काठमाडौं । सहकारी यतिखेर सडक र सदन दुवै तर्फ बहसको विषय भएकोले संचार माध्याममा हटकेकका रुपमा सहकारी विषय आइरहेको छ । आर्थिक मन्दीका समाचारसंगै सञ्चारमा मूल समचारका रुपमा सहकारीले पनि स्थान पाएको छ । सहकारीको ठगी, बचतकर्ताको बचत अपचलन, अनुत्पादक क्षेत्रमा सहकारीको लगानी, उच्च पदस्थ ब्यक्तित्व जोडिनुलगायतका सहकारीका विषय बढी चर्चामा छन् ।
त्यसैगरी सहरका सहकारी, उपत्यकाका सहकारी, सहरका सहकारीमा विकृति छ, केही सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम भयो, उपत्यकाका सहकारीमा बढी समस्या छ, पाँच सय सहकारीमा मात्र समस्या हो, आदी सहकारी अभियन्ताहरुले फोरमा प्रयोग गर्ने भाषणको मसला बनिरहेको छ ।
तर सरोकारवालाहरु संग न समस्यामा परेका सहकारीको एकिन तथ्याङ्क छ, न राम्रा सहकारीको नै तथ्याङ्क छ । उपत्यका र सहरका सहकारीका कारण सबै सहकारी बदनाम भए, सबैभन्दा बढी समस्या काठमाडौं मै छ, भन्ने भाष्य सहकारी अभियन्ताको भाषणमा छुटेको छैन् ।
पक्कै पनि सबै सहकारी समस्यामा छैनन्, सवै सहकारी बदमास पनि छैनन् र उपत्यकाका र सहरका पनि सबै सहकारी बदमास् र ठग छैनन् । यहीँ पनि छन् दशकौंँ बिताएका अनि पर्दा पछाडी बसेर समुदायमै काम गरी सहकारीको साख जोगाएका सहकारी । उपत्यकामा त्यस्ता सहकारी कति छन् यकिन तथ्याङ्क त कसैसंग छैन, तर सहकारी अखबारले केही प्रतिनिधिमूलक त्यस्ता संस्थाको खोजी गरी यहाँ परिचय गराउने कोशिष गरेको छ ।
कसरी भए उत्कृष्ट
यी सहकारी संस्थाहरु बचत तथा ऋणमा मात्र केन्द्रीत भएका छैनन् । बचत तथा ऋण कारोबार पनि नियमसंगत गर्ने गरेका छन् । सवै सदस्यलाई अनिवार्य बचत पहिलो शर्त सवै संस्थाको छ । सदस्य तथा सदस्यका छोरा छोरीलाई शैक्षिक सम्मान, वित्तीय साक्षरता, सदस्यसंग भेटघाट, नेतृत्व पूर्व अभिमुखिकरण कार्यक्रम, सदस्यलाई सिपमूलक तथा क्षमता विकास लालिम संस्थाका नियमित कर्म हुन् ।
यि संस्थाले बार्षिक कार्ययोजना नै बनाएर नियमित रुपम सदस्यलाई रोजगार मूलक तालिम प्रदान गर्नुका साथै विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने, सदस्यको स्वास्थ्य उपचारमा राहत, सुत्केरी राहत, मृत्यु संस्कारमा समेत सहयोग गरिरहेका छन् ।
वृक्षारोपण, पूल पुलेसो, बाटो, मठमन्दिर सरसफाइ र निर्माणमा सहयोग गरिरहेका छन् । त्यसैगरी बिपतमा राहत संकलन र बितरण, सदस्यलाई अध्यन भ्रमण, तिर्थाटनजस्ता कर्म संस्थाहरुका सामाजिक कर्ममा पर्ने गरेको छन् । रक्तदान कार्यक्रम, सदस्य, कर्मचारी सम्मान, चाडपर्व कार्यक्रम सहकारीले नियमितरुपमा गरिरहेका छन् ।
