु पर्ने अवस्था नरहेको बताए ।
Leave a comment