काठमाडौं । सहकारी बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सदस्यको बचत अपचलन गरी सम्पर्कबाहिर रहेका १८ जनालाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सहकारी क्षेत्रको वचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन भनेको हो ।
समितिले सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्री र नेपालसरकारलाई निर्देशन दिने निर्णय गरिएको छ । गृहमन्त्री लेखकले समितिले विधिवत्रुपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्णरुपमा सघाउने बताए । बचतकर्ताहरको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई, सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताए । बैठकमा गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको उपस्थिति रहेको थियो ।
समितिले निर्देशन दिएको विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरू:
१. जीबी राई (सूर्य दर्शन सहकारी, पोखरा )
२. भरत महर्जन (सुमेरु सहकारी, ललितपुर )
३. राजमाया महर्जन (काठमाडौं)
४. सचिन महर्जन ( काठमाडौं )
५. सरला महर्जन ( ललितपुर )
६. ज्ञानबहादुर बम्जन (सूर्यदर्शन सहकारी, पोखरा)
७. भुपेन्द्र राई (सूर्यदर्शन सहकारी, पोखरा )
८. तेजबहादुर बम्जन (शिव शिखर सहकारी )
९. देवकुमार नेपाली ( इमेज वचत, पोखरा )
१०. छेदा नेपाली (इमेज वचत सहकारी, बागलुङ )
११. तस्बिरन खातुन (सानोपाइला सहकारी,बीरगंज )
१२. असरफ अलि (सानो पाइला सहकारी, बीरगंज )
१३. सुवास केसी (सहारा सहकारी, चितवन )
१४. दीपक पौडेल (इमेज सहकारी, बागलुङ )
१५. लीलानाथ गौतम (शिव शिखर सहकारी, भक्तपुर)
१६. महाशंकर रेग्मी (मेघा ड्रिम सहकारी, काठमाडौं )
१७। थानबहादुर बुढामगर( सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा (कान्तिपुर कोअपरेटिभ, काठमाडौं )
Leave a comment