संस्थाले बचतलाई प्राथमिकता दिएर, नियमित रुपमा चाडपर्व बचत, पेन्सन बचत, भ्रमण बचत, शिक्षा बचतलगायतका बचतसंगै बालबालिका हरुलाई बचतको बानि बसाल्न बाल बचत, खुत्रुके जस्ता बचत कार्यक्रम गरिरहेका छन् । सदस्य संग संस्था जस्ता सचेतना, जागरण गराउने कार्यक्रम वा भनु कोखदेखि शोकसम्मका कार्यक्रम गरेर संस्था स्थापनाको तीन दशक सम्म पारेका सहकारी पनि सहर वा उपत्यकामा नै रहेका छन्।
ललितपुरको स्कोप बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको तीन दशक पुरा गरेको छ । २०५० सालमा ललितपुरमा स्थापना भएको स्कोप साकोसले ३१ औं बार्षिक साधारण सभाको तयारी गरिरहेको छ । ललितपुरको सौगालमा आफ्नै भवनबाट सदस्यलाई सेवा दिइरहेको सस्थामा अहिले ४ हजार ५९८ सदस्य रहेका छन् ।
बचत तथा ऋणका अलवा संस्थाले बार्षिक कार्ययोजना मै ब्यक्ति, समाज र राष्ट्रकालागि सामाजिक तथा सास्कृतिक कार्यमार्फत योगदान दिइरहेको छ । संस्थाले २०६८ सालमा ‘ए वन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन् सर्भिस एण्ड साउन्डनेस’ (एक्सेस) ब्राण्ड प्राप्त गरेको थियो । सदस्यलाई ब्यूटिसियन, उद्घोषण, बेकरीलगाायतका तालिमललाई निरन्तरता दिएको संस्था समुदायस्तरमा संचालित सहकारीका रुपमा परिचित छ ।
वृक्षारोपण, संस्था अवलोकन भ्रमण, सहकारी हाजिरी जवाफ प्रतियोगिता जस्ता फरक गतिविधि गरिरहने संस्थाले भर्खरै मात्र ३२ औं स्थापना दिवस मनाएको छ । सहकारीले गर्नैपर्ने आर्थिक, सामाजिक र सास्कृतिक कर्मकालागि संस्थाले बार्षिक क्यालिन्डर नै बनाएको संस्थाका प्रवन्धक बाबुराजा बज्राचार्य बताउँछन् ।
उनका अनुसार संस्थाको २०८१ साल साउन मसान्तसम्मको वित्तिय बिवरण अनुसार शेयर पूँजी ७ करोड ८ लाख ५८ हजार ८०० रुपैंयाँ तथा बचत ७५ करोड ८३ लाख २० हजार ८८६ रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १० करोड ६० लाख १३ हजार ५०७ रुपैंयाँ र विभिन्न कोषहरुमा ६३ लाख ३७ हजार ३४० रुपैंयाँ रहेको छ । संस्थाको कूल संस्थागत पूँजी १० करोड ९६ लाख रहेको छ भने संस्थाको कूल सम्पति १ अर्ब २५ लाख ३४ हजार रहेको जनाइएको छ ।
१७ जना कर्मचारी रहको संस्थाले ५८५ जना ऋणी सदस्यहरु माझ ६७ करोड ९४ लाख ९८ हजार ऋण लगानीमा रहेको जनएको छ । संस्थामा १४ करोड ९४ लख ३१ हजार अर्थात १९.७१ प्रतिशत तरलता रहेको छ ।
काठमाडौंको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था २०५६ सालमा स्थापना भएको संस्था हो । २५ औं बार्षिक साधारण सभाको तयारी गरिरहेको संस्थाले आर्थिक वर्ष ०८० / ८१ मा १५ प्रतिशत लाभांश दिने तयारी गरिरहेको छ ।
सदस्य, कर्मचारी र संचालकको सम्वन्ध गाढा गर्न सदस्य भेटघाटलाई नियमित गरेको संस्थामा हाल १ हजार १ सय ४१ जना सदस्य रहेका छन् । सदस्य माझ वित्तिय साक्षरतालाई नियमित गरेको सस्थाले सदस्यलाई अफ्नो संस्थाको सम्पूर्ण कारोबार, गतिविधिबारे नियमित जानकारी गराउनु संस्थाको दायित्व रहेको संस्थाका अध्यक्ष लक्ष्मण न्यौपने बताउँछन् ।
