काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले अभियानले साथ दिए एक वर्षमा समस्या समाधान गर्न सकिने बताएका छन् । उनले सहकारीका समस्या समाधानका लागि सहकारी अभियान नै अग्रसर न भएकोले समस्या भइरहेको बताए ।
मन्त्री अधिकारीले अभियानले ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र, नियमन निकाय, कोष खडा गर्ने विषय राखेको छ । यी माग धेरै पहिलादेखि नै ऐनमा भएको र अहिलेसम्म पनि पुरा नभएको भनाइ छ । उनले भने ‘म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, मैले एक वर्ष भित्रमा सबै विषय कान्र्यान्वयन गर्छु, तर, म एक्लैले सक्दिन । तपाईहरुको सहयोग चाहिन्छ ।’
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३७औ वार्षिकोत्सव समारोहमा बोल्दै उनले सहकारी जोगाउन अभियान नै अग्रसर हुन पर्नेमा जोड दिए । ‘सहकारीका समस्या समाधान गर्न हामी तयार छौ । मन्त्रालयमा आउनुस् हामी खुलस्त छलफल गर्न तयार छौ’ त्यसका लागि सहकारी अभियान पनि एक भएर आउनुपर्छ ।
अहिले अभियानमा एकमत देखिएको छैन । एकमत हुन नसकेको खण्डमा समस्या बढ्दै जान्छ ।’ सहकारीमा धेरै समस्या नरहेको दाबी गर्दै उनले भने, ‘सहकारी सबै सकियो भन्ने हल्ला छ । तर, त्यो होइन, समस्यामा परेकालाई जोगाउन अभियान एक भएर लाग्नुपर्छ ।
सहकारी अभियानले समस्यामा आएका सहकारीलाई समाधान गर्ने योजना बनाउन्ुस न समाधान हुन्छ,’, उनले थपे,‘ बिग्रियो भन्ने अप्ठ्यारोमा परेकालाई पन्छाउने अनि आफू अघि बढ्न खोजेर समस्याको समाधान हुँदैन ।’ सदस्यको समृद्धिका लागि भन्दा पनि सञ्चालकले व्यक्तिगत मुनाफाका लागि ध्यान दिँदा समस्या आएको उनको भनाइ छ ।
‘सहकारीले सहकारीको उद्देश्य अनुसार काम गर्नुपर्छ । कमजोर बर्गका हितका नीम्ति काम गरी उनीहरुको आर्थिक स्तर उकास्नु पर्छ’ उनले भने । दोस्रो तहको नियामक निकायका लागि सहकारी अभियानकै धारणा बाँझिएको उनले बताए । ‘न्यायाधीकरणको प्रक्रिया अघि बढाएको छु ।
नियामक निकायको विद्येयक तयार भइसकेको छ । तपाईहरु सबैको भावनानै मिलिसकेको छैन । नियामक निकाय स्वतन्त्र हुन्छ की २०७४ को ऐनसँग जोडिएर आउँछ । तपाईहरुकै राय मिलेको छैन ।’ दोहोरो पदका विषयमा पनि सञ्चालहरुबीच विभेद रहेको बताउँदै उनले भने, ‘एक व्यक्ति एक ठाउँमा बस्ने हो ।
त्यसको पनि किटान हुनुपर्यो । एउटै प्रकृतिका सहकारीमा सदस्य छ भने उसलाई आउन पाउदैन भन्न भएन । तर, विविध उद्देश्य भएका सहकारीमा तत्कालिन समयमा बस्ने की नबस्ने कुरामा पनि किटान गर्न जरुरी छ, यसमै तपाईहरुको विभेद छ । सञ्चालहरुबीच एउटै धारणा हुनुपर्यो,’ उनले थपे, ‘एक व्यक्ति कति ठाउँमा बस्ने छुट्टिएर आउनु पर्यो । किटान गरेर आउनुस् ।
Leave a comment