काठमाडौं । सहकारी अखबारकर्मी खिलानाथ दाहाललाई बागमती प्रदेश सहकारी संघले सम्मान गरेको छ । ललितपुरमा आज भएको संघको चौथो बार्षिक साधारण सभामा दाहाललाई सम्मान गरेको हो ।
संघले सहकारी क्षेत्रको बिकास र प्रवर्धनका साथै सहकारी क्षेत्रको सुधारको लागि निरन्तर कलम चलाएको भन्दै सहकारी अखबारका प्रधान सम्पादक दाहाललाई सम्मान गरेको छ । कार्यक्रममा दाहाललाई बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले सम्मान गरेका थिए ।
त्यसैगरी संघले साधारण सभामाको अवसरमा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गलाई सहकारी अभियन्ता रुपमा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अथिति मन्त्री ठकुरीले प्रधानाङ्गलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपालको सहकारी अभियानमा एक आदर्श पुरुषको रुपमा परिचय बनाउन सफल शालिन ब्यक्तित्व भएका प्रधानाङ्ग नेपालको बचत तथा ऋण सहकारी अभियानलाई देशव्यापी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेको हो ।
त्यसैगरी उत्कृष्ट जिल्ला संघको रुपमा चितवन जिल्ला सहकारी संघ, उत्कृष्ट सहकारी संस्थामा काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी र उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा आदर्श सामाजिक उद्यमी सहकारी धादिङलाई सम्मान गरेको छ ।
प्रदेशका जिल्ला संघहरु मध्ये प्रदेशस्तरिय उत्कृष्ट ब्यवस्थापकमा जिल्ला सहकारी संघ दोलखाका ब्यवस्थापक राजकुमार दाहाल, प्रदेशका सहकारी संस्थाहरु मध्ये उत्कृष्ट ब्यवस्थापकमा कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लुभुका ब्यवस्थापक कुमार खत्री र बागमती प्रदेश उत्कृष्ट पदाधिकारीमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्कालाई सम्मान गरेको छ।
थै संघले सहयोगी संघसंस्थालाई कदर पत्र समेत प्रदान गरेको छ । प्रदेश संघले गत वर्षबाट व्यक्ति तथा संस्थालाई सम्मान गर्न सुरु गरेको हो ।
Leave a comment