हाइलाइट

मायाँ फर्काउन नसकेको ‘मायाँको चिनो’ खोकनाको तोरी तेल

मायाँ फर्काउन नसकेको ‘मायाँको चिनो’ खोकनाको तोरी तेल :: Sahakari Akhabar

सुरुवाती चरणमा उनले सहकारीका हरेक कार्यक्रममा प्रचारप्रसार हुन्छ भनेर आफै कार्टुन भरीभरी लगेर सहभागी देखि सहकारी नेतासम्मलाई मायाँको चिनोको रुपमा बितरण गरे । स्वाद र गुणस्तर थाहापाएपछि उपभोक्ता पनि बढ्छन् प्रचार पनि हुन्छ भिनेर वभिन्न कार्यक्रममा दलका नेतादेखि प्रधानमन्त्रिसम्मलाई उनले सहकारीबाट उत्पादित खोकनाको तोरी तेल मायाको चिनोको रुपमा बितरण गरे ।

कुनै समय खोकना तोरीको तेलकोलागि प्रख्यात थियो । खोकनाको तोरीको तेलकालागि देश बिदेशबाट माग आउँथ्यो, टाढा टाढाबाट मनिसहरु तेल लिन धाएरै आउँथे । स्थानीय उत्पादनलाई काठको कोलमा पेलेको तेल दक्षिाणकालि, चन्द्रागिरि, फर्पिङलगायतबाट समेत लिन आउँथे । तोरी लिएर खोकनामा पेल्न पनि आउँथे ।

बिस्तारै जग्गा जमिनमा घर उम्रन थालेपछि तोरी खेति मासिदै गयो युवा पिडीले खेति किसानी गर्न छाडे । समय आधुनिकता तर्फ ढल्कियो । खोकनामा फर्पिङसम्मबाट तोरी आउने भएपनि बढ्दो शहरीकरणले तोरी आउन छाड्यो । अधिकांश तेल मिल बन्द भए । भएकाहरुबाट पनि तेल कम मात्रमा उत्पादन हुन्थ्यो । भएका तोरी पेल्ने मिलहरुमा पनि आधुनिक मेशिन जडान हुनथाले ।

बिस्तारै खोकनामा बाहिरी ब्यापारीहरु छिरे, खोकनाको नामै थाहानपाएका ब्यापारीले खोकनाको नामबाट तोरी तेल बेच्न थाले । परम्परागत रुपमा ख्याती कमाएको मिलहरुको अस्तित्वनै धरापमा पर्यो । ब्यापारी संग प्रतिष्पर्धा गर्न नसकेर खोकनाका परम्परागत मिल धमाधम बन्द हुनथालेपछि स्थानीयहरुको चिन्तामा सहकारीले मलहम् लगाउने सोच बनायो ।

परम्परा जगेर्ना पनि हुने ब्यवसाय पनि हुने सोचले सहकारीले ऋण परिचालन गरेर मिल संचालन गर्न सुझाव दियो र समितिको (न्हुसा) कान्छो मिल संचालन गर्न सहुलियतको ऋण दिने सहमती भयो । स्थानीय सिकाली बहुउद्देश्यीय सहकारीले २०६४ सालमा ऋण लगानी पनि गर्यो । मिलको भौतिक संरचना बनेपनि मिल भने संचालन हुन सकेन । पछि सहकारीले नै तेल मिल संचालन गर्ने निणर्य भयो र ०६७ साल बैशाख पूर्णीमाका दिनबाट मिल सहकारीको ब्यवस्थापनमा आयो ।

‘मायाँको चिनो’ खोकनाको तोरी तेल

घरायसी प्रयोजनकालागि अतिनै शुद्ध र उत्तम मानिएको खोकनाको तोरी तेल कोशेली र उपाहारका रुपमा स्वदेश तथा विदेमा निर्यात हुन थालेको थियो । सिकाली बहुउद्देश्यीय सहकारी भएकोले संस्थाले मिल संचालन गर्ने र ब्यवसायसंगै परम्परा तथा सस्कृति जगेर्ना गर्ने जमर्के गर्यो ।

सहकारीको उत्पादनलाई पक्कै पनि बजारीकरणमा समस्या नहोला, प्रारम्भिक सस्थादेखि जिल्ला, प्रदेश र केन्द्रीय संघ, महसंघले सहयोग गर्नेछन् भन्ने भरोषा थियो । आँट पनि आएको थियो, भन्छन् सस्थाका अध्यक्ष तिर्थराम डंगोल ।