संस्थाले मोबाइल बैंकिङ एसएमएस सेवा, क्यूआर भुक्तानीलगायत रेमिटेन्स सेवा पनि प्रदान गरिरहेको छ । नियमित सदस्य सम्मान, विद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण, रक्तदान कार्यक्रम, बिपतमा सदस्यलाई राहत बितरण, स्थानीय स्तरमा संघ संस्थासंगको सहकार्यमा विभिन्न सामाजिक कार्य नियमित गरिरहेको अध्यक्ष न्यौपनेको भनाइ छ ।
उनका अनुसार संस्थाको शेयर पूँजी ७ करोड ७७ लाख ७१ हजार १०० रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाले आर्थिक वर्ष ०८१ साउन मसान्तसम्म १४८ जना सदस्य माझ ५१ करोड ६८ लाख १७ हजार रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।
यसैगरी संस्थाको ४१ करोड ४७ लाख २८ हजार बचत तथा ७ करोड ५६ लाख ६६ हजार जगेडा कोष रहेको जनाइएको छ । आफ्नै भवनबाट सदस्यलाई सेवा प्रवाह गरेको संस्थामा ९ जना कर्मचारी रहेका छन भने संस्थाको ६८ करोड ३१ लाख १६ हजार कूल सम्पत्ति रहेको छ ।
२०५६ सालमा भुलाँचा भक्तपुरमा स्थापना भएको बाराही बचत तथा ऋण सहकारी संस्थाले २५ वसन्त पार गरेको छ । संस्था २५ औं बार्षिक साधाारण सभा तथा नवौं निर्वाचनको तयारीमा छ । संस्थाले २०७३ सालमा ‘ए वन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन सर्भिस एण्ड साउन्डनेस’ (एक्सेस) ब्राण्ड प्राप्त गरेको थियो । त्यसैगरी संस्थाले भक्तपुर नगर स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ लगायतका दर्जन पुरस्कार प्राप्त गरिसकेको छ ।
संस्थाले सदस्यलाई झोल सावुन, स्याम्पु, हात धुने झोल सावुन, कुलिन बनाउनेलगायतका तालिम नियमित रुपमा प्रदान गरिरहेको छ । त्यसैगरी पाक शिक्षा तालिम, मिठाइ बनाउने तालिम, बासुरी बाजा तालिमजस्ता फरक किसिमा कार्यक्रममा सदस्यलाई समेटेको छ ।
बाल बचतकर्ताको बनभोज कार्यक्रम, सहकारी शिक्षा तथा बित्तीय साक्षरता, रक्तदान, सम्मानलगायतका संस्थाका नियमित कर्म हुन् । आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको संस्थामा हाल ५ हजार ७ सय ६३ जना सदस्य रहेको संस्थाका ब्यवस्थापक शिवजी हाकुदुवालको भनाई छ ।
त्यसैगरी संस्थामा ७ करोड ८० लाख १ हजार ८०० रुपैंयाँ शेयर पूँजी रहेको छ भने ६ करोड ७८ लाख ११ हजार ५६४ रुपैंयाँ जगेडा कोष तथा २५ लाख ४३ हजार १६० रुपैंयाँ विभिन्न कोषमा रहेको छ । त्यसैगरी संस्थामा ७६ करोड ८८ लाख ७५ हजार ९०१ रुपैंयाँ बचत रहेको जनाइएको छ ।
संस्थाले २०८१ सल साउन ३२ गतेसम्म ३६५ सदस्य माझ ५२ करोड ७५ लाख १७ हजार ६५४ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा ५२ करोड ७५ लाख १७ हजार ६५४ रुपैंयाँको कूल सम्पति रहेको छ भने ३९ करोड ८७ लाख ६३ हजार १९५ रुपैंयाँ अर्थात ५१ प्रतिशत तरलता रहेको जनाइएको छ ।
