हाइलाइट

सहकारीका समस्या समाधानका लागि ठोस् योजना ल्याउन मन्त्री अधिकारीको निर्देशन

सहकारीका समस्या समाधानका लागि ठोस् योजना ल्याउन मन्त्री अधिकारीको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधानका लागि ठोस् योजना ल्याउन निर्देशन दिएका छन् । उनले पाँचदिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलमा मन्त्री अधिकारीले निर्देशन दिंदै निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र ठोस योजना ल्याउन मातहतका निकाय र सरोकारवालालाई निर्देशन दिएका हुन् ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजन रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउन गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिम रुप दिएर मन्त्रीपरिषद्को बैठकमार्फत निणर्य गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले कर्जा असुली न्यायधिकरण गठन, स्वायत किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सूचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ बिवरण संकलन गर्ने लगायतको ठोस कार्य योजना तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

छलफलमा प्रधानमन्त्री सहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री बर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीला मन्त्री पदम गिरि, मुख्य सचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।



Leave a comment