हाइलाइट

समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समितिको निर्देशन 

समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समितिको निर्देशन  :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

समितिले कार्तिक १ गते सूचना प्रकाशन गरी समस्याग्रस्त घोषित संस्थाका संचालक, व्यवस्थापकहरु, ऋणी सदस्यहरु र कर्मचारीहरुलाई आफ्नो दायित्व भुक्तानी गर्न भनेको हो ।

समितिले समस्याग्रस्त घोषित सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको जिम्मेवारीमा आएकोले समस्याग्रस्त घोषित संस्थाका संचालक, व्यवस्थापकहरु, ऋणी सदस्यहरु र कर्मचारीहरुलाई आफ्नो दायित्व भुक्तानीको लागि पटक पटक राष्ट्रियस्तरको पत्रपत्रिका मार्फत ३५ दिने सूचना समेत प्रकाशित गरेको जनाएको छ ।

समितिमा केही ऋणी सदस्यहरु बाहेक अधिकांश ऋणी सदस्यहरुले सम्पर्क पनि नगरेको र आफूले तिर्न बुझाउनु पर्ने दायित्व समेत तिरे बुझाएको नदेखिएकोले १५ दिने सूचना प्रकाशित गरेको जनाएको छ ।

सो अवधिसम्म पनि ऋणीहरु तथा जमानीकर्ताहरुले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा ऋणी र निजका एकाघरका परिवारहरुको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालो सूचिमा राख्ने र रोक्का राखिएको सम्पत्ति र बैंक खाता रोक्का राखि कारवाही अगाडी बढाई ऋण असुल उपर गरिने जनाएको छ ।

समस्याग्रस्त सहकारीहरुः

स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लुः निभा बहुउद्देश्यीय सहकारी, ओरेण्टल कोअपरेटिभ छन् ।

त्यसैगरी कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी छन् ।

त्यसैगरी कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी, श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी, गौतम श्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी, पशुपति सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ ।


 



Leave a comment