हाइलाइट

बागमती प्रोस्कूनको संचालकमा दोहोरिय दोहोरो पदधारी र कर्मचारी

बागमती प्रोस्कूनको संचालकमा दोहोरिय दोहोरो पदधारी र कर्मचारी :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को चौथो बार्षिक साधारण सभाबाट चुनिएका अधिकांश अनुहार पुरानै दोहोरो पदधारी र कर्मचारी रहेका छन् ।

संघमा कार्तिक २३ गते भएको निर्वाचनबाट सहमतीका नाममा राजनीतिक दलले भागवण्डा लगाउँदा दोहोरो पदधारी र कर्मचारी संचालक भएका छन्।

विषेशगरी सहकारी नेताहरुले आफ्ना मानिसलाई संचालक बनाएकोले कर्मचारी र दोहोरो पदधारी पूनः संचालकमा आएका हुन् । दोहोरो पद र कर्मचारी संघको संचालक बन्नु कानुन विपरित भएपनि कानुन मिचेरै संघको संचालकमा दलले भागवण्डा गरेको देखिन्छ।

अध्यक्षमा चयन भएका उद्धव सापकोटा नेकपा एमाले कोटाबाट परेका हुन । उनी यस अघिपनि संघको अध्यक्ष नै थिए भने उनी काभ्रेको पनौतीमा रहेको ज्योति मिर्मिरे सामुहिक साकोसका अध्यक्ष हुन् र संघमा उक्त संस्थाबाट नै प्रतिनिधि आएका छन् ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा चयन भएका जिवसराज खड्का पनि नेकपा एमाले निकट मानिन्छन् उनी यसअघि संघमा महासचिव थिए भने उनले जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाबाट प्रतिनिधित्व गरेका छन्, उक्त संघका उनी पूर्व अध्यक्ष हुन् ।

महिला उपाध्यक्षमा चयन भएकी कल्पना श्रेष्ठ पनि एमाले निकट मानिन्छन उनी यसअघि पनि संघमा महिला उपाध्यक्ष नै थिइन् भने उनी आफू अध्यक्ष रहेको जागरण साकोस मकवानपुरबाट प्रतिनिधित्व गरेकी छन्, साथै उनी मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको पनि अध्यक्ष हुन् ।

त्यसैगरी महासचिवमा चयन भएका गोविन्द्रप्रसाद काफ्ले नेपाली कांग्रेस निकट मानिन्छन् उनी यसअघि संघको सचिव थिए उनले काठमाडौंमा रहेको विश्वज्योती साकोसबाट प्रतिनिधि ल्याएका छन्, काफ्ले उक्त संस्थाको प्रवन्धक हुन् ।

त्यसैगरी सचिवमा चयन भएका ठाकुरप्रसाद बास्कोटा नेकपा एमाले निकट मानिन्छन्, बास्कोटा यसअघि संघका संचालक सदस्य थिए, उनले काठमाडौंको स्पष्ट साकोसबाट प्रतिनिधि ल्याएका छन् भने उनी उक्त सहकारीका पूर्व अध्यक्ष हुन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा चयन भएका प्रदिप थापा नेपाली कांग्रेस कोटाबाट संचालक भएका हुन् । उनी यसअघि संघका संचालक थिए भने उनले काभ्रेको विन्धबासिनी साकोसबाट प्रतिनिधि ल्याएका छन् उनी उक्त संस्थाको पूर्व अध्यक्ष हुन् ।

त्यसैगरी सञ्चालकमा चयन भएका लेमन श्रेष्ठ नेकपा एमाले निकट छन् श्रेष्ठ संघको नयाँ संचालक हुन, उनले काठमाडौंको आयाम साकोसबाट प्रतिनिधि ल्याएका छन् भने उनी उक्त संस्थाको ब्यवस्थापक हुन् ।

संचालक सदस्यमा चयन भएका कृष्ण गोविन्द लाखाजु नेमकिपा निकट मानिन्छन् उनी यस अघि पनि संघको संचालक नै थिए, उनी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन् भने उनले उक्त संघबाटै प्रतिनिधि ल्याएका छन् ।

संचालक जगन्नाथ दाहाल, कृष्णहरि कोईराला पुरानै अनुहार हुन् उनीहरु यसअघि पनि संघका संचालक थिए । एमाले निकट दाहालले नव जागरण साकोस रामेछाप र नेपाली कांग्रेस निकट कोइरालाले सिन्धुली जिल्ला बचत संघबाट प्रतिनिधि ल्याएका छन् । कोइराला सिन्धुली जिल्ला बचत संघका निवर्तमान अध्यक्ष हुन् ।

