हाइलाइट

सहकारीका संचालकलाई दोहोरो पद त्याग्न विभागको निर्देशन

सहकारीका संचालकलाई दोहोरो पद त्याग्न विभागको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा रहेको भए ३० दिन भित्र त्याग्न निर्देशन दिएको छ । विभागले आज १९ गते सूचना जारी गर्दै सहकारी संघसंस्थालाई निर्देशन दिएको हो ।

विभागले सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा भएको ब्यवस्था कार्यान्वयन गर्न भनेको हो । ऐनको उत्तः दफामा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था रहेको छ । विभागले उक्त ब्यवस्थाको पूर्ण परिपालना गर्नु गराउनुहुन यो निर्देशन जारी गरिएको छ ।

सूचनाम कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक रहि अन्य संस्थाको पद त्याग गर्नु बताएको छ । विभागको निर्देशन कार्यान्वयन नगरे कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने सूचनामा उल्लेख छ ।

ऐनमा भएको ब्यवस्थाको ब्याख्या गर्दै सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्दछ र सो शब्दले सहकारी बैंक समेतलाई जनाउँछ । सञ्चालक भन्नाले सहकारी ऐनको दफा (४१) को उपदफा (१) बमोजिमको सञ्चालक समितिको सदस्य सम्झनुपर्दछ र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउँछ, सूचनामा उल्लेख छ ।



Leave a comment