सहरका सहकारीमा धेरै समस्या छ भन्ने आरोप त छदैछ, ठूलो कारोबार गर्ने सहकारी नियमकको निगरानीमा पर्ने गरेको पनि देखिन्छ । सहरका हुँदैमा र ठूलो कारोबार गर्दैमा सबै सहकारी समस्यामा छन् भन्नु कति उचित होला ? सहरका सहकारी, रहरका सहकारी पनि हुनसक्छन् की !
काठमाडौं । असार मसान्त सहकारी, बैंक वित्तिय संस्था संगै ब्यवसायको खाताबन्दीको समय हो । त्यो आर्थिक वर्षको अन्त्य हो । आर्थिक वर्षको अन्त्यमा त्यो वर्षभरि त्यस संस्थाले गरेको प्रगतीको बिवरण तयार गर्ने वर्ष, नाफा घाटाको हिसाव निकाल्ने वर्ष ।
त्यसैले असारमा किसानलाई रोपाइको मैजारो मार्ने चटारो जत्तिकै ब्यवसायीलाई ब्यवसायको नाफा नोक्सानको हिसाव निकालेर खाताबन्द गर्ने चटारो रहन्छ । ब्यवसायको बस्तुस्थितिको बारेमा सरोकारवालालाई जानकारी गराउने समय भएको हुनाले धेरै दौडधूप हुन्छ, होडबाजी हुन्छ अनि छलछाम पनि हुनसक्छ।
समय र परिस्थिति अवस्था हेरेर नाफा देखाउने वा घाटा देखाउने चालबाजी पनि हुनसक्छ । अहिले सहकारीहरुलाई पनि आर्थिक वर्षको मैजारो मार्ने चटारो छ । विषेशत असार मसान्तलाई खाताबन्दीको समयका रुपमा लिइन्छ । तर सहकारी विभागले मसान्तीलाई तन्काएर साउन १५ सम्म पुर्याएको छ।
साउनको १५ सम्म तन्काएको मसान्तिले सहकारीका संचालक तथा कर्मचारीहरुमा चैनको निद्रा छैन । किनकी जेनतेन सुखद खाताबन्दीको प्रेसर छ । त्यसैले मसान्ति तन्काएको खबर फोन र एसएमएसबाट अनि सदस्यको दैलो चाहरेरै भएपनि पुर्याउनु परेको छ ।
एकातिर सहकारीलाई सुखद मसान्ति बनाउनु त छँदैछ अर्को तर्फ त्यही विभागले २०७९ साल साउन ३१ गते दिएको निर्देशनलाई पलना पनि गर्नुपरेको छ । सहकारीमा समस्या आउनथालेपछि सहकारी विभागले हरेक महिना संस्थाको बिवरण प्रकाशन गरी सदस्यहरुलाई जानकारी गराउनुपर्ने निर्देशन जारी गरेको थियो ।
३१ हजार सहकारीकालागि जारी गरेको निर्देशन कतिले पालना गर्छन त्यो तत्थ्याङ्क त स्वयंम विभागसंग छैन । तर पछिल्लो समय केही सहकारीले चाही नियमितरुपमा संस्थाको वित्तिय बिवरण सार्वजनिक गरेको पाइन्छ ।
पछिल्लो समय सहकारीले तरलता अभावजस्ता समस्या भोग्नु परेको त छँदैछ, झनै सहरका सहकारीमा धेरै समस्या छ भन्ने आरोप पनि खेपिरहेका छन् । त्यसैले अहिले सहरमा रहेका र ठूलो कारोबार गर्ने सहकारी नियमकको निगरानीमा पर्ने गरेको देखिन्छ। सहकारीलाई कारोबारको सिमा तोक्ने विषय पनि बहसको विषय हुनेगरेको छ।
सहरका हुँदैमा र ठूलो कारोबार गर्दैमा सबै सहकारी समस्यामा छन् भन्नु कति उचित होला ? सहरका सहकारी, रहरका सहकारी पनि हुनसक्छन् की ! त्यसैले सहकारी अखबारले त्यस्तै ठूलो कारोबार गर्ने र सहरमा रहेका केही सहकारीले प्रकाशन गरेको बित्तिय बिवरणका आधारमा यो समाचार तयार गरेको छ।
जुन सहकारीले सदस्यहरुलाई वित्तिय सेवाका अलवा बैंक वित्तिय संस्थाजस्तै मोबाइल बैंकिङ, एटिएमलगायतका सेवा पनि प्रवाह गरिरहेका छन् भने अर्ब माथि कारोबार पनि गरेका छन् । त्यस्तै संस्थाहरु मध्येबाट प्रतिनिधिमूलकरुपमा केही संस्था लिएका छौं।
कोशी प्रदेशको झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २९ वर्ष भएको छ । संस्थाको झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुरगरी छवटा जिल्ला कार्यक्षेत्र रहेको छ। झापाको मुख्य सहर बिर्तामोडमा संस्थाको मुख्य कार्यालय रहेको छ।
