काठमाडौं । राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लागि लोगो सार्वजनिक गरेको छ । राष्ट्र संघले २१ अक्टोबरमा उक्त लोगो सार्वजनिक गरेको हो । यो लोगो राष्ट्र संघले अंग्रजीसँगै अरबी, चिनियाँ, रुसी, फ्रेन्च र स्पेनिस गरी आफ्ना ६ आधिकारिक भाषाहरुमा सार्वजनिक गरेको छ । दिगो विकासलाई केन्द्रमा राखेर लोगो डिजाइन गरिएको राष्ट्र संघले जनाएको छ।
लोगोमा रातो, निलो र हरियो गरी तीन रंग प्रयोग गरिएको छ । रातोले समाज, निलोले अर्थतन्त्र र हरियाले वातावरण जनाउँदछ । यी तिनलाई सहकारीले काम गर्ने ट्रिपल बटमलाइन अप्रोच(पिपल, प्लानेट र प्रसपेरिटी अर्थात सामाजिक, आर्थिक र वातावरणीय पक्षसँग पनि जोडिएको जनाएको छ।
Leave a comment