हाइलाइट

सहकारी ब्यवस्थित गर्न बागमती प्रदेश संघले भूमिका खेल्नुपर्छ : मन्त्री ठकुरी

सहकारी ब्यवस्थित गर्न बागमती प्रदेश संघले भूमिका खेल्नुपर्छ : मन्त्री ठकुरी :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले सहकारी ब्यवस्थित गर्न बागमती प्रदेश संघले भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मी एक जुट भएजस्तै सहकारीलाई ब्यवस्थित बनाउनकालागि कानुन निर्माणदेखिका काममा संघले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका हुन् ।

बागमती प्रदेश सहकारी संघको चौथो बार्षिक साधारण सभामा प्रमुख अथितिको रुपमा बोल्दै मन्त्री ठकुरीले सहकारीलाई ब्यवस्थित बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ट्रेड मार्कको अभावले  सहकारीले उत्पादन गरेको वस्तु निजी कम्पनी मार्फत निर्यात गर्नु परेको गुनासो गरिन ।

उनले सहकारीले चिया कफि लगायत कृषिजन्य उत्पादन गरिराखेको भए पनि सहकारीलाई ट्रेड मार्क नदिँदा निजीको शरणमा पर्नुपरेको बताइन् । उनले राज्यले सहकारीमैत्री कानुन नबनाएको उनको आरोप छ।

सहकारी क्षेत्रले गलत मात्रै गरेको छैन, उनले भनिन ‘सहकारीले समाज, सदस्य र राष्ट्रकै लागि देखिने गरी योगदान गरेका छन् तर त्यसको प्रचार प्रसारको अभावले गलत कुराले मात्र प्राथमिकता पाएको बताइन् ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरी बजगाइले शुभकामना मन्तव्य राख्दै सहकारी क्षेत्रको समस्या समाधान गर्न सबै पक्ष एक भएर लाग्नुको  विकल्प नरहेको बताए ।

सभाले महासचिव भिमप्रसाद दाहाल कोषाध्यक्ष टिकाराम भट्टराई र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

संघका अध्यक्ष रामशरण शर्माले संघीयता पछि स्थापना भएको संघले प्रदेशभित्रका सहकारी संघ संस्थाको विकास र प्रवद्र्धनका लागि बहस तथा पैरवी गर्दै आएको बताए ।



Leave a comment