बचत अभियानको श्रेय चाँही उनै स्व.घिमिरेलाई जान्छ । पञ्चायती सरकारको पालाका साझा सहकारीका अध्यक्ष रहेका स्व.घिमिरेले साना साना बचत समुहहरुको शीला खोजेर राष्ट्रिय अभियानको भीमकाय स्वरुपको स्वप्ना देखेका थिए । अहिले उनको यो अभियानले मूर्त रुप पनि लिइसकेको छ ।
काठमाडौं । नेपालको बचत अभियानको माउ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ३६ बसन्त पुरा गरेको छ । आम सर्वसाधारणलाई समुहमा आवद्ध भएर बचत गर्ने बानिको विकास गर्ने अभियानलाई २०४५ सालमा राष्ट्रिय अभियानकै रुपमा ‘बचत समूह राष्ट्रिय संघ’ को नामबाट श्रीगणेश चाँही स्व.भोजराज घिमिरेले गरेका थिए ।
त्यसपछि २०५० साल भाद्र २९ गते सहकारी विभागका तत्कालिन रजिष्ट्रार शंकरराज जोशीले ‘नेपाल बचत तथा ऋण सहकारी संघ’का नाममा दर्ता गरिदिएका थिए । त्यसपछि २०५३ सालमा केन्द्रीय शब्द थपगरी ‘नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)’को नाममा पूणर्ता पाएको हो ।
तत्कालिन समयमा स्थापना भएका सहकारीहरु कृषकलाई आवश्यक पर्ने मल बीउ बिजन कृषि औजारलगायतका सामाग्रीको खाँचो टार्ने हिसावमा गठन भएका संस्थाहरु थिए । त्यस्ता संस्था साझा संस्थाको रुपमा सरकारको नियन्त्रणमा थिए । २०४८ सालको सहकारी ऐन पछि सहकारी अभियानले बिस्तारित हुने मौका पाएको थियो भने बचत सहकारीहरु अभियानकै रुपमा फैलन थालेका थिए ।
सरकारले २०१० सालमा सहकारी विभागको स्थापना गरेर सहकारी अभियानको सुरुवात गरेपनि बचत अभियानको श्रेय चाँही उनै स्व.घिमिरेलाई जान्छ । पञ्चायती सरकारको पालाका साझा सहकारीका अध्यक्ष रहेका स्व.घिमिरेले साना साना बचत समुहहरुको शीला खोजेर राष्ट्रिय अभियानको भीमकाय स्वरुपको स्वप्ना देखेका थिए ।
अहिले उनको यो अभियानले मूर्त रुप पनि लिइसकेको छ । नेपालमा बचत अभियानको जरा गाडिइसकेको छ । २९ सय ५० रुपैंयाँबाट सुरु भएको बचत अभियानले आज ४४ अर्वको सपना देख्ने हैसियत बनाएको छ। ४७ वटा बचत समुहबाट सुरु भएको अभियानमा आज १४ हजारको हाराहारी बचत सहकारी स्थापना भइसकेका छन् भने नेफ्स्कूनमा ४७ सय प्रारम्भिक संस्था प्रत्यक्ष आवद्ध भएका छन् ।
७६ जिल्लामा बचत अभियानको पहुँच पुगीसकेको छ । त्यसैगरी ६५ जिल्लामा बचत संघ स्थापना र ४ वटा प्रदेश संघ नेफ्स्कूनमा आवद्ध भइसकेका छन् । समग्रमा ७४ लाख मानिस सहकारी संग जोडिएपनि सहकारीमा ४१ लाख महिलाहरु बचत अभियानका सारथी बनिसकेको देखिन्छ ।
यसैगरी ९० हजार मानिसमा सहकारीबाट रोजगारी सिर्जना भएकोमा बचत अभियानको योगदानको हिस्साको तराजु निकै भारी छ । त्यसैगरी राष्ट्रिय मात्र नभएर नेफ्स्कूनले अन्तराष्ट्रिय सम्वन्ध समेत विस्तार गरिसकेको छ । नेफ्स्कूनले सहकारीका लागि आधारशिला, कर्वस, प्रोवेसन र एक्सेसजस्ता महत्वपूर्ण कार्यक्रमहरुमार्फत सवलिकरण र सुद्धृणिकरण गरिरहेको पाइन्छ ।