भक्तपुरको मध्यपुर ठिमी शंखधर चोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले रजत बर्षको तयारी गरिरहेको छ । २०५७ सालमा स्थापना भएको संस्थाले २५ वसन्त पार गरिरहँदा संस्था आफ्नै भवनबाट सदस्यलाई थरीथरीका सेवा दिन सक्षम बनेको छ ।
संस्थाले रजत वर्षको अवसरमा वित्तीय साक्षरता कार्यक्रम, मन्दिर क्षेत्र सरसफाइ, बालबालिकालाई चित्रकला प्रतियोगिता, रक्तदान, बृद्धाआश्रम तथा मानव विद्या गृहलाई भौतिक सामाग्री सहयोगलगायत संस्थाले सामाजिक कार्यहरु नियमित गर्ने गरेको संस्थाका ब्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए ।
संस्थापक तथा पूर्व सञ्चालक सदस्य र कर्मचारीलाई सम्मान, छात्रवृति, विद्यार्थी सम्मानलगायत सदस्यलाई तालिम शिक्षा, सिप विकास तालिम निरन्तर गरिरहेको ब्यवस्थापक श्रेष्ठको भनाइ छ । उनका अनुसार संस्थाको २०८१ साल साउन मसान्तसम्म १३ करोड ७१ लाख ६५ हजार ४०० रुपैंयाँ शेयर पूँजी तथा १ अर्ब ७० करोड ५७ लाख ३७ हजार बचत रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ६ करोड ३३ लाख ७४ हजार ९६१ रुपैंयाँ तथा २ करोड ९ लाख ८४ हजार ९९० रुपैंयाँ विभिन्न कोषमा रहेको जनाइएको छ । संस्थाका ५ हजार ७२५ जना सदस्य रहेका छन् भने ६०९ जना ऋणी सदस्यहरुलाई १ अर्ब २७ करोड २६ लाख ९६ हजार १५३ रुपैंयाँ लगानीमा रहेको जनाइएको छ ।
६ करोड ४९ लाख २१ हजार रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाको कूल सम्पत्ति २ अर्ब ५ करोड ९४ लाख २० हजार ५२२ रुपैंयाँ रहेको छ । संस्थामा ६२ करोड ८० लाख ८० हजार अर्थात ३६.८२ प्रतिशत रलता रहेको छ । संस्थाले दालमोठ, मैनबत्ती, आलुचिप्स, अचार, मिठाई, कपडाको जुत्ता र कपडाको फूल बनाउनेलगायतको सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको छ । वृक्षरोपण, पाटीपौवा निर्माण, तथा सहयोग गर्दै आइरहेको छ ।
स्थानीय नित्य भजनमण्डल र अन्य भजन मण्डलीलाई विभिन्न वाद्य सामग्रीहरु वितरण, लोप हुनलागेको स्थानीय लायकू भैल (भैरव नाच) लाई निरन्तरता दिनका लागि संस्थाले अक्षयकोष सञ्चालन तथा शववाहन संचालनको लागि अक्षयकोष स्थापना गरेको छ। त्यसैगरी जिल्लाब्यापी विद्यालयस्तरीय नृत्य, चित्रकला, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता, फुटसल प्रतियोगिता जस्ता कार्य गरिरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ मा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था २०५३ सालमा स्थापना भएको हो । २९ जना अभियन्ताहरूद्वारा २०५३ माघ २९ गते स्थापना भएको संस्थामा अहिले ३ हजार ९५४ जना सदस्य रहेका छन् ।
काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा काठमाडौको जोरपाटीमा सेवाकेन्द्र समेत रहेको संस्थामा हाल १४ जना कर्मकारी कार्यरत छन् । आफ्नै भवनबाट सेवा दिइरहेको संस्थाले आधुनिक प्रविधिबाट सेवा प्रवाह गरिरहेको छ ।
सदस्यहरुलाई वित्तिय साक्षरता तालिम, रक्तदान, तिज विषेश, सदस्यलाई सम्मान, विद्यार्थीलाई छात्रवृति तथा सम्मान र जेष्ठ सदस्यलाई तिर्थाटनजस्ता कार्यक्रम नियमितरुपमा गर्दै आएको संस्थाका ब्यवस्थापक बलदेव पौडेलले बताए।
उनका अनुसार संस्थाको साउनमसान्त सम्मको विवरणमा शेयर पूँजी ४ करोड ३४ लाख ८६ हजार रुपैंयाँ तथा जगेडाकोषमा ३ करोड १३ लाख ८० हजार रुपैंयाँ र अन्य कोषमा २ करोड ५८ लाख २१ हजार रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाले ३४ करोड ६२ लाख ८३ हजार बचत संकलन गरी २८ करोड ३४ लाख ५८ हजार ऋण लगानीमा रहेको जनाइएको छ। संस्थामा ४६७ जना ऋणी सदस्य रहेका छन् भने ४५ करोड २ लाख ८२ हजार कूल सम्पति रहेको छ ।
संस्थामा ३५.५६ प्रतिशत तरलता रहेको छ । सदस्यहरुको आर्थिक र सामाजिकस्तर अभिबृद्धि गर्ने उद्देश्यबाट प्रेरित भई स्थापित यो संस्थाको काठमाण्डौ महानगरपालिका वडा नंबर ३१, शान्तिनगरमा मुख्य कार्यालय रहेको संस्था एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी छ।
भक्तपुरमा रहेको चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था २०५९ सालमा स्थापना भएको हो । संस्थाको सूर्यविनायक नगरपालीका भित्रका सम्पूर्ण वडाहरु कार्यक्षेत्र रहेका छन् । २२ वर्षको यात्रामा संस्थामा ५ हजार भन्दा बढी सदस्य आवद्ध छन् । संस्थाले नियमितरुपमा सदस्यहरुलाई औषधोपचार खर्च, मृतक राहत, सुत्केरी राहत लगायतका सुविधा दिइरहेको छ ।
त्यसैगरी संस्थाले रेमिट्यान्स सेवा पनि दिएको छ । महिला समुह बनाएर लघुवित्त मोडलमा सदस्यलाई वित्तिय सेवा प्रदान गरिरहेको संस्थाले आधारभूत सहकारी शिक्षा, वित्तिय साक्षरता शिक्षा प्रदान गर्ने गरेको संस्थाका ब्यवस्थापक सुदर्शन चौलागाई बताउँछन् ।
हरेक वर्ष संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यलाई लाभ प्रदान गरिरहेको संस्थाले भक्तपुरको बिरुवामा संस्थाको आफ्नै भवनबाट सदस्यलाई सेवा प्रदान गरिरहेको छ । संस्थाले २०७० सालमा डिभिजन सहकारी कार्यालय, भक्तपुरबाट जिल्ला भरिको उत्कृष्ट सहकारी संस्था, त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघबाट जिल्लाको “उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८०” प्राप्त गरेको छ ।
मन्दिर सरसफाई कार्यक्रम, संचालक तथा कर्मचारीको क्षमता अभिबृद्धि तालिम, अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता, लघुवित्त समूह व्यवस्थापन तालिम, स्वास्थ्य शिविर, सदस्य सम्मान, जेष्ठ सदस्य तिर्थ भ्रमणलगायतका कार्य संस्थाले निरन्तर गरिरहेको छ ।