संस्थाले प्रकाशन गरेको पछिल्लो असार आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी १ अर्ब ६७ करोड ८६ लाख १२ हजार ७ सय तथा बचत १२ अर्ब ७५ करोड ५२ लाख २५ हजार २८६ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्व २४ करोड २ लाख १७ हजार ४३० तथा विभिन्न कोषमा ५३ करोड ४० लाख १४ हजार ९०५ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको १० अर्ब ९३ करोड ५४ लाख ६१ हजार ३९७ रुपैंयाँ ऋण लगानीमा रहेको छ।
त्यसैगरी संस्थागत पूँजी १ अर्ब २७ करोड ७६ लाख ८९ हजार ४७६ रुपैंयाँ तथा कूल सम्पत्ति १६ अर्ब ७५ करोड १ लाख ९० हजार २१९ रुपैंयाँ रहेको छ । बाह्य ऋण शून्य रहेको संस्थामा ३५.२३ प्रतिशत अर्थात ४ अर्ब ४९ करोड ३६ लाख ३९ हजार ५१४ रुपैंयाँ तरलता रहेको छ ।
संस्थामा १ लाख ७३ हजार २६५ जना सदस्य रहेका छन् भने ७० हजार २९७ जना ऋणी सदस्य रहेका छन् । संस्थामा ४६८ जना कर्मचारी तथा ८२ वटा सेवाकेन्द्र रहेका छन् ।
त्यसैगरी झापाकै ब्यस्त बजार काकडभिट्टामा रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था (एनएमसी) स्थापनाको ३१ वर्ष भएको छ । जिल्लाभर कार्यक्षेत्र रहेको सहकारी संस्थाले अहिले बचत तथा ऋणका साथै डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल, चिया उद्योग सञ्चालन गरिरहेको छ । त्यसैगरी सिटिसी चिया प्याकेजिङ उद्योग, मह प्रशोधन उद्योग सञ्चालनमा छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो बित्तिय बिवरण अनुसार शेयर पूँजी १ अर्ब ४० करोड ६ लाख ७३ हजार ५ सय तथा बचत १० अर्ब ४८ करोड ५८ लाख ९४ हजार २९४ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ८० करोड १ लाख ८८ हजार ९९५ तथा विभिन्न कोषमा १२ करोड १० लाख २० हजार ३८३ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको १० अर्ब ६७ करोड ६५ लाख ९३ हजार ६४३ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी ८१ करोड ४५ लाख २४ हजार ६३३ रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति १४ अर्ब २२ करोड २९ लाख ९७ हजार ८८४ रुपैंयाँ रहेको छ । संस्थामा २१.८३ प्रतिशत अर्थात २ अर्ब २८ करोड ८६ लाख १७ हजार ४४७ रुपैंयाँ तरलता रहेको छ । संस्थामा १ लाख ६६ हजार ७३६ जना सदस्य तथा १८ हजार १६ जना ऋणी सदस्य रहेका छन् भने १ हजार १५० कर्मचारी रहेको जनाइएको छ ।
त्यसैगरी झापाको ब्यस्त बजार बिर्तामोडमै रहेको अर्को सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था स्थापनाको २४ वर्ष भएको छ । झापा, मोरङ र इलाम कार्यक्षेत्र रहेको संस्थाको ४२ वटा सेवाकेन्द्रहरु छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी ५१ करोड ९३ लाख ७५ हजार ७ सय तथा बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १३ करोड ६३ लाख ४९ हजार २४४ तथा बिभिन्न कोषमा १२ करोड ९२ लाख ९६ हजार ४०२ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति ४ अर्ब ५२ करोड ८२ लाख ८८ हजार ९२९ रुपैंयाँ रहेको छ । संस्थामा २०.७२ प्रतिशत अर्थात ५७ करोड ७६ लाख ७६ हजार ८२८ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ५६ हजार ४०९ जना सदस्य तथा १५ हजार ३५० जना ऋणी सदस्य रहेका छन् भने ३८१ कर्मचारी रहेको जनाइएको छ।
