सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित्रण आवश्यक छ ।
काठमाडौं । ‘सहरका सहकारीमा समस्या छ, सहरका केही सहकारीले गर्दा, सहकारीमा समस्या आयो ।’ सहकारीमा यो भाष्य स्थापित भइसकेको छ र यसलाई सहकारी अभियन्ताहरुले नै स्थापित गराएका हुन् ।
उनीहरुको भाषणी मसला नै यही हो । सहकारीले यतिखेर तरलताको अभावजस्ता, समाधान हुने समस्या भोगीरहेका छन् । अनुमानित ३१ हजार सहकारी सवैले तरलताको अभावको समस्या न भोगेपनि सहकारीमा समस्या छ भन्ने भाष्य निर्माण भइसकेको छ ।
कति सहकारीमा कस्तो समस्या छ, समाधान हुने र नहुने समस्या कहाँ, कति छ ? भन्ने विषय सरोकारको बहसको विषय बन्न सकेको छैन ।
सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित्रण आवश्यक छ ।
सहकारीमा समस्या आएपछि सहकारी विभागले २०७९ साल साउन ३१ गते हरेक महिना संस्थाको बिवरण प्रकाशन गरी सदस्यहरुलाई जानकारी गराउनुपर्ने निर्देशन जारी गरेको थियो ।
३१ हजार सहकारीकालागि जारी गरेको निर्देशन कतिले पालना गर्छन त्यो तत्थ्याङ्क त स्वयंम विभागसंग पनि छैन । तर पछिल्लो समय केही सहकारीले चाँही नियमितरुपमा संस्थाको वित्तिय बिवरण सार्वजनिक गरेको पाइन्छ ।
सहरमा हुँदैमा र ठूलो कारोबार गर्दैमा सबै सहकारी समस्यामा छन् भन्नु कति उचित होला । त्यसैले अहिले सहरमा रहेका र ठूलो कारोबार गर्ने सहकारी नियमकको निगरानीमा पर्ने गरेको देखिन्छ ।
सहरका सहकारी, रहरका सहकारी पनि हुनसक्छन् । त्यसैले हामीले त्यस्तै ठूलो कारोबार गर्ने र सहरमा रहेका केही सहकारीले प्रकाशन गरेको बित्तिय बिवरणका आधारमा यो समाचार तयार गरेका छौं ।
यो समाचारमा विभिन्न सहरमा रहेर कारोबार गरिरहेका ८ वटा संस्थाको बिवरण प्रस्तुत गरेका छौं । यी संस्थाहरुले प्रकाशन गरेको बिवरण अनुसार कूल सम्पति साढे १७ अर्ब हाराहारी देखिन्छ ।
नियमित मासिक बिवरण प्रकाशन गरिरहेका यी संस्थाको अन्य कारोबार पनि रहरलाग्दो छ । ८ वटा संस्थाले १७ अर्ब २७ करोड ५२ लाख ३९ हजार ९४५ रुपैंयाँको सम्पति जोहो गरेको देखिन्छ ।
यस्तै कारोबार गर्ने सहकारीको संख्या कति र कहाँ छ, बिवरण निकाल्न जरुरी छ । यहाँ प्रस्तुत संस्थाको बिवरण असार मसान्तसम्मको हो ।
सुदुरपश्चिम प्रदेश, कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्था स्थापना भएको ३२ वर्ष भएको छ । संस्थाको देशभरी कार्यक्षेत्र रहेको छ । कैलालीको मुख्य शहर धनगढीमा संस्थाको मुख्य कार्यालय रहेको छ ।
संस्थाले प्रकाशन गरेको पछिल्लो असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी ३० करोड ८० हजार ८ सय तथा बचत ५ अर्ब १ करोड ३९ लाख ३५ हजार ७८० रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ४४ करोड ७६ लाख ७४ हजार ७७० तथा विभिन्न कोषमा ४२ करोड २२ लाख २० हजार ७२१ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ३ अर्ब ९७ करोड ९९ लाख ६४ हजार ५२४ रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ।
त्यसैगरी संस्थागत पूँजी ४७ करोड ९ लाख १६ हजार १७० रुपैंयाँ तथा कूल सम्पति ६ अर्ब ३९ करोड ४६ लाख ५२ हजार रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थामा ३३.४६ प्रतिशत अर्थात १ अर्ब ६७ करोड ७६ लाख ७७ हजार ५९१ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ३४ हजार ३९५ जना सदस्य रहेका छन् भने ५ हजार ९३ जना ऋणी सदस्य रहेका छन् । संस्थामा १२० जना कर्मचारी तथा १० वटा सेवाकेन्द्र रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था स्थापनाको १९ वर्ष भएको छ । जिल्लाभर कार्यक्षेत्र रहेको सहकारी संस्थाले अहिले बचत तथा ऋणको माध्यामबाट सदस्यलाई सेवा दिइरहेको छ । संस्थाका १० वटा सेवाकेन्द्रमा ८३ जना कर्मचारी कार्यरत छन् ।