संस्थाको पछिल्लो विवरण अनुसार संस्थाको शेयर पूँजी ६ करोड ४२ लाख ६ हजार रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको ६९ करोड ७५ लाख ८६ हजार बचत तथा ६९ करोड ७४ लाख ४७ हजार ऋण लगानीमा रहेको छ । संस्थाको जगेडा कोषमा ७ करोड ९४ लाख ९९ हजार र अन्य कोषमा ६ करोड ३१ लाख ८० हजार रहेको छ । १ हजार १४८ सदस्यलाई लगानी गरेको संस्थाको कूल सम्पति ९२ करोड ६९ लाख ३५ हजार रहेको जनाइएको छ ।
काठमाडौंको चन्द्रागिरिमा २३ वर्ष अघि २०५७ सालमा स्थापना भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था काठमाडौं, ललितपुर र धादिङ जिल्लाको धुनिबेसि नगरपालिकालाई कार्यक्षेत्र बनाई सेवा प्रवाह गरिरहेको छ ।
विभिन्न स्थानमा तीन वटा सेवा केन्द्र रहेको सहकारीले १५ वटा बचत उत्पादन, १९ वटा ऋण उत्पादन, ७ वटा सामाजिक सुरक्षा प्याकेज, ४ वटा अन्य सेवा र ५ वटा डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले ०६७ तथा ०७२ सालमा उत्कृष्ट संस्था सम्मान पाएको छ । त्यसैगरी राष्ट्रिय सहकारी महासंघबाट २०७६ सालमा उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्राप्त गरेको छ भने सहकारी बैंक, नेफ्स्कून तथा कास्कूनबाट सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ ।
संस्थाले सदस्यलाई काजक्रिया राहत, स्वस्थ्य उपचार राहत, घातक रोग उपचार राहत, सुरक्षित मातृत्व खर्च, सदस्यलाई निशुल्क एम्बुलेन्स तथा शव बहान सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी संस्थाले आकस्मिक सापटी सुविधा, तिर्थाटन, छात्रवृति र विभिन्न परामर्श तालिम प्रदान गरिरहेको छ । त्यसैगरी सहकारीले रक्तदान कार्यक्रम, कोभिड प्रभावित ऋणीहरूलाई ऋणको ब्याजमा छुटलगायत सेवा दिएको छ ।
आफ्नै भवनबाट सेवा प्रदान गरिरहेको संस्थाले एटिएम सेवासमेत संचालन गरेको छ । कक्षा १० सम्मको विद्यार्थीलाई छात्रवृति प्रदान तथा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनकोलागि छात्रवृति कार्यक्रम संचालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ बताउँछन् ।
उनले ०८१ साउन मसान्तसम्म २१ करोड १६ लाख ६ हजार ४०० रुपैंयाँ शेयर पूँजी रहेको जनाए । त्यसैगरी संस्थामा २ अर्ब ९३ करोड ८९ लाख ८२ हजार बचत संकलन र २ अर्ब २३ करोड २९ लाख २ हजार रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।
संस्थाको जगेडा कोषमा ८ करोड ७८ लाख ८० हजार तथा अन्य कोषमा ४ करोड ११ लाख ६ हजार रुपैंयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थामा २० हजार ८९३ जना सदस्य रहेका छन् भने २ हजार ३५७ जना ऋणी सदस्य रहेका छने । संस्थामा कूल सम्पति ३ अर्ब ५८ करोड १६ लाख ६८ हजार रहेको छ ।
