काठमाडौं । संघिय सहकारी विभागले सबै सहकारी संघसंस्थालाई स्वेतपत्र सार्वजनिक गर्न निर्देशन जारी गरेको छ । सहकारी विभागले गत भदौ ९ गते सबै सदस्यहरु समक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट स्वेतपत्र सार्वजनिक गर्न निर्देशन गरेको हो ।
विभागले निर्देशनमा भनेको छ, ‘सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानार्थ गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझाव समेतका आधारमा विगत वर्षदेखि नै सहकारी संघसस्थाहरुले स्वेत पत्र जारी गर्ने गरेको व्यहोरा विदितै छ ।’
त्यसैगरी विभागले सदस्यहरुको विश्वास र पारदर्शिताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने हुनाले सबै सहकारी संघसस्थाहरुले अनिवार्य रूपमा विभागको ढाँचा बमोजिम स्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु समक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुहुन र नियामक निकायले माग गरेको बखत उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन जारी गरिएको बताएको छ ।
स्वेतपत्रको ढाँचा:
Leave a comment