काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीको कार्यभार सम्हालेको सयदिन पुरा भएको छ।यसै अवसरमा मन्त्री अधिकारीले भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा भएका सय उपलब्धीहरु सार्बजनिक गरेका छन् ।
शुक्रबार मन्त्रालयको सभाहल सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले करिव ७५ लाख बढि जनसंख्या प्रत्यक्षरुपमा जोडिएको सहकारी क्षेत्रमा देखिएको समस्या समाधान मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गरे ।
सहकारी समस्या समाधान उच्चस्तरीय आयोग गठन, कर्जा असुली न्यायधिकरण स्थापना, बचत तथा क्रण कर्जा सुरक्षण कोष स्थापना, सहकारी समस्याको दिर्घकालीन समस्या समाधानका लागि नियामक निकायको स्थापनालगायतको काम सुरु भइसकेकाले केहि हप्तामै यसले प्रतिफल दिने बताए ।
सहकारीहरुलाई समेत नियम र बिधिभित्र राख्दै बचतकर्ताको सबै रकम फिर्ता गराउनका लागि स्थानीय, प्रदेश सरकारमा रहेका सहकारी कार्यालय र संघमातहत रहेको सहकारी बिभागले समन्वयात्मकरुपमा कार्यसम्पादन गरिरहेको मन्त्री अधिकारीको भनाई छ ।
सय दिनको अवधिमा मन्त्रालयको काम, कर्तब्य र अधिकार तथा मन्त्रालयका प्राथमिकताबारे पुर्ण जानकार रहेको उल्लेख गदैं अन्तरमन्त्रालय समन्वयलगायतका सरोकारवालाहरुबिच निणर्य प्रक्रियामा तिव्रता दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलगायतको उपस्थिति रहेको थियो ।
Leave a comment