काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सहकारी साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन भन्ने विषयमा बहस भइरहेको बताएका छन् ।
उनले नेपालको अर्थतन्त्रको विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको भनेपनि उक्त तथ्य देखिने गरी विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन र विकासको प्रक्रियालाई तिव्र पारेर अगाडि बढ्नका लागि जति नीजि क्षेत्रको आवश्यकता छ त्यति नै सहकारीको समेत आवश्यकता रहेको पनि उनको भनाइ छ ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राज्य अन्तर्राष्ट्रिय सहकारी दिवस र ३१ औं राष्ट्रिय सहकारी महासंघ स्थापना दिवस समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले ‘नेपालमा सहकारी आन्दोलनलाई व्यवस्थित रुपमा अगाडि बढाएरमात्रै नेपालको आर्थिक विकासलाई तिव्र पार्न र सहि दिशामा लैजान सकिने बताए ।
उनले भने, ‘सहकारीको महत्वलाई आत्मसाथ गर्ने र त्यसको निम्ति व्यवस्था गर्नुपर्ने ब्यवस्थाको दिशामा जानका लागि अझै पनि मेहेनत गर्नुपर्ने आवश्यक देखिन्छ ।’
सरकारमा सहकारीको विषयमा ठूलो बहस भएको भन्दै केहि सहकारीमा मात्र समस्या देखा परेको र त्यसले निश्चित रुपमा अर्थतन्त्र र जनजिवनमा समस्या पैदा गरेको बताए ।
उनले भने, ‘सहकारी साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन ? सहकारीविना नेपालमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन सक्छ ? नेपालको अहिलेको आवश्यकता आर्थिक बृद्धि र समृद्धिको प्रक्रिया सहकारी विना सम्भव छ त ? छैन भन्ने निश्कर्षलाई गहिरोगरि आत्मसाथ गर्नुपर्ने निश्कर्षमा हामी छौं ।’
उनले सहकारीलाई पुन परिभाषित गर्नुपर्ने, यसको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्नुपर्ने, अनुगमन प्रभावकारी गर्नुपर्ने, बचत तथा कर्जा सुरक्षण कोष बनाउनुपर्ने, समस्या छिटो छानविन गरेर बाँकी छानविनका लागि सिआइबीलाई पठाइहाल्नुपर्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा प्रयाप्त जनशक्ति उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय समेत गरेको बताए। उनले सहकारीमा पनि समस्या आउनुमा राजनीतिको भूमिका रहेको औल्याए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी आपैंm पिल्सिएको अवस्थामा रहेको बेला नियामक निकायले समेत अधिकार प्रयोगका नाममा डण्डा चलाउन खोजेको बताइन् । उनले केही औलामा गन्न सकिने सहकारीहरुले गलत गरे भन्दैमा सिङ्गो सहकारी अभियानप्रति नै पूर्वाग्रही हुन नमिल्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, सल्लाहकार खगराज अधिकारी, लीलामणि पोखरेल, देबेन्द्र कंडेल, युएनडीपीको आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडालाबेले आफ्ना बिचार राखेका थिए । जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
Leave a comment