काठमाडौं । मूलुक संघिय संरचनामा गएसंगै स्थानीय, प्रदेश र केन्द्रगरी तीन तहको संरचना निर्माण भएको छ । तीन तहको संरचनाको निर्माण भएसंगै जिल्लागत संरचनाहरु प्रति प्रश्न उठ्नेगरेको छ । स्थानीय, प्रदेश र संघको संरचनाको अभ्याससंगै जिल्लामा स्थापना भएका संघहरुको अस्तित्व रहने की नरहने भन्ने बहस पनि हुन थालेको छ ।
बर्तमान अवस्थामा सहकारीमा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रगरी चार तहको संरचनाले काम गरिरहेको पाइन्छ । जिल्लाका सहकारीलाई समेटेर उनीहरुसंग बित्तिय करोबारका साथै अन्य गतिविधि गरेको जिल्ला बचत तथा ऋण सहकारी संघहरु अस्तित्वको लडाई लडिरहेका छन् ।
पछिल्लो समय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले टु टियर सिष्टमको लविङ पनि गर्दै आएको छ । अधिकांश प्रदेशमा प्रदेशस्तरीय संघहरुपनि स्थापना भइसकेका छन् । त्यस्तै बागमति प्रदेशका १३ वटा जिल्लामा जिल्ला बचत संघहरु छन् भने बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) स्थापना भइ सकृयरुपमा गतिविधि गरिरहेको छ ।
बागमती प्रोस्कूनले तयार गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशका जिल्ला बचत संघहरुमा १० अर्ब ६० करोड ८५ लाख ३९ हजार ६३० रुपैंयाँ सम्पति रहेको जनाइएको छ । त्यसैगरी बागमती प्रोस्कूनमा ३ अर्ब ६८ करोड २ लाख २६ हजार ९४५ रुपैंयाँ सम्पति रहेको छ भने जिल्ला र बागमती प्रोस्कूनमा गरी १४ अर्व २८ करोड ८७ लाख ६६ हजार ५७५ रुपैंयाँ सम्पति रहेको बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले जनाए ।
सबै भन्दा धेरै भक्तपुर जिल्ला बचत संघमा ३ अर्ब ५२ करोड ५६ लाख सम्पत्ति रहेको छ भने सबै भदा कम सिन्धुपाल्चोक बचत संघमा ९ लाख २५ हजार सम्पति रहेको छ । त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला बचत संघमा १ अर्ब ५४ करोड ९० लाख, ललितपुर जिल्ला बचत संघमा १ अर्ब ५४ करोड ३ लाख र काठमाडौ जिल्ला बचत संघमा १ अर्ब ४१ करोड ६ लाख सम्पति रहेको छ ।
मकवानपुर जिल्ला बचत संघमा १ अर्ब ४० करोड ७२ लाख, चितवन जिल्ला बचत संघमा ४५ करोड २७ लाख तथा दोलखा जिल्ला बचत संघमा ४० करोड ८१ लाख सम्पति रहेको छ । त्यसैगरी धादिङ बचत संघमा २४ करोड २९ लाख, रामेछापमा ४ करोड ३१ लाख, सिन्धुलिमा २ करोड ३२ लाख, नुवाकोटमा ३४ लाख र रसुवाको १४ लाख सम्पति रहेको छ ।
त्यसैगरी बागमती प्रदेशका १३ वटा जिल्लाका बचत संघहरु तथा बागमती प्रोस्कूनमा शेयर पूँजी ४७ करोड ४९ लाख ६७ हजार ५ सय रुपैंयाँ रहेको छ । यस्तै बागमती प्रोस्कून सहित प्रदेशका जिल्ला बचत संघमा १२ अर्ब ९५ करोड ७४ लाख ९९ हजार ११८ रुपैंयाँ बचत तथा ३१ करोड ५५ लाख ९५ हजार १७८ रुपैंयाँ ऋण लगानी रहेको छ ।
त्यसैगरी ३ हजार २०३ संघ संस्था सदस्य रहेको संघहरुमा ७५ जना कर्मचारी रहेको जनाइएको छ । सवैभन्द धेरै काठमाडौं जिल्ला बचत संघमा ८६६ सदस्य रहेका छन् भने सवै भन्दा कम रसुवा जिल्ला बचत संघमा १२ वटा सदस्य रहेका छन् । बागमती प्रोस्कूनमा ४८७ सदस्य रहेका छन् ।
त्यसैगरी भक्तपुरमा २०४ तथा ललितपुरमा ४८१, काभ्रेपलाञ्चोकमा २३९, चितवनमा २०६, मकवानपुरमा १३५ संस्था संघमा सदस्य रहेका छन् । रामेछापमा १७३, दोलखामा १५९, सिन्धुपाल्चोकमा ७८, धादिङमा ६७, सिन्धुलीमा ७७ र नुवाकोटमा १९ सदस्य जिल्ला संघमा आवद्ध रहेको जनाइएको छ ।
त्यसैगरी सवैभन्दा धेरै शेयर पूँजी काभ्रेपलाञ्चोक जिल्ला बचत संघको ८ करोड ५६ लाख ८८ हजार रहेको छ भने भक्तपुर जिल्ला बचत संघको ७ करोड ७१ लाख ३४ हजार रहेको छ । त्यसैगरी ललितपुर जिल्ला बचत संघको शेयर पूँजी ७ करोड २६ लाख ४७ हजार रहेको छ भने काठमाडौं जिल्ला बचत संघको शेयर पूँजी ६ करोड ७५ लाख २३ हजार रहेको छ ।
मकवानपुर जिल्ला बचत संघको ४ करोड ७६ लाख ८५ हजार शेयर पूँजी रहेको छ भने चितवन जिल्ला बचत संघमा २ करोड ३३ लाख १६ हजार र दोलखा बचत संघमा १ करोड ३७ लख ५३ हजार रुपैंयाँ रहेको छ ।
त्यसैगरी धादिङ जिल्ला बचत संघमा ८० लाख ४७ हजार, रामेछापमा ८ लाख ८३ हजार, सिन्धुलिमा १२ लाख ६० हजार नुवनकोटमा १५ लाख ५५ हजार, सिन्धुपाल्ञ्चोकमा ४ लाख ६४ हजार र रसुवा जिल्ला बचत संघमा १ लाख २० हजार शेयर पूँजी रहेको छ ।
बागमती प्रदेशका बचत संघहरुको अवस्थाः
Leave a comment