हाइलाइट

यस्ता छन् वर्ष ८१ का नेफ्स्कूनले घोषणा गरेका उत्कृष्ट साकोस

यस्ता छन् वर्ष ८१ का नेफ्स्कूनले घोषणा गरेका उत्कृष्ट साकोस :: Sahakari Akhabar

काठमाडौं । कोभिड–१९ महामारीको असर त्यसपछिको रुस युक्रेन युद्ध र आर्थिक मन्दीका कारण समग्र आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै तरलता अभावले सहकारी संस्थाहरु पनि प्रभावित भएका छन् । केही संस्थाहरुले बचत फिर्ता समेत गर्न नसकी समस्याउन्मुख भइरहेका बेला सिंगो सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ । यहि बेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले संघको ३७ औं स्थापना दिवसको अवसर पारेर उत्कृष्ट साकोसहरु घोषणा गरेको छ ।

संघले देशै भरिबाट एउटा संघ र संस्था तथा सातै प्रदेशका साकोस मध्येबाट एक एकवटा संस्थागरी कूल आठ संस्था तथा एक संघलाई वर्ष ०८१को उत्कृष्ट संघसंस्था घोषणा गरेको छ । उत्कृष्ट घोषित संघसंस्थालाई संघको आगामी साधारणसभामा पुरस्कृत गरिने संघले जनाएको छ ।

नेफ्स्कून सर्वोकृष्ट साकोस

सुनवल १ नवलपरासीमा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्था नेफ्स्कून सर्वोकृष्ट साकोस घोषणा भएको छ । २०५७ सालमा स्थापना भएको संस्थामा हाल ३ हजार ३८६ जना सदस्य रहेका छन् । प्रोवेसन ब्राण्ड प्राप्त गरिसकेको उक्त संस्था एसियाली ऋण महासंघको एक्सेस कार्यक्रममा समेत सहभागी रहेको छ ।

सुनवल नगरपालिकाका १३ वटा वडा कार्यक्षेत्र रहेको संस्थामा ६ जना कर्मचारी रहेका छन् भने ८८५ जना सदस्यमा ऋण लगानी गरेको छ । संस्थाको ४ करोड ४९ लाख ९७ हजार रुपैंयाँ शेयर पूँजी तथा २ करोड ४४ लाख ५९ हजार रुपैंयाँ जगेडा कोष २ करोड ८१ लाख ५२ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ ।

त्यसैगरी संस्थामा ३९ करोड ९१ लाख ८८ हजार रुपैंयाँ बचत संकलन तथा ३७ करोड ७४ लाख ७६ हजार रुपैंयाँ ऋण लगानीमा रहेको छ । संस्थाको संस्थागत पूँजी २ करोड ६८ लाख ७९ हजार तथा ५० करोड ६५ लाख कूल सम्पति रहेको छ । संस्थामा साउन मसान्तसम्म ११ करोड २३ लाख ८५ हजार अर्थात २७.०४ प्रतिशत तरलता रहेको छ ।

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस

कोशी प्रदेशको मोरङको पथरीमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था नेफ्स्कून कोशी प्रदेशस्तरीय उत्कृष्ट साकोस घोषणा भएको हो । २०५४ सालमा स्थापना भएको संस्था एसियाली ऋण महासंघको एक्सेस  कार्यक्रमबाट एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो ।

जिल्लाको ५ वटा पालिका पथरी, शनिश्चरे, उर्लावारी, लेटाङ नगरपालिका कानेपोखरी र मिकलाजुङ गाउपालिकामा कार्यक्षेत्र रहेको संस्थाका ७ वटा सेवाकेन्द्र र संकलन केन्द्र तथा २० जना कर्मचारी कार्यरत रहेका छन् । साउन मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा ८ हजार ४४ जना सदस्य रहेका छन् भने १ हजार ६०१ जना ऋणी सदस्य छन् ।

