हाइलाइट

गणपुरक संख्या पुर्याएरमात्र सहकारीको साधारण सभा गर्न महानगरपालिकाको निर्देशन

गणपुरक संख्या पुर्याएरमात्र सहकारीको साधारण सभा गर्न महानगरपालिकाको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुलाई गणपुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना प्रकाशन गरी सहकारीका जम्मा सदस्यको ५१ प्रतिशत उपस्थिति गराएर मात्र साधारण सभा गर्न भनेको हो ।

महानगरपालिकाले संस्थाको बार्षिक साधारण सभा पौष मसान्तभित्रै सम्पन्न गरी उक्त सभाबाट पारित प्रतिवेदन साधारण सभा सम्पन्न भएको मितिले १५ दिन भित्र महानगरपालिकाको सहकारी विभागमा बुझाउन अनुरोध गरेको छ ।

यसैगरी, महानगरले साधारण सभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारण सभा (कार्य व्यवस्था) निर्देशिका २०७६ को पूर्ण पालना गरी सम्पन्न गर्न आग्रह गरेको छ । महानगरले सहकारी ऐन २०७४ को दफा ३९(२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम गर्न निर्देशन गरेको हो ।



Leave a comment