काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङले आफू सहकारीको रकम अपचलनमा नजोडिएको बताएका छन् । उनले प्रेस विज्ञप्ती जारी गरी सहकारीको रकम ठगी वा अपचलन नगरेको बताएका हुन् ।
उनले आरोप लागेको ललितपुरको मितेरी बचत तथा ऋण सहकारीमा आफ्नो श्रीमती कर्मचारीका रुपमा रहेको र उनको हर हिसाव आफूलाई थाहा नभएको बताएका छन् । विज्ञप्तीमा पूर्व मन्त्री गुरुङले श्रीमती संग २०७६ साल फागुन २९ गते नै सम्वन्ध विच्छेद गरिसकेको बताएका छन् ।
उनले सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन भएको सुन्न आएकोले जो कोहीले पनि बचतकर्ताको रकम ठगी वा अपचलन गरेको भएता पनि उक्त सहकारीको सम्वन्धमा सत्य तथ्य अनुसन्धानकालागि छानबिनको माग गरेका छन् ।
Leave a comment