हाइलाइट

सिभिल सहकारीको ब्यवस्थापनकालागि समितिले सुरु गर्यो काम १२ अर्ब दावी १५ अर्ब नाघ्ने अनुमान

सिभिल सहकारीको ब्यवस्थापनकालागि समितिले सुरु गर्यो काम १२ अर्ब दावी १५ अर्ब नाघ्ने अनुमान :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले सिभिल सहकारीको ब्यवस्थापनकालागि काम सुरु गरेको छ । समितिले सिभिल सहकारीका सदस्यलाई उक्त संस्थासंग कुनै कारोबार नगर्न सूचना जारी गरेको हो।

समितिले संस्थाका संचालक तथा कर्मचारीलाई संस्थाको सम्पूर्ण फाइलहरु ब्यवस्थापन समिति समक्ष बुझाउन, ऋणी सदस्यले ऋण भुक्तान गर्न, बचतकर्ताहरुले बचत सम्वन्धि सम्पूर्ण कागजातहरु सुरक्षित राख्नलगायतको सूचना जारी गरेको छ।

२०८० साल पुष २२ गते गठन भएको समितिले पहिलो चरणमा बचतकर्ताहरुसंग अनलाइन मागदावी गर्ने तयारी गरिरहेको समितिका अध्यक्ष प्रभात अधिकारीले बताएका छन् । त्यसैगरी उनले सिभिलको सवै सम्पत्ति अदालमा रोक्का भएको अवस्था रहेकोले सम्पत्ति फुकुवा गर्न अदालति प्रकृया गर्ने जनाए ।

उनले भने, त्यसपछि सम्पत्ति बेचबिखन गरेर सदस्यलाई वितरण गर्ने प्रकृयाको कार्यबिधि बनाएर ब्यवस्थापन गर्छौ । सम्पत्ति र दायित्व एकिन भएपछि वितरणको कार्यविधि बनाउँछौं ।’ अहिलेसम्म १ हजार ५४० पिडितको १२ अर्बको मागदावी गरेको र मागदावी गर्ने झण्डै १५ अर्ब पुग्ने उनले बताए ।

अध्यक्ष अधिकारीले संस्थाको ऋण र ऋणी सदस्यको विवरण नभएकोको यकिन नभएको, संस्था तालाबन्दी गरेको हुनाले संस्थाबाट सवै डकुमेण्ट पाइनेहुनाले संस्थाको अडिट गराएर लिने र दिने हिसाव निकालिने बताए । अन्य बैंक वित्तिय संस्थाहरुले पनि यसको सम्पत्ति रोक्का राखेको छन् भन्ने सुन्नमा आएको उनको भनाइ छ।

बैंक वित्तिय संस्थाको रोक्का भएपनि समितिले उनीहरुको पनि मागदावी मगाउने र ब्यवस्थापनको जिम्मा लिएकोले सिभिलका बचतकर्ताले न्याय पाउने उनको भनाई छ । उनले भने, ‘सिभिलको जायजेथा हेर्दा, समस्या सल्टिन्छ भन्ने छ, अन्य ब्यवधान र अडचनहरु आएनन् भने हामी सिभिललाई ब्यवस्थापन गर्छौं ।’

अध्यक्ष अधिकारी भन्छन्, ‘मलाई लाग्छ, हामीलाई यो संस्थाको समस्या समाधानकालागि कुनै पक्षबाट अवरोध आउला जस्तो लाग्दैन, सरकाले नै यस्तो केसलाई अनदेखा गर्न सक्दैन, यसमा एउटा ब्यक्ति हैन, एउटा मास नै ठगिएको अवस्था हो । कानुनले गरेको ब्यवस्था अनुसार हामी हाम्रो काम गर्नेछौं ।

सिभिलको सम्पत्ति ब्यवस्थापन गर्दा पिडितको बचत फिर्ता गर्न पुग्छ ।’ उनले कानुनी अडचनकालागि सर्वोच्च अदालतसंग समन्वय गर्ने तयारी रहेको पनि बताए । अहिले तीन सदस्य  समिति गठन भएको छ, समितिमा सहकारी अभियानको तर्फबाट पनि प्रतिनिधित्व रहने ब्यवस्था छ ।

हाल समितिको सदस्यहरुमा यज्ञनाथ दाहाल र यज्ञराज सापकोटा रहेका छन् भने महेश शर्मा आचार्य, सदस्य सचिवमा नियुक्त भएका छन् । समिति अपुरो र कर्मचारी पनि सवै आइनसकेको हुनाले काम सुस्त भएको उनको भनाइ छ।

उनले चाटर्ड एकाउण्टेन्स, वा बैंकिङ क्षेत्रमा काम गरेको ब्यक्ति, तथा अन्य कर्मचारीका साथै ब्यवस्थापन टिमको पूर्णता भएपछि आगामी हप्ताबाट काम अगाडी बढाउने उनले बताए । सम्पत्ति खोजबिन, कानुनी प्रकृयाको तयारी सम्पत्ति रोक्का राख्नेलगायतको काम भइरहेको उनले जनाए ।

राजनीतिक संरक्षण पाएको र नियत नै खराव भएकोले सिभिल सहकारी समस्यामा परेको उनको बुझाइ छ । साथै नियमन निकायले प्रभावकारी काम नगरेकोले पनि संस्थाले मनोपोली गरेको पाइएको उनले बताए । संस्था २०८० साल भदौ २१ गते बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको थियो ।



Leave a comment