संसदीय छानविन विशेष समितिले देशभरिबाट मगायो सहकारीको बिवरण

संसदीय छानविन विशेष समितिले देशभरिबाट मगायो सहकारीको बिवरण :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले देशभरिबाट सहकारीको बिवरण मगाएको छ । समितिले संघीय, प्रदेश र स्थानीय तह कार्यक्षेत्रमा संचालित सहकारीहरूको तथ्यपरक बिवरण मगाएको हो ।

सहकारीहरूको तथ्यपरक जानकारी र विवरण संकलनका लागि ७५३ स्थानीय तह, सात प्रदेश सहकारी विभागलाई पत्रचार गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए । यसकालागि सवै तहबाट बिवरण प्राप्त हुनेगरी फाराम उपलब्ध गराएको उनले जनाए ।

सभापति थापाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालले ४६० वटै गाउँपालिकाहरू तथा २९३ वटा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरूले फारम भरेर अविलम्ब पठाउन गुगल फाराम पठाइएको जनाए । सहकारी क्षेत्रको संकटमोचन र पुनरूत्थानका लागि सही निष्कर्षमा पुग्न सही तथ्य–तथ्यांकको आधारमा विश्लेषण गर्नु अपरिहार्य हुने उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको कार्यान्वयन गर्नेगरी सबै स्थानिय तहहरूलाई निर्देशित गरिसकेको हुँदा सम्बद्ध सबै पालिकाहरूको नेतृत्वसँग यथाशिघ्र फाराम भरी पठाउन जननिर्वाचित प्रमुख, अध्यक्ष तथा प्रशासकीय प्रमुखहरूसमक्ष अनुरोध गरिएको पनि जनाए । समितिले साउन २२ गते संचारक्षेत्रसंग गरेको छलफलमा बरिष्ठ पत्रकार युवराज घिमिरेलगायत विभिन्न संचारमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।



Leave a comment