सुरुवाती चरणमा उनले सहकारीका हरेक कार्यक्रममा प्रचारप्रसार हुन्छ भनेर आफै कार्टुन भरीभरी लगेर सहभागी देखि सहकारी नेतासम्मलाई मायाँको चिनोको रुपमा बितरण गरे । स्वाद र गुणस्तर थाहापाएपछि उपभोक्ता पनि बढ्छन् प्रचार पनि हुन्छ भिनेर वभिन्न कार्यक्रममा दलका नेतादेखि प्रधानमन्त्रिसम्मलाई उनले सहकारीबाट उत्पादित खोकनाको तोरी तेल मायाको चिनोको रुपमा बितरण गरे ।

लगाउने लुगा गुणस्तर हेर्ने बानी परेका हामीलाई खाध्यन्नमा किन गुणस्तर नहेर्ने, स्वास्थ्यकालागि अति उत्तम तोरीको तेल प्रयोग गर्न किन सम्झौता गर्ने भन्ने उनको सोच छ । सहकारीका कार्यक्रममा मायाको चिनोको रुपमा बितरण गर्नु सहकारीको उत्पादनको प्रचार होस् भनेर हो, यसको महत्व सवैले थाहा पाउन भनेर हो,

अध्यक्ष डंगोल भन्छन्, ‘शुद्धतामा ग्यारेण्टी छ, सहकारीको उत्पादन हो, सहकारीमार्फत बजारीकरण गर्न सकिने ठूलो भरोषा थियो, कयौं सहकारी कार्यक्रममा कोशेली र मायाको चिनोको रुपमा प्रदान गरें, प्रधानमन्त्रीसम्मलाई कोशेलीका रुपमा दिए, एनजिओ आएनजिओका लिडरहरुलाई पनि बितरण गरे, सवैको भाषणमा मात्र ‘आहा’ भयो ।

तर तोरीको तेलभन्दा पनि चिल्लो आश्वासन मात्र दिए, ठोस् परिणाम आएन ।’ उनी भन्छन्, पुर्खाले आर्जेको पहिचानलाई जोगाउँदै खोकनाको पहिचान बचाइराख्न सहकारी मार्फत यो ब्यवसायलाई निरन्तरता दिएका हौं। सहकारीले ब्यवस्थापन लिएपनि बजार भने सहज थिएन, तोरीको तेलको नाममा बजारमा सस्तो दरमा विभिन्न थरीका तेलहरु बिक्री भइरहेका थिए । शुद्धताको विषयमा उपभोक्ताहरु अनभिज्ञ नै थिए । परम्परागत रुपमा तोरी पेलिने हुँदा उत्पादन लागत बढी भएपनि गुणस्तरमा कुनै कमी नभएपनि बजारमा पाइने अन्य तेलसंग प्रतिष्पर्धा गर्न गाह्रो भयो ।

पछि तोरी पेल्न आधुनिक मेशिन मगाइयो, अध्यक्ष डंगोलले भने, जसबाट ५ प्रतिशतसम्म तेलको मात्रा बढ्ने र लगात घटाउन मद्धत गर्यो । संचालनको दुई वर्षसम्म पनि घाटामा रहँदा सहकारीका कार्यक्रममा मायाको चिनोको रुपमा खोकनाको तोरीको तेल खपत भइरह्यो आहा र स्याबासी भने पाइरहे । ब्यवसायीकता अघी बढाउन कसैको पहल भएन ।

सहकारीले सुरु गरेको १४ वर्ष भयो तर पनि सहकारीका माउ निकायले ब्यवसायीक रुपमा यसलाई देशभरि बनाउनेमा कही कतैबाट कुनै सहयोग भने गरेनन् । उनले मायाको चिनो बाँढेका सहकारी कार्यक्रममा मन्त्रालयका सचिवदेखि मन्त्रीसम्मले सहकारी उत्पादनमा जानु पर्छ, बचत ऋणमा मात्र सिमित हुनु हुदैन भन्न छोडेका थिएनन् ।

उत्पादन र ब्यवसायीक रुपमा अघि बढ्न खोजेका सहकारीलाई भने बचाउनै मस्किल छ, अध्यक्ष डंगोल सम्झन्छन् । मायाको चिनो बाँढेकोमा पछुतो लागेको हैन, उनी भन्छन् ‘मायाँको चिनोको रुपमा बजारमा गएको सामानले ब्यवसायीकता नपाउँदा त्यसलाई ब्यवसायीकतामा ढाल्न सरोकार निकायले पहल नगरीदिंदा मात्र मन दुखेको हो ।’