सामुहिक रुपमा समुहमार्फत २०५१ सालदेखि बचत संकलन गरी रकमको सुरक्षा र बैधानिकताकाालागि २०५५ असोज २३ गते भक्तपुरमा स्थापना भएको संस्था हो सामुहिक बचत तथा ऋण सहकारी संस्था । संस्थाले रजत वर्ष सम्म आइपुग्दा जिल्लाकै उत्कृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भइसकेको छ ।
संस्था एक्सेस ब्राण्डिङ् कार्यक्रममा पनि सहभागी भईरहेको छ । बोलाँछे भक्तपुरमा आफ्नै भवनबाट सेवा दिइरहेको संस्थामा ६ हजार ७४० जना सदस्य रहेका छन् । जिल्लाभर कार्यक्षेत्र रहेको सस्थाले कर्मचारी तथा संचालकहरुलाई तालिम तथा शिक्षा प्रदान गर्ने, नियमित रुपमा संरक्षित पूँजी फिर्ता कोष बितरण गर्ने गरेको छ ।
त्यसैगरी संस्थाले सदस्यहरुलाई सम्मान गर्ने, उपहार तथा राहत बितरण गर्ने, विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री बितरण गर्ने गरेको छ । त्यसैगरी संस्थाले महिला स्वास्थ्य शिविर संचालन गर्ने, सिपमूलक तालिम संचालन गर्ने गरेको छ ।
संस्थाले एसइई तथा दुईजोड दशमा उत्कृष्ठ अंक ल्याउने सदस्यका छोरा छोरीलाई सम्मान, जेष्ठ सदस्य सम्मानलगायत सदस्यको जन्मदेखि मृत्युसम्मका कर्ममा सहयोग गर्ने संस्कार रहेको संस्थाका ब्यवस्थापक रविन्द्र घिमिरे बताउँछन् ।
उनले २०८१ साल साउन मसान्तसम्म शेयर पूँजी ६ करोड ४४ लाख ३२ हजार ७ सय रुपैंयाँ, बचत ५४ करोड ४० लाख १५ र ऋण लगानीमा ४७ करोड ५३ लाख ८१ हजार रहेको जनाए । त्यसैगरी संस्थाको जगेडा कोषमा ५ करोड ११ लाख ७१ हजार तथा कूल सम्पति ६९ करोड ८१ लाख ९ हजार रहेको छ भने ५८८ जना ऋणी सदस्य रहेका छन् । संस्थाको आफ्नै भवनबाट मोबाइल सेवा तथा रेमिटेन्स सेवा प्रदान गरिरहेको संस्थाका दुईवटा सेवाकेन्द्र पनि रहेका छन् ।
भक्तपुरमा २०५१ सालमा ३१ जना सदस्यबाट स्थापना भएको शिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था ३० औं बार्षिक साधारण सभाको तयारीमा छ । स्थापना समयमा ३१ सय रुपैंयाँ बचतबाट संस्थाको कारोबार सुरु भएको थियो । संस्थाले अहिले पूर्णतः प्रविधिमैत्री सेवालाई प्राथमिकता साथ अगाडि बढाइरहेको छ । चोर्चा भक्तपुरमा संस्थाको आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको संस्थामा झण्डै २० हजार सदस्य रहेका छन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भइसकेको संस्थाले एक्सेस ब्राण्ड पनि प्राप्त गरेको थियो । सदस्यको नियमित बचत पहिलो शर्त भएको संस्थाले सदस्य संग नियमित अन्तक्र्रिया, रक्तदान, स्वास्थ्य शिविर, क्षमता अभिवृद्धि तालिम जस्ता कार्य गर्दैआएको छ। त्यसैगरी संस्थाले जेष्ठ सदस्य सम्मान, अध्ययन भ्रमण, रसायनिक मल बिक्री, रोजगारमूलक, सिपमूलक तालिम, लघुवित्त समुह निर्माण र परिचालन गर्दैआएको छ ।