नवलपरासीको गैडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३३ वर्ष भएको छ । २४ वटा सेवाकेन्द्रबाट सेवादिइरहेको संस्थामा १ लाख २१ हजार ६४९ जना सदस्य रहेका छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी ८९ करोड १० लाख ९८ हजार ९ सय तथा बचत ८ अर्ब ३४ करोड ३४ लाख ७९ हजार १५४ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ६७ करोड ३५ लाख २३ हजार २२९ तथा बिभिन्न कोषमा २१ करोड ८३ लाख ९९ हजार ९३४ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ६ अर्ब ९६ करोड ३२ लाख ४७ हजार ४१९ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी ७७ करोड ३५ लाख ४१ हजार २९८ रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति १० अर्ब ४० करोड ७२ लाख १२ हजार २६४ रुपैंयाँ रहेको छ । संस्थामा ३७.४० प्रतिशत अर्थात ३ अर्ब १२ करोड २ लाख ८१ हजार ९६८ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ८ हजार ११३ जना ऋणी सदस्य रहेका छन् ।
नवलपरासीकै गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २९ वर्ष भयो । गण्डकी, बागमति र लुम्बिनी प्रदेशका नवलपुर, नवलपरासी सु.प, चितवन र तनहुँ जिल्ला कार्यक्षेत्र रहेको सस्थाले २५ वटा संस्था एकिकरण गरी २४ वटा सेवाकेन्द्रमार्फत सेवा दिइरहेको छ।
८९ हजार ८५३ सदस्य रहेको संस्थाले १० हजार ६५८ जनालाई ऋण लगानी गरेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी ३४ करोड ६७ लाख ६९ हजार २ सय तथा बचत २ अर्ब ९७ करोड ४० लाख ५० हजार २४७ रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा २० करोड ९ लाख ८ हजार ६२४ तथा बिभिन्न अन्य कोषमा ३ करोड ३० लाख ४ हजार ८४२ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको २ अर्ब ३३ करोड ५९ लाख २६ हजार २०२ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी २२ करोड २५ लाख २२ हजार ६४ रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति ३ अर्ब ६७ करोड ४३ लाख ६१ हजार ९०४ रुपैंयाँ रहेको छ । संस्थामा २२.६३ प्रतिशत अर्थात ६७ करोड २३ लाख ८९ हजार २३४ रुपैंयाँ तरलता रहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले ३० वर्ष पार गरिसकेको छ । काभ्रे र काठमाडौं जिल्ला कार्यक्षेत्र रहेको संस्थाको ७ वटा सेवाकेन्द्र रहेका छन् ।
जिल्लाको मुख्य सहरमा रहेर सेवा दिइरहेको संस्थाले सदस्यको सुरक्षण सुविधामा असार महिनामा १२ लाख ६६ हजार सदस्यलाई निशूल्क बितरण गरेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी ५२ करोड ८० लाख १४ हजार ५ सय तथा बचत ३ अर्ब ६८ करोड ५४ लाख २६ हजार २७९ रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ३६ करोड २७ लाख ५५ हजार ५३० तथा बिभिन्न कोषमा २१ करोड ८९ लाख ९४ हजार ५२३ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ३ अर्ब ४६ करोड ३३ लाख २७ हजार ३७८ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी ३६ करोड २७ लाख ५५ हजार ५३० रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति ४ अर्ब ९८ करोड ७५ लाख ७१ हजार ४४५ रुपैंयाँ रहेको छ । संस्थामा २२.१७ प्रतिशत अर्थात ८१ करोड ७० लाख १ हजार ७५६ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ५५ हजार ४९४ जना सदस्य ११ हजार २३९ बाल बचतर्का तथा १० हजार ६७१ जना ऋणी सदस्य रहेको जनाइएको छ ।
काठमाडौको चन्द्रागिरिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २४ वर्ष भएको छ । काठमाडौ र ललितपुर कार्यक्षेत्र रहेको संस्थाको ४ वटा सेवाकेन्द्र रहेका छन्।