साकोस एकीकरण, एकरूपता प्रणाली, स्थिरीकरण कोष, छुट्टै बचत तथा ऋण सहकारी ऐन, सहकारीहरूका लागि एकीकृत लेखामान, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता लगायतका विषयहरूमा संघले सरकारसँग निरन्तर बहस पैरवी गरिरहेको देखिन्छ । सहकारीलाई समयानुकुल नविनतम प्रविधिमा पहुँच विस्तार, साकोसमा वित्तीय आत्मनिर्भरता, दीगोपना, सुशासन प्रवद्र्धन मार्फत गुणस्तर सुनिश्चितता संघको लक्ष्य रहेको छ ।
नेफ्स्कून हिजो
- २०५२ सालमा पहिलो पटक रणनीतिक योजना निर्माण
- २०५५ सालमा एशियाली ऋण महासंघमा आवद्ध
- २०५५ साल देखि नेफ्स्कूनसँग एशियाका बचत ऋण सहकारी संस्थाहरूको संस्थागत विकास कार्यक्रम इण्डिक्यूवा परियोजना, दक्षिण तथा पूर्वि एसियाका मुलुकहरूका बचत तथा ऋण सहकारीहरूमा व्यावसायिकीकरण परियोजना, बचत तथा ऋण सहकारीहरूमा लघुवित्त कार्यक्रम सञ्चालन
- २०५९ सालदेखि एग्रिटेरा नेदरल्याण्ड्सको प्राविधिक सहकार्यमा लघुबीमा कार्यक्रम प्रवद्र्धन
- २०६३ मा एसियाली स्तरको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसको सुरूवात, क्यानेडियन कोअपरेटिभ एशोसियसनको प्रत्यक्ष सहयोगमा संस्थागत विकास कार्यक्रम
- २०६७ सालमा संघका अध्यक्ष मिनराज कंडेल एशियाली ऋण महासंघको द्वितिया उपाध्यक्षमा निर्वाचित
- २०६७ मा नेपालका ७ वटा बचत तथा ऋण सहकारी संस्थाहरू मार्फत एक्सेस कार्यक्रम सुरू
- २०६९ मा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेशन कार्यक्रमको सुरूवात
- २०६९ सालदेखि राष्ट्रिय स्तरका गोष्ठीहरूको सुरूवात
- २०७० सालमा १२ वटा साकोसहरूले एशियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल
- २०७० सालमा संघको दीगोपनाका लागि अन्तरलगानी कार्यक्रमको सुदृढीकरण गर्दै साकोस एकरूपता प्रणाली र स्थिरीकरण कोषको अवधारणा विकास
- २०७० सालमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कवर्स सुरुवात
- २०७१ सालमा सरकार समक्ष साकोस ऐनको अवधारणा सहित ऐनको मस्यौदा पेश
- २०७३ सालमा साकोस एकरूपता प्रणाली सुरू
- २०७३ साल भदौ २६ गते ऋषिराज घिमिरे अकुको प्रथम उपाध्यक्षमा निर्वाचित
- २०७४ सालमा विश्व महिला नेतृत्व सञ्जाल सिस्टर सोसाइटी नेपाल च्याप्टर गठन
- सन २०१८ सालमा विश्व ऋण परिषद्को सदस्यता प्राप्त
- २०७६ सालमा स्थिरीकरण कोष सञ्चालनको प्रक्रिया शुरू
- २०७६ साल फागुन ११ गते प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्बाट कोअपरेटिभ डिप्लोमा पढाई सञ्चालनका लागि संघलाई सम्बन्धन प्राप्त
- २०७६ साल साउन ३२ गतेबाट आधारशिला कार्यक्रम शुभारम्भ
- २०७६ साउन ३२ गते सीटीइभिटीबाट सम्बन्धन प्राप्त कोअपरेटिभ डिप्लोमा पढाइ सुरु

Leave a comment