हाइलाइट

सहकारी मन्त्रालयको जिम्मा पूनः बलराम अधिकारीलाई

सहकारी मन्त्रालयको जिम्मा पूनः बलराम अधिकारीलाई :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा पूनः बलराम अधिकारीले पाएका छन् । मन्त्री अधिकारीले दोश्रो पटक पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री अधिकारी यस अघि २०८० फागुनमा नेकपा एमाले र नेकपा माओबादी गठबन्धन सरकार हुँदा पहिलो पटक नेकपा एमालेको तर्फबाट उक्त मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

अहिले नेपाली कांग्रेस तथ नेकपा एमाले गठबन्धनमा पनि उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा पाएका छन् । गठबन्धनका तर्फबाट प्रधान मन्त्री बनेका केपी शर्मा ओलीले सरकारमा २२ सदस्यीय मन्त्री परिषद गठन गरेका छन् । यसमा नेपाली कांग्रेसले ९ वटा, नेकपा एमालेले ८ वटा मन्त्रालय र अनय दलहरुलाई ५ वटा मन्त्रालायको जिम्मेवारी दिइएको जनाइएको छ । प्रधानमन्त्री ओलीले नव नियुक्त मन्त्रीहरुलाई आजै सपथग्रहण गराएका छन् ।



Leave a comment