४ करोड ७१ लाख ७८ हजार सदस्य राहत सुविधामा बितरण गरिसकेको संस्थाले पछिल्लो आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण प्रकाशन गरेको छ । संस्थाले प्रकाशन गरेको बिवरण अनुसार शेयर पूँजी २१ करोड १६ लाख ४५ हजार ८ सय तथा बचत २ अर्ब ९७ करोड ७७ लाख ६० हजार ९११ रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ८ करोड ७८ लाख ८० हजार ९९५ तथा बिभिन्न कोषमा ४ करोड १३ लाख ४ हजार ३५९ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको २ अर्ब २७ करोड ७१ लाख ९८ हजार ९३३ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी १० करोड ७७ लाख ८१ हजार १०५ रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति ३ अर्ब ६० करोड ३४ लाख १३ हजार २०५ रुपैंयाँ रहेको छ । संस्थामा २२.५६ प्रतिशत अर्थात ६७ करोड १९ लाख १८ हजार ९८४ रुपैंयाँ तरलता रहेको छ । संस्थामा २० हजार ७६६ जना सदस्य तथा २ हजार ३२५ जना ऋणी सदस्य तथा ५२ जना कर्मचारी रहेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको २९ वर्ष भएको छ । जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले किसान एग्रो तथा किसान कोप मार्ट संचालन गर्दैआएको छ।
४१ वटा सेवाकेन्द्र रहेको संस्थामा २९० जना कर्मचारी रहेका छन् । संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी ४५ करोड ८१ लाख २१ हजार तथा बचत ३ अर्ब ९६ करोड ७३ लाख ६० हजार रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा २९ करोड ४३ लाख ८८ हजार ३६९ तथा बिभिन्न कोषमा ६५ करोड ९७ लाख १२ हजार रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको ४ अर्ब ८३ करोड १५ लाख ४२ हजार ७२१ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी ३२ करोड ४२ लाख ८७ हजार रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थाको कूल सम्पत्ति ६ अर्ब २६ करोड ९५ लाख ४३ हजार ८८० रुपैंयाँ रहेको छ । संस्थामा २७.६८ प्रतिशत अर्थात १ अर्ब ९ करोड ८१ लाख ५८ हजार रुपैंयाँ तरलता रहेको छ । संस्थामा ८५ हजार ९९५ जना सदस्य तथा ३० हजार ५९६ जना ऋणी सदस्य रहेको जनाइएको छ।
पोखराको बुद्धचोकमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २३ वर्ष भयो । कास्की, स्याङ्जा तनहुँ र लमजुङ जिल्ला कार्यक्षेत्र बनाएर सदस्यलाई सेवा दिइरहेको संस्थाका दुईवटा सेवाकेन्द्र रहेका छन् भने ३८ जना कर्मचारी कार्यरत रहेका छन् ।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्षको असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी १५ करोड २ लाख ४० हजार तथा बचत १ अर्ब ९१ करोड ४९ लाख रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १९ करोड ९४ लाख १३ हजार २७५ तथा बिभिन्न कोषमा ११ करोड २० लाख ९७ हजार ५०३ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाको १ अर्ब ६७ करोड ४६ लाख १२ हजार २३४ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी १९ करोड ९४ लाख १३ हजार २७५ रुपैंयाँ रहेको जनाइएको छ।
संस्थाको कूल सम्पत्ति २ अर्ब ५२ करोड १८ लाख ४५ हजार ९८२ रुपैंयाँ रहेको छ । संस्थामा ३७.४६ प्रतिशत अर्थात ७१ करोड ७३ लाख ७९ हजार ९९६ रुपैंयाँ तरलता रहेको छ । संस्थामा ९ हजार ३५६ जना सदस्य रहेका छन् भने १ हजार ३२३ जनाले ऋण सेवा लिइएको जनाइएको छ।
