हाइलाइट

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्न विभागको निर्देशन

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्न विभागको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाका ऋणी सदस्यहरुलाई संस्थाको ऋण भुक्तान गर्न संघिय सहकारी विभागले निर्देशन दिएको छ । कार्तिक १३ गते विभागले सूचना जारी गरी सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता गर्न निर्देशन दिएको हो ।

ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेकोले विभागले ऋणी सदस्यहरुलाइ ऋणको सावाँ तथा व्याज चुक्ता गर्न भनेको हो ।

सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको विभागको भनाइ छ ।

विभागले जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र व्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गर्न विभागले सूचना जारी गरेको हो । साथै सहकारी संस्थाहरुले समेत सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० वमोजिमका ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु लगायतका प्रचलित कानुनी प्रावधानहरुको पूर्ण परिपालना गरी आफ्ना सदस्यहरुको ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन समेत भनेको छ ।

 
 



Leave a comment