हाइलाइट

सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न काठमाडौं महानगरपालिकाको निर्देशन

सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न काठमाडौं महानगरपालिकाको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागले कार्यक्षेत्र भित्रका सहकारीहरुलाई सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न सूचना जारी गरेको छ । विभागले आज (असोज १४ गते) सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ र नियमावली २०८० मा भएको ब्यवस्था अनुसार रकम जम्मा गर्न आग्रह गरेको हो ।

महानगरपालिकाको सहकारी ऐनमा हरेक सहकारीले वार्षिकरुपमा आर्थिक वर्षको खुद बचत रकमको कम्तिमा २५ प्रतिशत जगेडा कोषमा  छुट्टयाएपछि बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगर सहकारी प्रवद्र्धन कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था गरेको छ । यसरी कोषमा जम्मा भएको रकम सहकारी शिक्षा, तालिम,प्रवर्धन र विकासमा खर्च गर्ने ब्यवस्था रहेको छ।



Leave a comment