सुरुवातमा परम्परागत रुपमा तोरी पेल्दा दैनिक १५० लिटर मात्र उत्पादन हुन्थ्यो कुनै संघ संस्था वा एनजिओ आइएनजिओले सहयोग नगरे पनि आफ्नै बल बुँतामा अहिले दैनिक ३२० लिटर तेल उत्पादन हुने गरेको छ। डंगोललाई सहकारीका निकायबाट उत्पादन सहकारीलाई प्रवद्र्धन गर्न सहुलियत तथा अनुदान आउँछ भन्ने पनि थाहा छैन, जान्नेले सिकाएका छैनन् । अनिफेरी काम गरेको भन्दा कागज मिलाउन जन्नेले मात्र त्यस्ता सुविधा पाउँछ भन्ने चाही थाहा रहेछ, त्यसैले त्यतातर्फ पहल पनि कमै गरेको उनी बताउँछन् ।

अहिले खुद्रा रुपमा बेच्दा पनि स्थानीय बजारले ५० प्रतिशत धानेको छ । त्यसैगरी विभिन्न प्रारम्भिक सहकारी तथा जिल्ला संघहरु र सानातिनो पसलबाट बिक्री भइरहेको छ । जिल्ला सहकारी संघ ललितपुरले स्थापना गरेको साप्ताहिक हाटबजारबाट पनि अलिअलि बिक्री हुन्छ, उनले भने । संघ संस्थाले सहयोग गरे उत्पादन बृद्धि गरी सहकारीको ब्राण्ड बनाउन सकिने उनले बताए ।

लगाउने लुगा गुणस्तर हेर्ने बानी परेका हामीलाई खाध्यन्नमा किन गुणस्तर नहेर्ने, स्वास्थ्यकालागि अति उत्तम तोरीको तेल प्रयोग गर्न किन सम्झौता गर्ने भन्ने उनको सोच छ । सहकारीका कार्यक्रममा मायाको चिनोको रुपमा बितरण गर्नु सहकारीको उत्पादनको प्रचार होस् भनेर हो, यसको महत्व सवैले थाहा पाउन भनेर हो, उनले भने ।

हाम्रो मायाँ तेलमा पकाएर खाउनजेलसम्म मात्र रह्यो, तेल सकियो मायाँको चिनोको मायाँ पनि सकियो । कही कतै सहकारीकै फोरमा पनि सहकारीका नेताले मायाँ सम्झाउने कोशिष गरेनन् उनी भन्छन् । सहकारीकै नाम हुन्थ्यो सहकारीका नेताहरुलाई पनि सहकारीको उत्पादन भनेर गर्वकासाथ भाषण गर्ने मसला बन्थ्यो ।

त्यती पनि गरेको पाइन्न संघ महासंघले । अन्तर सहकारी कारोबारका नाममा वित्तिय कारोबार मात्र भएको छ, यस्ता सहकारीका उत्पादनलाई बजारीकरणमा सहकारीका माउ निकायले कुनै चासो नदिएकोमा उनको मन दुखेको छ । बजारीकरणको लागि संघ संस्था निकाय नभनेको पनि हैन, तर एकले अर्कालाई देखाउने मात्र भयो ।

सहकारी बिकास बोर्डले महासंघलाई देखाउने, महासंघले बिकास बोर्डलाई देखाएर पन्छिने मात्र काम भएको उनको भनाई छ । न महासंघ न केन्द्रीय संघ नत उपभोक्ता केन्द्रीय संघ नत बहुउद्देश्यीय संघ कही कतै सहयोग नपाएको उनको गुनाँसो छ । खोकनालगायतको क्षेत्रमा तोरीको उत्पादन ठप्पप्राय भएपछि संस्थाले चितवन, चन्द्रनिगाहपुर, दाङ, कैलालीलगायत कहिलेकाही भारतबाट पनि तोरी ल्याएर तेल उत्पादन गरिरहेको छ ।

परम्परागत रुपमा काठको कोल राखेर तोरी पेल्ने संस्थाको योजना छ । त्यसकालागि संस्थाले आवश्यक काठ मगाइसकेको उनले जानकारी दिए । काठको कोलबाट तोरी पेल्दा तेल कम आएपनि गुणस्तमा कमी नहुने उनको भनाइ छ ।