सहमतिका नाममा नेकपा एमालेले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सचिव र लेखा समिति संयोजक सहित ११ पद लिएको छ । त्यसैगरी नेपाली काँग्रेस र अन्य दलले ९ पद बाँडफाँढ गरेका छन् । संघमा ५२३ सहकारी संघसंस्था रहेकोमा ४५७ संघसंस्थाले नविकरण गरेका थिए ।

संचालकमा चयन भएका विकास बादे नेपाली कांग्रेस निकट मानिन्छन् । उनी संघमा नयाँ अनुहार हुन, उनले काभ्रेको चण्डेश्वरी साकोसबाट प्रतिनिधि ल्याएका छन् भने उनी उक्त संस्थाको पूर्व अध्यक्ष हुन् ।

संचालक हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल पनि संघमा नयाँ अनुहार हुन् । हरिशचन्द्र नेकपा माओबादी कोटाबाट संघको संचालक बनेका छन् भने उनी जिल्ला बचत संघ चितवनका पूर्व अध्यक्ष हुन ।

उनले चितवनको नव जनजागृती साकोसबाट र कांग्रेस कोटामा संचालक बनेका नवराजले धादिङ जिल्ला बचत संघ तथा निर्मला धितालले शिक्षक हित साकोस सिन्धुपाल्चोकबाट प्रतिनिधि ल्याएका छन् ।

धिताल संस्थाकी उपाध्यक्ष रहेकी छन भने उनी एमालेको कोटाबाट संचालक चयन भएकी हुन् । संचालक सदस्यमा चयन भएका हेमबहादुर कार्की नेकपा एमाले कोटामा परेका हुन ।

उनीपनि संघमा नयाँ अनुहार हुन, उनले काठमाडौंको नेचुरल साकोसबाट प्रतिनिधि ल्याएपनि उनी काठमाडौंको जेष्ट आइडियोलोजी साकोसका अध्यक्ष हुन् ।

त्यसैगरी संचालक चयन भएका कांग्रेस कोटाकी भवानीदेवी अधिकारी र एमाले कोटाकी शान्तलक्ष्मी खड्की पनि संघकालागि नयाँ सदस्य हुन् ।

अधिकारी चितवनको हिमाली ब्राम्ही साकोसकी निवर्तमान अध्यक्ष हुन र यसै संस्थाबाट प्रतिनिधि ल्याएकी छन् । खड्कीले ललितपुरको कुम्भेश्वर महिला साकोसबाट प्रतिनिधि ल्याएका छन् । उनी उक्त संस्थाको अध्यक्ष रहेकी छन् ।

त्यस्तै संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा चयन भएका देवप्रसाद त्रिपाठी यसअघि पनि उक्त पदमै थिए, एमाले निकट त्रिपाठी प्रतिनिधि रहेको धादिङको जनकल्याण साकोस राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कंडेल पूर्व अध्यक्ष रहेको संस्था हो ।

त्यसैगरी लेखा समिति सदस्यमा चयन भएकी कमला खनाल बोगटी र सरस्वती कतिला पनि नयाँ अनुहार हुन् । नेपाली कांग्रेसको कोटामा परेकी बोगटी काठमाडौंको सज्जन महिला साकोसबाट प्रतिनिधि आएकी हुन भने उनी उक्त संस्थाकी सचिव हुन् ।

एमाले कोटाकी कतिला प्रभात दिदी बहिनी साकोस चितवनबाट प्रतिनिधि आएकी छन्, उनी नेकपा एमालेको कोटामा संघको संचालक भएकी हुन् ।

संघका तत्कालिन कोषाध्यक्ष केशवप्रसाद दंगाल, संचालक इन्द्र घिमिरे, तेजेन्द्र खड्का, ओमप्रसाद आचार्य, राधा कडरिया, तारानाथ सापकोटा, कृष्णप्रसाद सुवेदी र लेखा समिति सदस्य रमिला श्रेष्ठ दलको कोटामा पर्न सकेनन् ।

संघमा १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । २० पदका लागि २७ जनाको उम्मेदवारी परेको थियो ।

सहमतिका नाममा नेकपा एमालेले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सचिव र लेखा समिति संयोजक सहित ११ पद लिएको छ । त्यसैगरी नेपाली काँग्रेस र अन्य दलले ९ पद बाँडफाँढ गरेका छन् । संघमा ५२३ सहकारी संघसंस्था रहेकोमा ४५७ संघसंस्थाले नविकरण गरेका थिए ।



Leave a comment