हाइलाइट

कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा :: Sahakari Akhabar

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मुख्य कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी लाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । उक्त संस्थालाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट आईतबार समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको जनाएको हो । यो सँगै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको सहकारीको संख्या २ पुगेको छ । यस अघि २०८० भदौ २१ गते सिभिल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ काठमाडौंलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरेसँगै प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कार्यालय शीलबन्दी गर्न निर्देशन दिइसकेको जनाइएको छ । ९ हजार ८ सय ५७ शेयर सदस्य रहेको दर्शन सहकारीले ५२ करोड ८२ लाख रुपैयाँ बचत रकम भुक्तानी फिर्ता दिन बाँकी रहेको जनाइएको छ ।



Leave a comment