काठमाडौंको बौद्ध टुसालमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापना भएको १६ वर्ष भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको संस्थाका चारवटा सेवाकेन्द्र रहेका छन् । १३ हजार ९१९ जना सदस्य रहेको संस्थामा १ हजार २९८ जना ऋणी सदस्य छन्।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्ष असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी १६ करोड ५१ लाख ७३ हजार ४ सय तथा बचत १ अर्ब ७९ करोड ६८ लाख ८० हजार १७३ रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ११ करोड ६६ लाख ३७ हजार ४१९ तथा बिभिन्न कोषमा १३ करोड २ लाख ८५ हजार २६३ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाले १ अर्ब ९१ करोड २९ लाख ४७ हजार १६० रुपैंयाँ ऋण लगानीमा रहेको छ जनाएको छ।
त्यसैगरी संस्थागत पूँजी ११ करोड ७० लाख २६ हजार ५५९ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कूल सम्पत्ति २ अर्ब ६९ करोड ५० लाख ३७ हजार ९२९ रुपैंयाँ रहेको छ । संस्थामा २०.३२ प्रतिशत अर्थात ३६ करोड ५२ लाख ६६ हजार ८८५ रुपैंयाँ तरलता रहेको छ।
दोलखाको मैनापोखरी बजारमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था स्थापना भएको ३१ वर्ष भएको छ । दोलखा रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र काठमाडौं जिल्ला कार्यक्षेत्र रहेको संस्थामा ६६ जना कर्मचारीहरु कार्यरत रहेका छन्।
संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्ष असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी १५ करोड ९३ लाख १ हजार ४ सय तथा बचत १ अर्ब ९५ करोड २६ लाख ९६ हजार ७५३ रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १७ करोड ६५ लाख ९ हजार ५८७ तथा बिभिन्न कोषमा ११ करोड ७९ लाख ८४ हजार ९७४ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाले १ अर्ब ६८ करोड ९५ लाख २९ हजार ६९५ रुपैंयाँ ऋण लगानीमा रहेको छ जनाएको छ।
त्यसैगरी संस्थागत पूँजी १७ करोड ८७ लाख ५३ हजार रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कूल सम्पत्ति २ अर्ब ६३ करोड ७० लाख ३६ हजार ६७८ रुपैंयाँ रहेको छ।
संस्थामा ३१.९५ प्रतिशत अर्थात ६२ करोड ३९ लाख ७ हजार ७५० रुपैंयाँ तरलता रहेको छ । संस्थामा २७ हजार ९२५ जना सदस्य रहेका छन भने, ऋणी सदस्य ३ हजार ४२३ जना रहेको जनाइएको छ।
त्यसैगरी दोलखा जिल्लाको सदरमूकाममा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३१ वर्ष भएको छ । जिल्लाको मुख्य सहरमा रहेर सेवा प्रदान गरिरहेको संस्थाको दोलखा, सिन्धुपाल्चोक र काठमाडौं कार्यक्षेत्र रहेको छ।
११ वटा सेवाकेन्द्र रहेको संस्थामा ५० जना कर्मचारीहरु रहेका छन् । संस्थाले प्रकाशन गरेको पछिल्लो आर्थिक वर्ष असार मसान्तको बित्तिय बिवरण अनुसार शेयर पूँजी ७ करोड ४३ लाख ६२ हजार ६ सय तथा बचत ९९ करोड २२ लाख १४ हजार रुपैंयाँ रहेको छ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ८ करोड ९८ लाख २० हजार ३७० तथा बिभिन्न कोषमा ७ करोड ३ लाख ९२ हजार १५२ रुपैंयाँ रहेको जनाइएको छ । त्यस्तै संस्थाले ९६ करोड ८२ लाख ८४ हजार १४९ रुपैंयाँ ऋण लगानीमा रहेको छ जनाएको छ।
त्यसैगरी संस्थागत पूँजी ८ करोड ९८ लाख २० हजार ३७० रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको कूल सम्पत्ति १ अर्ब ३३ करोड ९ लाख ५८ हजार ८६१ रुपैंयाँ रहेको छ।
संस्थामा १७.९८ प्रतिशत अर्थात १७ करोड ८४ लाख ३ हजार रुपैंयाँ तरलता रहेको छ । संस्थामा २३ हजार ८३६ जना सदस्य रहेका छन् भने २ हजार ५१५ जना ऋणी सदस्य रहेको जनाइएको छ।
Leave a comment