संस्थाको ५ करोड ९३ लाख ८२ हजार शेयर पूँजी तथा ५ करोड ८९ लाख ५५ हजार जगेडा कोष, २ करोड ३२ लाख २९ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ । त्यसैगरी संस्थामा ४६ करोड १५ लाख ४४ हजार बचत संकलन तथा ४६ करोड ५४ लाख १५ हजार ऋण लगानीमा रहेको छ । संस्थाको संस्थागत पूँजी ६ करोड ८ लाख ९९ हजार तथा ६० करोड ९७ लाख ६४ हजार कूल सम्पति रहेको छ । संस्थामा साउन मसान्तसम्म ८ करोड ३४ लाख ३९ हजार अर्थात १८ प्रतिशत तरलता रहेको छ ।

त्यस्तै मधेश प्रदेशको महोत्तरीको बर्दिबासमा रहेको बर्दीबास बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएको हो । २०६७ सालमा स्थापना भएको संस्था संघको प्रोवेसन कार्यक्रममा सहभागी रहेको छ । दुई वटा सेवाकेन्द्र समेत रहेको सस्थामा ३ हजार ५४७ जना सदस्य रहेका छन् ।

संस्थाले ६१६ जना ऋणी सदस्य माझ १७ करोड ५० हजार ऋण लगानी गरेको छ । त्यसैगरी संस्थामा २ करोड ३९ लाख ६५ हजार शेयर पूँजी तथा १ करोड ४९ लाख ९२ हजार जगेडा कोष रहेको छ । संस्थामा १ करोड ४ लाख ८१ हजार रुपैंयाँ विभिन्न कोषमा रहेको छ ।

त्यस्तै संस्थामा १४ करोड ८६ लाख ९६ हजार बचत रहेको छ भने २१ करोड ३४ लाख ६ हजार कूल सम्पति रहेको छ । १ करोड ५१ लाख ६ हजार संस्थागत पूँजी रहेको संस्थामा २ करोड २७ लाख ८५ हजार रुपैंयाँ अर्थात साउन मसान्त सम्म १५.३२ प्रतिशत तरलता रहेको छ ।

त्यसैगरी हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेश स्तरीय उकृष्ट साकोस घोषणा भएको छ । भरतपुर चितवनमा २०५० सालमा स्थापना भएको उक्त संस्था संघको पूर्ण तथा ब्यवसायीक साकोस विकास (प्रोवेसन) कार्यक्रममा आवद्ध रहिआएको छ।

संस्थामा २ हजार ९ जना सदस्य रहेका छन् भने ६६१ जना सदस्यलाई ऋण प्रवाह गरेको छ । संस्थाको ३ करोड ४३ लाख ५९ हजार रुपैंयाँ शेयर पूँजी तथा १ करोड ५६ लाख ७१ हजार जगेडा कोष ३ लाख ८७ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ ।

त्यसैगरी संस्थामा २० करोड ७० लाख ५४ हजार बचत संकलन तथा १८ करोड २६ लाख ९० हजार ऋण लगानीमा रहेको छ । संस्थाको संस्थागत पूँजी १ करोड ५८ लाख ८० हजार तथा २७ करोड १९ लाख ८२ हजार कूल सम्पति रहेको छ । संस्थामा साउन मसान्तसम्म ७ करोड ७८ लाख ९२ हजार अर्थात २८.६३ प्रतिशत तरलता रहेको छ ।

यस्तै नेफ्स्कून गण्डकी प्रदेश स्तरीय उत्कृष्ट साकोसमा पोखराको रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था घोषणा भएको छ । २०६४ सालमा स्थापना भएको उक्त संस्था संघको पूर्ण तथा ब्यवसायीक साकोस विकास (प्रोवेसन) कार्यक्रममा आवद्ध छ ।

संस्थामा २ हजार ९५८ जना सदस्य रहेका छन् भने ३३२ जना सदस्यले ऋण सेवा लिएका छन् । संस्थाको ७ करोड ४७ लाख ८६ हजार रुपैंयाँ शेयर पूँजी तथा ३ करोड ४० लाख ३४ हजार जगेडा कोष र ३ करोड २७ लाख १७ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ ।

