काठमाडौं । उच्च अदालत पाटनले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीको सूचीबाट हटाउन आदेश दिएको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
सहकारीका सदस्य चुरेन्द्रध्वज कार्कीसमेतका सदस्यहरूले सहकारीले बचतकर्ताको रकम फिर्ता गरिरहेका बेला सहकारी विभागले हचुवाको भरमा समस्याग्रस्त सहकारी घोषणा गरेको भन्दै सूचीबाट हटाउन माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाई गर्दै अदालतले उक्त आदेश दिएको हो । अदालतको आदेशसँगै लालीगुराँस सहकारीले पूर्ववत रूपमा कारोबार सुचारु गर्ने भएको छ ।
Leave a comment