काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा काम गर्नेको मनोबल गिर्दैगएको बताएका छन् । उनले अहिले सहकारीमा रहेकाहरुले गलत क्षेत्र रोजिएकोमा पछुतो मानिरहेको बताएका हुन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा धुलिखेलमा आजबाट सुरु भएको साकोष कोषाध्यक्ष गोष्ठीमा उनले सहकारीका संचालकहरु सवै चोर हुन भन्ने भाष्य निर्माण भएकोले त्यसलाई चिर्न अभियानले मेहनत गर्नुपर्ने बताए ।
व्यवस्थापन प्रमुखलाई नै कोषाध्यक्षको भूमिका दिने वा पदाधिकारीहरुलाई जिम्मेवार बनाएर जाने भन्ने विषयमा छलफल गर्न आवश्यक रहको बताए । उनले अहिले ९० प्रतिशत सहकारीका सञ्चालकलाई चोरको सज्ञा दिएकोमा गुनासो गरे ।
गलत प्रचारका कारण सहकारीमा समस्या बढरे गएको उनको भनाई छ । गलत गर्ने संचालकलाई कारवाही गनुपर्छ तर सबै सहकारीका सञ्चालकलाई एउटै दृष्टिकोणले हेर्न नहुने उनको भनाइ छ ।
उनले भने, ‘अहिले संसदमा समेत सहकारीका विषय मात्र उठेको र सञ्चार माध्यमले पनि सहकारीले गलत गरेको भन्ने प्रचार गर्नु गलत हो ।’ परिस्थितिका कारण समस्यामा परेका सहकारीलाई बचाउन सरकारले सकरात्मक बातावरण बनाउनु पर्नेमा उनको जोड छ।
उनले भने,‘ जुन संस्थाका सञ्चालकले सदस्यको बचत अपचल गरेका छन्, ती सहकारीलाई कानुनी कारवाही गर्नुपर्छ । अफवाहका कारण धेरै सहकारी समस्यामा परेकाले तिनको संरक्षण सरकारले गर्नुपर्छ ।
सहकारीलाई सच्चिनका लागि पनि समय दिनुपर्ने उनको भनाई छ ।’ कार्यक्रममा काभ्रे बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थले गोष्ठीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
Leave a comment