काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सहकारी छानबिन विशेष समितिको सुझाव कार्यान्वयन गर्ने बताएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीको मर्म अनुसार र नियमसङ्गत चलाएका सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका हुन् ।
समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्, उनले भने ‘समितिले सरकारलाई निर्देश गरोस, त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।’ प्रधामन्त्री ओलीले सहकारीमा गैह्र सहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए ।
अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट बताए ।
प्रधानमन्त्री ओलीले सरकार अनियमितता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गरे । उनले भने, विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो, स–सानो पूँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलाप हरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन् ।
Leave a comment