संस्थाले प्रकाशन गरेको आर्थिक वर्ष ०८१ ०८२ को असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी ३० करोड ९० लाख ३६ हजार ६ सय तथा बचत २ अर्ब ५८ करोड १० लाख ४३ हजार १५४ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा २८ करोड १० लाख ४८ हजार ७४९ तथा कर्जा जोखिम कोषमा ५ करोड ४५ लाख ३३ हजार ३७० रुपैंयाँ रहेको जनाइएको छ ।
त्यस्तै संस्थाको २ अर्ब ५९ करोड ६८ लाख १५ हजार ८१४ रुपैंयाँ ऋण लगानीमा रहेको छ । त्यसैगरी संस्थाको कूल सम्पति ३ अर्ब ३५ करोड ४३ लाख ६५ हजार ४०२ रुपैंयाँ रहेको छ ।
संस्थामा १०.१२ प्रतिशत अर्थात २६ करोड १२ लाख ४३ हजार ७५४ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ४० हजार ६४३ जना सदस्य तथा १० हजार २४२ जना ऋणी सदस्य रहेको जनाइएको छ ।
त्यसैगरी बागमती प्रदेशको रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था स्थापनाको २६ वर्ष भएको छ ।
जिल्लाको दुईवटा नगरपालिकाको २ वटा वडा र दुईवटा गाउँपालिकाको दुईवटा वडा मात्र कार्यक्षेत्र रहेको संस्थाको मूख्य कार्यालय सहित १ वटा सेवाकेन्द्र छ ।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी ४ करोड ४८ लाख २४ हजार ८ सय तथा बचत ५८ करोड ४३ लाख ७२ हजार ९९० रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ६ करोड ४७ लाख ६२ हजार ४८५ तथा बिभिन्न कोषमा ६६ लाख ७ हजार ७६० रुपैंयाँ रहेको जनाइएको छ ।
त्यस्तै संस्थाको ३९ करोड ३५ लाख ९६ हजार ९१९ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी ६ करोड ६२ लाख ४ हजार ११५ रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थाको कूल सम्पति ७४ करोड ७४ लाख ९१ हजार ४५१ रुपैंयाँ रहेको छ । संस्थामा ६ करोड ४५ लाख ८४ हजार ८४२ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ९ हजार ८७२ जना सदस्य तथा ७२७ जना ऋणी सदस्य रहेका छन् भने १४ कर्मचारी कार्यरत रहेको जनाइएको छ।
यसैगरी बागमती प्रदेशको काठमाडौमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था स्थापनाको १५ वर्ष भएको छ । सहरको बिचमा रहेर सेवा दिइरहेको संस्थामा १ हजार ९८३ जना सदस्य रहेका छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी १ करोड ६७ लाख १ हजार ६ सय तथा बचत १० करोड २० लाख ६४७ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ करोड ११ लाख ५७ हजार २९८ तथा बिभिन्न कोषमा ७० लाख ८५ हजार २२८ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ९ करोड १४ लाख ९४ हजार ७३८ रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको कूल सम्पति १४ करोड ७ लाख १७ हजार ३८३ रुपैंयाँ रहेको छ । संस्थामा २६.९४ प्रतिशत तरलता रहेको छ । संस्थामा १ हजार ९८३ जना कूल सदस्य तथा २६५ जना ऋणी सदस्य रहेका छन् ।
काठमाडौंको नयाँबानेश्वरमा रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था स्थापना भएको १३ वर्ष भयो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको सस्थाले ३ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ ।
४ हजार ३४९ सदस्य रहेको संस्थामा २८६ जना ऋणी सदस्य रहेका छन् । संस्थाले प्रकाशन गरेको पछिल्लो बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी ८ करोड २१ लाख ६२ हजार ७ सय तथा बचत ९४ करोड ४२ लाख ८० हजार ५७१ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ११ करोड ८ लाख ७७ हजार १२५ तथा बिभिन्न अन्य कोषमा ४ लाख २७ हजार २६९ रुपैंयाँ रहेको जनाइएको छ ।
