सहकारी संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज

सहकारी संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज :: Sahakari Akhabar

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी गठन भएको संसदीय छानबिन समितिको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को पहिलो बैठक आज बस्ने भएको छ । आजै २ बजे प्रतिनिधि सभाको बैठकलगत्तै सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरको शंकर हलमा बैठक बस्न लागेको हो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २ र २ जना तथा माओबादी, रास्वपा र राप्रपाबाट १ र १ सांसद रहेको समिति बनेको हो । छानबिन समितिको संयोजकमा एमालेका सूर्यबहादुर थापा र सदस्यमा सरिता भुषाल रहेका छन् भने सदस्यमा नेपाली कांग्रेसका इश्वरी न्यौपाने र बद्री पाण्डे रहेका छन् ।

त्यसैगरी माओबादीबाट लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । छानबिन समितिले ३ महिना भित्र  समस्याग्रस्त घोषित २० सहकारीसहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका भनिएका सहकारीलगायतका २९ सहकारीको छनबिन गर्नेछ ।



Leave a comment