दैनिक ८ सय केजी तोरीबाट ३ सय लिटर तेल उत्पादन गरिरहेको संस्थाले बिक्री नभएको तेल स्टोर गरेर राख्ने गरेको छ । खाद्य गुणस्तरले विशेषत खाने तेलको प्रयोग समय ६ महिनाको दिने गरेको भएपनि सहकारी मार्फत उत्पादन भएको यस तेलको प्रयोग समय भने एक वर्षसम्म दिएको छ । अहिले प्रति लिटर ३६० रुपैंयाँमा बेचिरहेको संस्थाले एक लिटरमा ५/६ रुपैंयाँ मात्र नाफा रहने गरेको उनी बताउछन ।

त्यसका अलवा संस्थाले तोरीको पिनालाई पनि प्रतिकेजी ५० रुपैंयाँसम्म बिक्री गर्ने गरेको छ । पछिल्लो समय मिलमा काँचो तेलको पनि माग आएकोले उत्पादन गर्ने गरेको भए पनि भुटेको तेल बढी नै माग आउने गरेको अध्यक्ष डंगोल बताउँछन् । उनी भन्छन्, ‘उपत्यका बासीले भुटेको र बाहिरका मानिसले काँचो तेलको बढी माग गरेको पाइएको छ ।’

एकातिर नीजि संगको प्रतिष्पर्धा गर्नुपरेको अवस्था छ भने, बजारीकरणमा सहकारीका माउ निकायको सहयोग नहुँदा सहकारीका माउ निकाय भएको आभास नभएको उनी बताउँछन् । उनी भन्छन् ‘उत्पादन मै पनि सहयोग भएको भए बढी मात्रमा उत्पादन हुन्थ्यो गुणस्तर र मूल्यमा पनि नीजिसंग प्रतिष्पर्धा गर्न सकिन्थ्यो । तर हाम्रा निकायहरु कमजोर भए । हाम्रा अभिभावक भएको हामीले अनुभुती गर्न पाएका छैनौं ।

राज्यले पनि सहकारीको उत्पादनको तथ्याङ्क राखेर उत्पादन सहकारीलाई प्राथमिकतामा राख्न सकेको छैन् । सहकारी बचत तथा ऋणमा मात्र केन्द्रीत भए भनेर भन्न मात्र जानेको छ, यसमा पनि हाम्रा सहकारीका माउ निकायहरुको कमजोरी हो भन्छु म ।’ तेल मिलको उत्पादन क्षमता बढाउने अनि परम्परागत रुपमा काठको कोल राखेर तोरी पेल्ने संस्थाको योजना छ । त्यसकालागि संस्थाले आवश्यक काठ मगाइसकेको उनले जानकारी दिए ।

काठको कोलबाट तोरी पेल्दा तेल कम आएपनि गुणस्तमा कमी नहुने उनको भनाइ छ । काठ कै कोलबाट पेलेको तेलको माग बढी भएकोले संस्थाले यही असोजबाट उक्त कोल सुरु गर्ने तयारी रहेको जनाए । कहिलेकाही बाहिरबाट ल्याउनुपर्ने तोरीको मूल्यमा ५० रुपैंयाँसम्म फरक पर्ने जस्ता समस्या रहेको उनी बताउँछन् ।

सहकारीको लेबलमा नै तेल बजारमा उपलब्ध रहेको छ भने कहिलेकाही कोसेलीका रुपमा विभिन्न देशमा पनि यहाँको तेल जानेगरेको उनले जानकारी दिए । तेल मिलमा अहिले स्थानीय ५ जनाले रोजगारी पाएका छन् ।

१ हजार ३ सय ५० जना सदस्य रहेको संस्थामा ४ सय जती बाल बचतकर्ता रहेका छन् । संस्थाले कृषकलाई मल पनि बिक्री गर्ने गरेको छ । संस्थाले सदस्यका छोरा छोरीलाई सम्मान, विभिन्न संघ संस्थालाई सहयोग, बृद्ध बृद्धा सदस्यलाई सम्मान तथ तिर्थ भ्रमण, पार्टी पौवा निर्माण, रक्तदन कर्यक्रमलगायतका कार्यक्रम निरन्तर गरिरहेको छ ।

अध्यक्ष डंगोल भन्छन्, सहकारीमा समस्या आउनुमा ब्यक्तिले लाभांस जस्ता कुराको लोभ र होडबाजीमा संस्था संचालन गर्नु हो भन्ने लाग्छ । संस्थाले १० हजारदेखि ५० लाखसम्म सदस्यलाई ऋण लगानी गरेको छ । सहकारीका संचालक भनेको सहकारीको पाले जस्तै हो, त्यसैले त्यसको सुरक्षा गर्ने जिम्मा संचालकको भएको उनको भनाई छ । कानुनको पालना सवैले गर्नुपर्ने उनी बताउँछन्।



Leave a comment