काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धमा संसदीय विषेश समितिका सभापति सूर्य थापाले बैंकिङ कसुरमा जेल बसेर आएकाले सहकारीका समस्याको मूल फुटाएको बताएका छन् । उनले बैंकिङ कसुर गरेका, वित्तिय अपचलनमा जेल बसेर आएकाहरु सहकारीका संचालक भएर आएको अनी वित्तिय अपचलन भएको पाइएको बताएका हुन् ।
समितिले आज पत्रकारहरुसंगको छलफलमा समितिका सभापति थापाले नेटवर्किङ बिजनेसमा नाम कमाएका कुख्यातहरुले सहकारीको दुरुपयोग गरि वित्तिय अपचलनको मूल फूटाएको बताए । उनले भने, ‘हामीले सहकारीको विकृतिको मूल कताबाट फूटेको छ त्यो पनि हेर्दै छौं ।
सहकारीमार्फत फटाइ गर्न नियतबस आएकाहरुको तीन नेत्र खुलेका कारण सहकारीलाई बदनामी गराएको पाइयो, अव लोभी नेत्र बन्द गरिदिने जिम्मा तपाई हाम्रो हो ।’ छलफलमा नेपाल सहकारी पत्रकार समाजका प्रतिनिधि तथा अन्य संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
उनले भने, ‘सहकारीलाई संविधानले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा ब्यवस्था गरेपनि ब्यवहारमा घरको खम्बा नभएर, स्वागतगेटको खम्बा जस्तै कानुन र संयन्त्र बनाएको पायौं । तीन खम्बेका नाममा आरती पूजा गरिएपनि संविधानको प्रस्तावनामा, अर्थनीतिका सन्दर्भमा कुरामा लेख्दाखेरी चाँही निकै स्तुतीको भाषा प्रयोग गरियो तर चुनौती सहितको क्षेत्र हो यो, पैसाको कारोबार हुने क्षेत्र भएकोले सवै राम्रो नियतले काम गर्दैनन् भन्ने हेक्का राखिएन् ।’
विषयगत र उत्पादन सहकारीहरुमा खासै समस्या नदेखिएको उनको भनाइ छ । सहकारीका समस्या गोरु बेचेको साइनो जस्तै नाता भएकाहरुले ल्याएको उनको भनाइ छ । एउटै ब्यक्ति फरक फरक ठाँउमा फरक फरक पहिचानमा सहकारीका नामबाट बदमासि गरेको उनले बताए १२ / १५ जनाको एउटा गिरोह सहकारीको सम्पूर्ण समस्या निम्त्याउने कार्यमा संलग्न रहेको पाइएको उनले जनाए ।
सहकारीमा भएको चरम राजनीतिकरणका विषयमा पनि जानकार भएको र त्इस्ता विषयमा सहि सल्लाह दिने पनि उनको भनाइ छ । उनले बैठकहरु बस्तुगत जानकारी लिने, तथ्यमा पुग्ने प्रमाण प्राप्ति गरेर सत्यमा पुग्ने र सिंगो समस्यालाई ओभरभ्यू गर्नेगरी लागिरहेको जनाए ।
सहकारी स्वनियम भनेर सहकारीका संघ महासंघलाई कानुनमा ब्यवस्था गरेपनि सहकारीमा स्वनियमन हुन नसकेको र संघहरु आफै स्वनियमनमा नभएकोमा समिति जानकार रहेको बताए । सहकारीमा राजनितिक हस्तक्षेपका विषयमा सवै दलका सहकारी विभागसम्म पनि छलफल गर्ने र लिखित रुपमा पनि पत्रचार गर्ने उनले जनाए ।
दलहरुले प्रवद्र्धन गर्ने हिसावमा राम्रै भूमिका खेलेपनि सहकारीको समस्याका चरणमा के कस्तो भूमिका खेल्नु भो भनेर सुझाव लिने उनले जनाए । सभापति थापाले सहकारी पत्रकार समाजसंग सहकारी दर्तादेखि नियमक निकायसम्म देखिएका समास्या समाधानका उपाए, पवित्र उद्धेश्यका संयन्त्रले पनि किन रिजल्ट दिन सकेनन्, कुन निकाय कहाँ जोडिएर जाँदा अझ प्रभावकारी हुन्छजस्ता सुझाव दिन समेत आग्रह गरे।
सहकारीका समस्या समधानका लागि स्थापना भएका निकायहरुको काम कारबाहीमा भएको सुस्तता तथा दोश्रो तहको नियमक निकाय स्थापनालगायतको धारणा र सदस्यका पिर मर्कालगायतका विषय समेटेर सुझाव दिन उनको आग्रह थियो ।
छलफलमा समितिका सदस्य लेखनाथ दाहाल, इश्वरीदेवी न्यौपाने, सरितादेवी भुषाल, शिशिर खनाल तथा ध्रुवबहादुर प्रधानले सुझाव राखेका थिए । जेठ १५ गते गठन भएको समितिले २३ गतेबाट काम थालेको र विभिन्न सरोकारवालाहरुसंग छलफल गरिसकेको छ । समितिले १७ वटा बैठक सम्पन्न गरि भोली साउन ४ गते १८ औं बैठक प्रदेश तथा स्थानीय तहका सहकारी निकायका पदाधिकारी संग छलफल गर्दैछ।
Leave a comment