त्यस्तै संस्थाको ९९ करोड १७ लाख ८१ हजार ९४३ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी ११ करोड ८३ लाख ५४ हजार ७८५ रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थाको कूल सम्पति १ अर्ब ३२ करोड १७ लाख १८ हजार रुपैंयाँ रहेको छ । संस्थामा २३.८५ प्रतिशत अर्थात २२ करोड ५२ लाख १६ हजार २०३ रुपैंयाँ तरलता रहेको जनाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापना भएको ३१ वर्ष भएको छ । काभ्रे जिल्ला कार्यक्षेत्र रहेको संस्थाको ४ वटा सेवाकेन्द्र रहेका छन् ।
जिल्लाको मुख्य सहरमा रहेर सेवा दिइरहेको संस्थामा ४५ जना कर्मचारी रहेका छन् । संस्थाले प्रकाशन गरेको पछिल्लो बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी १६ करोड ५७ लाख ७६ हजार ७ सय रहेको छ भने बचत १ अर्ब ५८ करोड ५ लाख ३३ हजार ३८५ रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १५ करोड ५८ लाख ५० हजार ३०६ तथा बिभिन्न कोषमा ३ करोड ७९ लाख ५८ हजार ७८२ रुपैंयाँ रहेको जनाइएको छ ।
त्यस्तै संस्थाको १ अर्ब ३५ करोड ६१ लाख ३९ हजार ३७१ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी १६ करोड ६५ लाख २२ हजार १२१ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कूल सम्पति २ अर्ब ७६ लाख ८२ हजार १११ रुपैंयाँ रहेको छ ।
संस्थामा ३७.३६ प्रतिशत अर्थात ५९ करोड ४ लाख २१ हजार ३७१ रुपैंयाँ तरलता रहेको छ । संस्थामा १८ हजार ८५४ जना सदस्य ७ हजार ८०१ बाल बचतकर्ता तथा २ हजार ८०२ जना ऋणी सदस्य रहेको जनाइएको छ ।
रामेछापको मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २७ वर्ष भएको छ । रामेछाप जिल्ला कार्यक्षेत्र रहेको संस्थाको ३ वटा सेवाकेन्द्र रहेका छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक बिवरण अनुसार शेयर पूँजी ९ करोड ५० लाख ८३ हजार रहेको छ भने बचत १ अर्ब ११ लाख ४६ हजार रुपैंयाँ रहेको जनाइएको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ३ करोड ३६ लाख ४८ हजार तथा बिभिन्न कोषमा ७ करोड ७३ लाख ४६ हजार रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ७६ करोड ९१ लाख ४३ हजार रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ।
त्यसैगरी संस्थागत पूँजी ४ करोड १२ लाख ८२ हजार रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कूल सम्पति १ अर्ब ३५ करोड ९५ लाख ५१ हजार रुपैंयाँ रहेको छ।
संस्थामा ३६ प्रतिशत अर्थात ३५ करोड ९० लाख ३५ हजार रुपैंयाँ तरलता रहेको छ । संस्थामा १६ हजार ५५७ जना सदस्य तथा ९१३ जना ऋणी सदस्य तथा १९ जना कर्मचारी रहेको जनाइएको छ ।
बागलुङको बजारमै रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको १५ वर्ष भएको छ । जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले २५ वटा सेवाकेन्द्र रहेको संस्थामा ८९ जना कर्मचारी रहेका छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो बित्तिय बिवरण अनुसार शेयर पूँजी ३९ करोड ४६ लाख ९० हजार ६ सय रहेको जनाइएको छ । त्यसैगरी बचत १ अर्ब ३९ करोड २६ लाख रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १२ करोड ९ लाख रहेको छ भने संस्थाको १ अर्ब ४१ करोड ४५ लाख रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । संस्थाको वित्तिय लगानी ४ करोड १९ लाख २२ हजार रुपैंयाँ रहेको जनाइएको छ ।
त्यस्तै संस्थाको कूल सम्पति १ अर्ब ९४ करोड ९० लाख ६३ हजार रुपैंयाँ रहेको छ । संस्थामा २५ हजार ७८४ जना सदस्य तथा ५ हजार ४१३ जना बाल बचतकर्ता रहेको जनाइएको छ।
Leave a comment