बागमती प्रोस्कूनले जिल्ला बचत संघहरुलाई पनि स्तरीकरण कार्यक्रममा आवद्ध गराउने

बागमती प्रोस्कूनले जिल्ला बचत संघहरुलाई पनि स्तरीकरण कार्यक्रममा आवद्ध गराउने :: Sahakari Akhabar

काठमाडौ । बागमती प्रोस्कूनले बागमति प्रदेशका जिल्ला बचत संघहरु संग स्तरीकरण (कोशिस) कार्यक्रमको छलफल गरेको छ । संघले कोशिस कार्यक्रम अन्तर्गतको जिल्ला बचत तथा ऋण सहकारी संघ समूहको प्रारम्भिक कार्यशाला सम्पन्न गरेको हो । संघहरुलाई समेत स्तरीकरण कार्यक्रममा समावेश गराएर सुशासनको अभ्यास गराउने बागमती प्रोस्कूनको नयाँ र पहिलो थालनी गरेको हो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनमा जिल्ला बचत तथा ऋण सहकारी संघहरुको ‘प्रारम्भिक सार्थक एवं नविनतम व्यवस्थापन’ कार्यशाला गोष्ठी भएको हो । बागमती प्रोस्कूनले सुशासन र दिगोपनाका लागि बागमती प्रदेश सरकारसंगको सहकार्यमा सञ्चालित स्तरीकरण कोशिस कार्यक्रमको प्रारम्भिक चरणको गोष्ठी काठमाडौंमा गरेको हो ।

कार्यक्रम बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता तथा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति, प्रतिनिधि सभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि थापाले सहकारी ऐन कानुन विपरित वाटो विराएर कार्य गर्दा सहकारीको विश्वसनियता गुमेको कारण ऐन कानुनलाई अक्षरस पालना गर्दै सुशासनमा चल्नुपर्ने त्यसका लागि स्तरिकरण कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गरे । त्यसैगरी बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी महासंघका संचालक सुमन नेपाल,कास्कूनका अध्यक्ष दिपक पनेरुले समेत मन्तब्य राखेका थिए ।

बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघमध्ये १२ वटा जिल्ला बचत संघका अध्यक्ष, पदाधिकारी, संचालक समति तथा व्यवस्थापन समूह सहित ५५ जनाको उपस्थिति रहेको कार्यशालामा कार्यक्रमको संचालन बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले गरेका थिए ।

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले प्रस्तुतिकरण मार्फत कार्यक्रमको आवश्यकता र महत्वका बारेमा जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत दाहालले १३ वटै जिल्ला बचत संघहरुको अवस्था समेत प्रस्तुत गरेका थिए । सो कार्यक्रमकै बीच बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम  कोशिसमा आवद्धताको लागि जिल्ला संघहरूसँग  सम्झौता समेत भएको छ।

बागमती प्रदेशमा सञ्जालिकृत सहकारीमा आवद्ध सदस्यहरुको हित संरक्षण, व्यवसाय प्रवर्धन तथा सुदृढिकरण मार्फत सदस्यहरुको सम्वृद्धिका लागि  राज्यका सबै नियामकहरुमा संघहरुका साझा धारणा सहितको प्रभावकारी बहस पैरवीका लागि सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्य निर्बिकल्प साधन भएको सहभागीहरुको भनाइ थियो ।

आफ्नो दायित्व र भूमिकाबाट पछि नहट्ने हट्न नपाउने गरी बचत तथा ऋण सहकारीहरुको साझा सञ्जाल ढाँचा र कार्यप्रकृया २०८० को अवधारणा अनुरुप सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत ‘कोशिस कार्यक्रम’ मार्फत शुभारम्भ भएको जनाए ।



Leave a comment