त्यसैगरी संस्थामा ४५ करोड १३ लाख ३१ हजार बचत संकलन तथा ४६ करोड ८८ लाख ९ हजार ऋण लगानीमा रहेको छ । संस्थाको संस्थागत पूँजी ७ करोड ६७ लाख ५५ हजार तथा ६३ करोड ३८ लाख २४ हजार कूल सम्पति रहेको छ । संस्थामा साउन मसान्तसम्म १२ करोड ३६ लाख ५३ हजार अर्थात २७.४० प्रतिशत तरलता रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश स्तरीय उत्कृष्ट साकोसमा प्युठानको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था घोषणा भएको छ । २०५५ सालमा स्थापना भएको उक्त संस्थामा २ हजार ५५ जना सदस्य रहेका छन् । संस्था संघको पूर्ण तथा ब्यवसायीक साकोस विकास कार्यक्रम (प्रोवेसन) ब्राण्ड प्राप्त संस्था हो भने एसियाली ऋण महासंघको ब्राण्ड एक्सेसमा कार्यक्रममा समेत आवद्ध भएको छ ।

संस्थामा ५ हजार ५०८ जना सदस्य रहेका छन् भने १ हजार २४२ जना सदस्यले ऋण सेवा लिएका छन् । संस्थाको २ करोड २२ लाख ७५ हजार रुपैंयाँ शेयर पूँजी तथा १ करोड ८० लाख ८ हजार जगेडा कोष र १२ लाख ९ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ ।

त्यसैगरी संस्थामा २० करोड ५२ लाख ११ हजार बचत संकलन तथा १६ करोड ५४ लाख ७७ हजार ऋण लगानीमा रहेको छ । संस्थाको संस्थागत पूँजी १ करोड ८१ लाख तथा २६ करोड २९ लाख ३२ हजार कूल सम्पति रहेको छ । संस्थामा जेठ मसान्तसम्म ६ करोड ९२ लाख ४३ हजार अर्थात ३३.७४ प्रतिशत तरलता रहेको छ।

यसैगरी शारदा नगरपालिका सल्यानमा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्था कर्णाली प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएको छ । २०५१ सालमा स्थापना भएको उक्त संस्था संघको पूर्ण तथा ब्यवसायीक साकोस विकास कार्यक्रम (प्रोवेसन) ब्राण्ड प्राप्त संस्था हो भने एसियाली ऋण महासंघको ब्राण्ड एक्सेसमा कार्यक्रममा समेत आवद्ध भएको छ।

संस्थामा संस्थागत, बाल बचत र अन्यगरी २ हजार ३९९ जना सदस्य रहेका छन् भने ६३० जना सदस्यले ऋण सेवा लिएका छन् । संस्थाको २ करोड ९६ लाख ५३ हजार रुपैंयाँ शेयर पूँजी तथा ३ करोड ३ लाख ५५ हजार जगेडा कोष साथै २ लाख ३१ हजार रुपैंयाँ अन्य कोषमा रहेको छ ।

त्यसैगरी संस्थामा २१ करोड ५५ लाख  ५ हजार बचत संकलन तथा २० करोड १८ लाख ४ हजार ऋण लगानीमा रहेको छ । संस्थाको संस्थागत पूँजी ३ करोड ५ लाख ६२ हजार तथा २९ करोड ७७ लाख ६२ हजार कूल सम्पति रहेको छ । संस्थामा साउन मसान्तसम्म ५ करोड ६६ लाख ७१ हजार अर्थात २६.२९ प्रतिशत तरलता रहेको छ।

त्यस्तै सुदुर पश्चिम प्रदेश स्तरीय उत्कृष्ट साकोसमा चाँदनी दोधारा कञ्चनपुरमा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था घोषणा भएको छ । २०५८ सालमा स्थापना भएको उक्त संस्था संघको पूर्ण तथा ब्यवसायीक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आवद्ध छ ।

मुख्य कार्यालय र एउटा सेवाकेन्द्र रहेको संस्थाको भिमदत्त नगरपालिका कार्यक्षेत्र रहेको छ । ४ हजार ८०७ जना सदस्य रहेको संस्थामा २३ करोड ५३ लाख कूल सम्पति तथा ५.५ प्रतिशत संस्थागत पूँजी रहेको छ । संस्थाका ब्यवस्थापक नैन सिं ठगुन्ना गत वर्ष नेफ्स्कून सुदुर पश्चिम प्रदेश स्तरीय उत्कृष्ट ब्यवस्थापक घोषणा भएका थिए ।



Leave a comment