त्यसैगरी शिक्षा, खेलकुद र स्वाथ्यमा राहत र सहयोग गर्दैआएको संस्थाले यूवा ब्यक्तित्व विकास, विद्यार्थी सम्मान तथा सदस्य सुत्केरी स्याहार खर्च प्रदान गर्ने गरेको संस्थाकी ब्यवस्थापक शिला गोसाई बताउँछिन् ।
उनका अनुसार संस्थामा २६ करोड ९७ लाख ६० हजार ९०० रुपैंयाँ शेयर पूँजी, २ अर्ब ४५ करोड ५ लाख ७२ हजार बचत रहेको छ । संस्थाले १ अर्ब ७२ करोड २० लाख ४५ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थाको ३ अर्ब १४ करोड ६८ लाख ७१ हजार कूल सम्पति रहेको जनाइएको छ ।
भक्तपुरमा २०५७ साल जेष्ठ २४ गते ७५ जना सदस्यहरुको ७ लाख ५० हजार बचतबाट सुरु भएको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रजत वर्ष मनाएको छ । संस्था विभिन्न संघ संस्था तथा सरकारी निकायहरुबाट पुरस्कृत र सम्मानित समेत भइसकेको छ । संस्थाले नेफस्कून, राष्ट्रिय सहकारी बैंकबाट सम्मान पाएको छ भने २०७४ सालमा एसियाली ऋण महासंघबाट सिल्भर र एक्सेस ब्राण्ड प्राप्त गरेको छ।
संस्था सुर्यविनायकमा आफ्नै भवनमा मुख्य कार्यालय संचालन गरी सदस्यलाई सेवा दिइरहेको छ । २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाले कर्मचारी क्षमता अभिवृद्धि तालिम, कौशी खेती तालिम, बधाई तथा सम्मान कार्यक्रम, घरेलु आगलागी नियन्त्रण अभ्यास, समूह बचत अभिमुखीकरण कार्यक्रम, निःशुल्क पाठेघर जाँच शिविर, मासिक नियमित शिक्षा शिविरजस्ता कार्यक्रम गर्दैआएको छ ।
त्यसैगरी संस्थाले समाचार तथा प्रतिवेदन लेखन तालिम, पुष्टकारी र सुत्केरी मसला गुँदपाक बनाउने तालिम प्रदान गर्नेगरेको छ । त्यसैगरी सदस्यलाई बधाई तथा सम्मान कार्यक्रम, नेतृत्व विकास तथा लेखा तालिम, जुस तथा खानेपानी वितरण कार्यक्रम पनि संस्थाका सामाजिक कर्म हुन् ।
यसैगरी निः शुल्क आँखा जाँच शिविर, वृक्षारोपण कार्यक्रम तथा डस्टविन वितरण कार्यक्रम, जेष्ठ सदस्य तिर्थ भ्रमण, रक्तदान तथा सुगर परीक्षण कार्यक्रम साथै बाल बचतकर्ता भ्रमण, महिला स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम, असल ऋणी सम्मान कार्यक्रम र कृषक सदस्यहरुको लागि सहज कृषि मल बिक्री वितरण गर्नेगरेको छ ।
संस्थाको २०८१ साउन मसान्तसम्म शेयर पूंजी १० करोड ८७ लाख १५ हजार ९०० रुपैंयाँ रहेको छ भने बचत १ अर्ब १६ करोड ८५ लाख ८९ हजार रहेको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १५ करोड ८७ लाख १७ हजार रुपैंयाँ तथा अन्य कोषहरुमा २ करोड ९४ लाख ६३ हजार रहेको जनाइएको छ ।
संस्थामा ९ हजार ३६० सदस्य रहेका छन् भने १ हजार १८ बाल बचतकर्ता तथा ६४२ जना ऋणी सदस्य रहेका छन् । संस्थाले ९७ करोड २१ लाख १५ हजार ऋण लगानीमा रहेको जनाएको छ । त्यसैगरी संस्थाको १ अर्ब ५८ करोड ९४ लाख ५५ हजार कूल सम्पति रहेको जनाइएको छ ।
Leave a comment