हाइलाइट

सहकारी क्षेत्र बाँसको पिल्लर जस्तो : सूर्यबहादुर थापा

सहकारीमा ‘फेकै फेक’

सहकारी क्षेत्र बाँसको पिल्लर जस्तो : सूर्यबहादुर थापा :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग छानबिन विषेश समितिका सभापति सूर्यबहादुर थापाले सहकारी बाँसको पिल्लर रहेको बताएका छन् । सभापति थापाले सोमबार प्रतिनिधि सभामा समितिले तयार गरेको प्रतिवेदन पेश गर्दै सहकारी तीनवटा पिल्लर मध्ये कमजोर पिल्लर भएको बताएका हुन्।

उनले सहकारी क्षेत्र अर्थतन्त्रको एउटा महत्वपूर्ण पिल्लरका रुपमा रहेको भनिएपनि सहकारी बाँसको कमजोर पिल्लरका रुपमा रहेको बताए । नीजि क्षेत्र फलामको पिल्लरका रुपमा रहेको र सार्वजनिक क्षेत्र काठको पिल्लरका रुपमा रहेको उनको भनाइ छ । यो क्षेत्र धर्मरायको भएपनि प्रचुर सम्भावना भएको क्षेत्र रहेको बताए ।

उनले सहकारी क्षेत्र सुधार मार्फत पुनर्उथान गर्न जरुरी रहेको पनि बताए । उनले सन्तुलित नियमनको मार्गमा अघि बढ्नुको विकल्प नरहेको बताए । उनले सहकारी क्षेत्रले नक्कली कामको बिगबिगी खेपिरहेको बताए। उनले सहकारीको कारोबार गर्न बिबाह फेक, डिभोर्स फेक, अंशवण्डा फेक, पूनः बिबाह पनि फेक, साधारण सभा फेक, प्रतिवेदन फेक प्रस्तुत हुने गरेको बताए ।

त्यसैगरी शेयर सदस्य र ऋणी सदस्य पनि फेक बनाइने गरेको पाइएको बताए । खाता देखि लेखापरिक्षण सम्म फेक बनाइने गरेको पाएको बताए । सभापति थापाले बचन र कार्यप्रणाली फेक र सहकारी नभएर कानुन बिपरित, इमान बिपरित काम भइरहेको बताए ।

उनले समितिमा सात सदस्यीय छानबिन समिति गठन भएको र जेठ २३ गतेबाट काम थालेको जानकारी दिए । समग्र सहकारी क्षेत्रका समस्या केलाएर सुझाव तयार गरेको र यस बिचमा ५६ वटा बैठक बसेको जनाए। उनले ४५१ जना विभिन्न व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको जानकारी दिए ।

उनले १४ वटा बैठकमा सहकारीको बचत अपचलनको आरोप लागेका ४७ जना सहकारीका संचालकहरु, गोर्खा मिडिया नेटवर्कक संचालक तथा कर्मचारी ३ जना र नियमन निकायका ५ जना गरी ५५ जनासँग सोधपुछ गरेको जानकारी दिए । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनले बताए । समितिले कार्यदेशमा उल्लेखित सहित ४० वटा सहकारीको वित्तीय विष्लेषण गरेको जनाए ।

बचत तथा ऋण सहकारीमा सबैभन्दा बढी समस्या देखिएको सभापति थापाले बैठकमा जानकारी दिए । सहकारीमा बचतकर्ताको रकम लगानी गरी खरिद गरिएका सम्पति धितो राखि ऋण लिएकोमा बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो धितोलाई ऋण मूल्य मै लिलाम गरी सकार गर्ने प्रवृति देखिएकोले बचतकर्तालाई अन्याय भएको बताए ।

२२ वटा समस्याग्रस्त सहकारी र सार्वजनिकरुपमा प्रश्न उठेका १८ वटा संस्था गरि जम्मा ४० वटा सहकारीको ७१ अर्ब ३० करोड सहित जम्मा ८७ अर्ब ८९ करोडको दायित्व रहेको भएपनि उक्त सहकारीहरुमा ५३ अर्ब ७८ करोड ऋण सहित जम्मा सम्पति ८२ अर्ब ३२ करोड मात्र रहेको बताए ।

यसले उक्त ऋण उठ्नुपर्ने ब्याज अन्यन्त्र सारिएको लगानी र गैर बैंकिङ सम्पति उठ्ने आधार भने कमजोर देखिएको बताए । उनले सहकारीको नियमन सम्वन्धि १४ वटा बुँदा, बचतकर्ताको बचत सुरक्षा संग सम्वन्धित ६ वटा बुँदा, कार्यदेश संग सम्वन्धि संस्थाहरुको ब्यवस्थापन गर्न ४ वटा बुँदा, सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था र सहकारी बाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको बारेमा समितले ८ वटा बुँदामा सुझाव पेश गरेको जनाए ।

उनले गाोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको करिब ८५ करोड रुपैंयाँ सहकारीबाट प्रवाह भएको र त्यो सबै रकम सहकारीबाट मात्र प्रवाह भएको बताए । सभापति थापाले समितिले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित रहेर प्रतिवेदन बनाइएको जनाए । सभापति थापाले बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको बताए ।



Leave a comment