सहकारीमा भाइरस पस्यो, स्यानिटाइज जरुरी छः पूर्व अर्थमन्त्री महत

सहकारीमा भाइरस पस्यो, स्यानिटाइज जरुरी छः पूर्व अर्थमन्त्री महत :: Sahakari Akhabar

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीको नियमनकालागि बैकल्पिक नियमक आवश्यक रहेको बताएका छन् । उनले सहकारीमा केही ब्यक्तिहरुले ब्यक्तिगत फाइदाकालागि सहकारीको दुरुपयोग गरेकोले बलियो नियामक आवश्यक रहेको बताएका हुन् ।

आज ललितपुरमा सहकारीकर्मी जगतलााल महर्जनको कवितासङ्ग्रह ‘सृष्टि र दृष्टि’ विमोचन कार्यक्रममा उनले सहकारीमा धेरै जनता जोडिएको र एक प्रकारको आन्दोलनका रुपमा अघि बढेको संस्थालाई केही ब्यक्तिहरुले ब्यक्तिगत स्वार्थकालागि बदनाम गराएको बताए ।

उनले सहकारीमा धेरै संख्यामा मानिस आवद्ध भएर विभिन्न सुविधाहरु पाएपनि ब्यक्तिगत फाइदाकालागि केही खराव पात्र प्रवेश गर्दासहकारीलाई केही ब्यक्तिहरुले दुरुपयोग गरे ।  उनले भने, ‘सहकारीमा भाइरस पसेको छ, आइसुलेन्स गर्न जरुरी छ, यसको मूल्य मान्यतामा फर्काउन जरुरी छ ।’

सहकारीको समस्या छानविनकालागि बनेका समितिहरु भएपनि सहकारीकालागि एउटा गतिलो नियामक निकाय जरुरी रहेको उनको भनाइ छ । सहकारीलाई मर्म र भावना अनुरुप अगाडी बढाउनु पर्ने भन्दै उनले यसकोलागि बैकल्पिक नियामक निकायको आवश्यकता रहेको बताएका छन् ।



Leave a comment